नेपालकै ठूलो उद्योग रिलायन्समा सामाजिक सुरक्षा कोष लागू, जागिर छोड्ने घटे



सुनसरीको खनारस्थित रिलायन्सय स्पिनिङ मिलमा काम गर्दै कामदार
सुनसरीको खनारस्थित रिलायन्सय स्पिनिङ मिलमा काम गर्दै कामदार
प्रविन कोइराला

रिलायन्सका सञ्चालक पवन गोल्यान भन्छन्ः दुई–तीन महिनाको प्रवृत्ति विश्लेषण गर्दा सामाजिक सुरक्षा कोष लागू हुँदा कम्पनी छोड्ने कामदारको संख्यामा निकै कमी आएको छ। दक्ष भइसकेको जनशक्ति विदेश पलायन हुन यसले रोक्ने देखिएको छ।’

नागरिकको भविष्य सुनिश्चित गर्ने सामाजिक सुरक्षा कोषप्रति प्रायः उद्योगीको धारणा सकारात्मक रहेको पाइँदैन। उद्योग व्यवसाय सञ्चालन गर्नै अप्ठ्यारो परिरहेको अवस्थामा सो कोषले भार बढाउने उनीहरुको धारणा छ। तर देशकै सबैभन्दा ठूलो उद्योग रिलायन्स स्पिनिङ मिल्स लिमिटेडमा सामाजिक सुरक्षा कोष कार्यान्वयनको प्रभाव सकारात्मक देखिएको छ।

सरकारले गत मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा कोषको घोषणा गरेको थियो। त्यतिबेलै रिलयान्सले त्यसलाई स्वीकार्दै कार्यान्वयनमा गयो। यसले छिटो छिटो काम छोड्ने कामदारको प्रवृत्तिमा कमी आएको छ, जसले उद्योगलाई सकारात्मक प्रभाव पारेको सञ्चालक पवन गोल्यान बताउँछन्।

पवन गोल्यान, गोल्यान ग्रुप तथा रिलायन्स स्पिनिङ मिलका अध्यक्ष

‘कम्पनीसँग आवद्ध कामदारको हितलाई ध्यानमा राख्दै सामाजिक सुरक्षाको आधारभूत सुनिश्चितता गर्न सो कोषमा हामी गएका छौं’, रिलायन्स स्पिनिङ मिलका सञ्चालक पवन गोल्यानले सुनसरीको खनारस्थित उद्योगस्थलमा नेपालखबरसँग भने, ‘दुई–तीन महिनाको प्रवृत्ति विश्लेषण गर्दा यसले कम्पनी छोड्ने कामदारको प्रवृत्तिमा कमी आएको देखिएको छ। दक्ष भइसकेको जनशक्ति विदेश पलायन हुन यसले रोक्ने देखिएको छ।’

यो अवधारणाले कोषमा सूचीकृत रोजगारदाताको उपचार, पेन्सन तथा सञ्चय कोषको सुनिश्चितता गर्छ। कोषमा श्रमिकको पारिश्रमिकबाट ११ प्रतिशत र रोजगारदाता कम्पनीको २० प्रतिशत रकम थप गरी कूल ३१ प्रतिशत रकम जम्मा हुन्छ। यस्तो रकम कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४० प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि शून्य दशमलव २७ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत बाँडफाँड गर्छ।

यो अवधारणाले कामदारमा उत्साह बढेको रिलायन्सका सञ्चालक एवं गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानको भनाई छ।

कामदारका दृष्टिले रिलायन्स नेपालको सबैभन्दा ठूलो उद्योग हो। यो यद्योगमा ४ हजार ५ सय कामदार काम गर्छन्। गोल्यानका अनुसार उद्योगको सबैभन्दा ठूलो समस्या भनेकै दक्ष भइसकेको जनशक्तिले बीचमै काम छोड्ने र विदेश जाने रहँदै आएको थियो।

‘मेसिनरीमा काम गर्नेहरुलाई दक्ष बनाउन दुई तीन महिना तालिम दिनुपर्छ। यसरी तालिम लिएकाहरु हरेक महिना सरदर ५ सयका दरले उद्योग छोडेर विदेश जाने गर्थे’, अध्यक्ष गोल्यान भन्छन्, ‘धागो उद्योगमा त्यसले धेरै ठूलो घाटा ब्यहोर्न बाध्य बनाउँदै आएको थियो।’

उद्योगका डेपुटी भाइस प्रेसिडेन्ट महेशकुमार पोखरेलका अनुसार प्रत्येक महिना ५ सय जनालाई तालिम व्यवस्था गर्न कम्तिमा ५० लाख रुपैयाँ लाग्दै आएको थियो। अहिले सो संख्या घटेर १ सय ५० मा झरेको छ। सामाजिक सुरक्षा कोष लागू भएपछि करिब २ महिना अवधिमा उद्योगलाई कामदारको भार ३० लाख कम भएको उनको भनार्इ छ। उद्योगले नयाँ कामदार तालिमका लागि अहिले मासिक २० लाख खर्च गरिरहेको छ।

उदाहरणीय बन्ने प्रयास
रिलायन्स स्पिनिङ मिल्स हरेक सूचकमा देशकै उदाहरणीय कम्पनीको रुपमा स्थापित हुने गरी अघि बढिरहेको छ। १ अर्ब १५ करोड रुपैयाँ लगानीमा स्थापना भएको यो कम्पनीले सुरुमा वार्षिक ८ हजार टन धागो उत्पादन गरेको थियो। त्यसको ८० प्रतिशत भारत निर्यात हुन्थ्यो। अहिले नेपालमा उत्पादन भइरहेको धागो बेलायत, बंगलादेश, टर्की निर्यात भइरहेको छ। हाल उद्योगको उत्पादन क्षमता वार्षिक २२ हजार टन पुगेको छ।

‘अहिले युरोप र खाडीका देशहरूबाट पनि माग आइरहेको छ’, गोल्यान भन्छन्, ‘हामी यसलाई देशकै उदाहरणीय कम्पनीको रुपमा सञ्चालन गर्ने सोचका साथ अघि बढिरहेका छौं।’

रिलायन्स मिल्सका ४ हजार ५ सय कामदारमध्ये प्राविधिक र व्यवस्थापन गरी उच्च तहमा काम गर्नेहरु करिब २ सय छन्। बाँकी दक्ष मजदूरहरु हुन्। उद्योगले कामदारका लागि आवासको व्यवस्था समेत गरेको छ, जहाँ १ हजार ५ सय जना बस्छन्। महिला पुरुषका लागि छुट्टाछुट्टै घरहरु छन्। मिल्सले कामदारको रिक्रिएशनका लागि फुटबल खेल्न रंगशाला निर्माण गरेको छ। सो रंगशालामा आफ्ना कामदारलाई फुटबल राम्रो सिकाएर अरु उद्योगसँग प्रतिस्पर्धा गराउने गोल्यानको योजना छ।

उद्योग भित्र २४ घन्टै चिकित्सक
रिलायन्स स्पिनिङ मिल्सभित्र आधारभूत उपचारको व्यवस्था पनि छ। त्यहाँ रहेको स्वास्थ्य केन्द्रमा २४ घन्टै डाक्टरको उपस्थिति हुनेगर्छ। सानोतिनो चोटकपट लागे बाहिर अस्पतालन पुगिहाल्नु पर्दैन।

उद्योग परिसरभित्रै बैंक एटिएम बुथ पनि राखिएको छ। उद्योगले कामदारको अकाउन्टमा जम्मा गरिदिएको रकम झिक्न उनीहरुले बाहिर गइरहनै पर्दैन। उद्योगले स्थानीय तहमा निःशुल्क खानेपानी पनि वितरण गरिरहेको भाइस प्रेसिडेन्ट महेशकुमार पोखरेल बताउँछन्।

प्रकाशित १४ माघ २०७५, सोमबार | 2019-01-28 15:42:56
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...