विश्वकपमा लोकप्रिय त्यो ‘क्रेजी ह्याट’ काठमाडौंमा उत्पादन गर्ने यी शारदा



शारदा रिजाल
शारदा रिजाल

उनको घरमा कपडा सिलाउने मेसिन थियो। आमाले मेसिन चलाएको उनलाई खुब मन पथ्र्यो।

र, त्यही मेसिनलाई नियाल्दै उनले एउटा सपना बुन्थिन्। भविष्यमा मेसिनहरुको एउटा सहर बसाउने। अनि त्यो सहरको मालिक आफू बन्ने।

अर्थतन्त्रको भाषामा भन्नुपर्दा शारदा रिजालले देखेको सपना ‘बिजनेसउमन (व्यापारी)’ बन्ने थियो। स्कुले जीवनदेखि नै उनी आफ्ना साथीसँग व्यापारका ठूलाठूला सपना बाँड्थिन्।

उमेरअनुसार सपना बुन्नु र ती सपना मीठा लाग्नु स्वभाविकै हो। फरक यति हो कमैले ती सपनाहरु पछ्याउँछन्। शारदालाई व्यापार रणनीतिबारे केही थाहा थिएन। तर उनले आफूले कोरलेको सपना पछ्याउन छोडिनन्।

२०३४ सालमा पद्यमकन्या क्याम्पसमा आईए पढ्न थालेपछि उनको सपनाको जग अझ बलियो भयो। खुला अर्थतन्त्र नभएको त्यो बेलाको नेपालमा बिजनेस मेन्टरको अवधारणा थिएन। ‘गाइड गर्ने कोही भएको भए सायद आफ्नो सपना पूरा हुने सहयोगी विषय म्यानेजमेन्ट पढ्थेँ होला’, पद्यमकन्यामा मानविकी अध्ययन गर्नुको कारण सम्झँदै उनी भन्छिन्।

बीए पढ्दै गर्दा शारदाले व्यापारका लागि मन मिल्ने साथीहरुको एउटा समूह बनाउने सोच्न थालेकी थिइन्। यो कुरा परिवारमा कसरी राख्ने भनेर सोचिरहँदा उनका पिताले सिद्धार्थ मनस्थली स्कूलले शिक्षक पदमा आवदेन गर्न सल्लाह थिए।

यता शारदाको मनमा भने अर्कै कुरा खेलिरहेको थियो। गार्मेन्ट खोल्नका लागि एकजना आफन्तसँग ३ हजार सापटी मागिसकेकी पनि थिइन्। डराउँदै शारदाले बुबालाई आफ्नो रुचीबारे सुनाइन्। बुबाले राम्रो जागिरको अफर भएकाले अन्य कुरातर्फ ध्यान नदिन आग्रह गरे। उनले बुबाको कुरा काट्न सकिनन्।

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाबाट सम्मानित हुँदै शारदा

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाबाट सम्मानित हुँदै शारदा

त्यति नै बेला (२०४० सालमा) उनको बिहे भयो। बच्चा–बच्ची पनि भए। झन्डै ८ वर्ष उनको यसरी नै बित्यो। शारदा आफ्नो सपना बिर्सिएकी थिइनन्। फेरि उनी मेसिनहरुको सहर बसाउने सपना देख्न थालिन्। एक दिन उनले श्रीमान्लाई आफ्नो योजना सुनाइन्। श्रीमानलाई उनको चाहनामा कुनै आपत्ति भएन। बरु टोलकै गार्मेन्ट उद्योग चलाइरहेका एक व्यक्तिसँग लगेर भेटघाट गराइदिए।

सपनाको संसारमा प्रवेश
शिक्षण पेशामा ८ वर्ष बिताएपछि शारदाले गार्मेन्ट सञ्चालन गर्ने भइन्। त्यसका लागि घर (टेकु) नजिकै एउटा कोठा भाडामा लिइन्। एक जना बहिनीलाई पार्टनर बनाइन्।

शारदालाई आमाले दाइजोमा दिएको मेसिन, पार्टनर बहिनीले घरबाट ल्याएको एउटा मेसिन र एउटा इन्टरलक किनेर उनीहरुले गार्मेन्ट सुरु गरे।

शारदाले स्कुल पढाउँदा १० हजार रुपैयाँ जम्मा गरेकी थिइन्। सोही पैसा लगानी गरिन्। बहिनीले पनि केही रकम जुटाइन्। यसरी करिब १५ हजारको लगानीमा उनीहरुले गार्मेन्ट सुरु गरे।

कटिङ र सिलाईमा केही महिलालाई काममा राखे। काम ठिकै थियो। २०४६ को आन्दोलनका कारण बजार धमाधम बन्द हुन थाल्यो। उत्पादनले खासै बजार पाएन। पार्टनरले पनि साथ छोडिन्।

श्रीमान्ले मेसिन बेच्न दबाब दिन थाले। यो विषयले श्रीमान्सँग उनको मतभेद बढ्यो। उनी हार खाने पक्षमा थिइनन्। बरु कामदार र कोठा भाडा तिर्न टियुसन पढाउन थालिन्। त्यतिबेलासम्म उनले स्कुल पढ्न छाडेकी थिइनन्। श्रीमान्ले गार्मेन्ट बेच्न दिएको दवाबले उनमा फरक किसिमको दृढता बढ्योः केही गरेर देखाउँछु भन्ने।

त्यसैले उनले स्कुलबाट राजीनामा दिइन्। गार्मेन्टका लागि पूर्ण समय दिएर त्यसैलाई अगाडि बढाउने अठोट कसिन्। त्यतिबेला उनलाई स्कुलबाट मासिक १५ सय रुपैयाँ तलब आउँथ्यो। कामदारका रुपमा राखेको मास्टरको तलब भने ३५ सय थियो। त्यसैले पनि उनले आफै डटेर लाग्ने निर्णय गरेकी थिइन्। तर सोचे व्यापार जस्तो भइरहेको थिएन।

त्यतिकैमा शारदाको भेट एक विदेशीसँग भयो। ती व्यक्तिसँगको सल्लाहपछि शारदाले टोपी बनाउने काम गर्न थालिन्। जुन टोपी विदेशीले स्विट्जरल्यान्ड पुर्याउथे। उनले तयार पारेको टोपी जर्मनी र क्रोएशिया जान थाले। यसपछि उनको व्यापारले लय समात्यो।

विश्वकप फुटबलमा मेड इन नेपाल ह्याट
२०४८ सालमा शारदाले ‘मिलन गार्मेन्ट’को नाममा उद्योग दर्ता गराइन्। राम्रो क्वाालिटी र समयमै डेलिभरी हुने भएपछि विदेशीले पनि उनीसँगको सहकार्यलाई निरन्तरता दिए। इंग्ल्यान्ड, स्ट्विजरल्यान्ड, जर्मनी र क्रोएशियाबाट टोपीको अर्डर नियमित आउन थाल्यो। यी देशमा उनले ह्याट र लुगा निर्यात गरिन्।

माग बढ्न थालेपछि शारदाले भेराइटिज बढाउँदै लगिन्। त्यतिबेला चलेको ‘क्रेजी ह्याट’ मिलन गार्मेन्टको उत्पादन थियो। ‘क्रेजी ह्याट’को व्यापार यसरी फैलियो कि कि फ्रान्समा सन् १९९८ मा भएको विश्वकप फुटबलमा उनले हजारौं ह्याट एकै पटक निर्यात गरिन् ।

‘मेरो गार्मेन्टमा बनेका ह्याट लगाएर थुप्रैले विश्वकप हेरे’ शारदा भन्छिन्, ‘यो कुराले मलाई अहिले पनि आनन्द दिन्छ।’ उनले विश्वविद्यालयमा वाणिज्य व्यवस्थापनको अध्ययन गरेकी होइनन्उ द्योग सञ्चालनको पूर्वज्ञान पनि थिएन। निरन्तर लागिपर्ने उनको बानीका अगाडि यी सबै विषय फिक्क भए। उनी आफ्नो क्षेत्रकी एक सफल उद्यमी बनिन्।

‘मिहिनेत र लगनका साथ काम गर्दै गएँ। रुची भएको विषयमा आफू डेडिकेटेड भएर लाग्ने हो भने गर्न सकिँदो रहेछ’, अहिले उनलाई लागछ।

महिला भएर अन्तर्राष्ट्रियस्तरमा नेपाली उत्पादन पठाउने भएपछि शारदाको चर्चा चुलिँदै गयो । धेरैले उनलाई चिन्न थाले । नेपालमा अवार्ड नै सुरु नभएका बेला उनले बोस म्यागेजिनले प्रदान गर्ने ‘बेस्ट विमेन इन्टरप्रिनियर अवार्ड –२००३’ हात पारिन्।

‘एउटा ठूलो इच्छाले एउटा सानो व्यवसाय सञ्चालन गर्दै म यहाँसम्म आइपुगेँ’ शारदा भन्छिन्, ‘आफूले कुनै पनि कुराप्रति दृढ इच्छाशक्ति हुने हो भने मानिस सफल हुन्छ।’

हस्तकला र फेल्टमा फड्को
शारदाले गार्मेन्ट उद्योगलाई हस्तकला र फेल्ट व्यवसायका रुपमा विस्तार गरिन्। सुरुवाती चरणमा उनीसँग व्यवसायका लागि आवश्यक स्थान थिएन। घरको डाइनिङ टेबलबाटै फेल्ट व्यवसाय सुरु गरिन्।

अहिले फेल्ट व्यवसायलाई नै दिगो बनाइरहेकी छिन्। २२ जनालाई नियमित रोजगारी दिइरहेकी छन्। अर्डर धेरै आउँदा यो संख्या बढ्ने गर्छ। फेल्टकै शारदाले घर–घरका महिलालाई तालिमसमेत दिने काम गर्छिन्।

फेल्टबाट उत्पादन हुने गुडिया, लुगा, जुत्ता–चप्पल, खेलौनादेखि कोटसमेत उनको गार्मेन्टमा उत्पादन हुन्छ। फेल्टमा उनी नेपालकै शीर्ष व्यवसायीमध्ये एक हुन्।

‘कुनै दिन म मोटरसाइकल चढेर थापाथलीदेखि थानकोट व्यापारकै लागि जाँदा मानिसहरु छोरी मान्छे भएर मोटरसाइकल चढ्ने भनेर जिस्काउँथे’ शारदा विगत सम्झन्छिन्। आज उनी आफैँले कार हाँकेर हिँड्छिन्। मान्छेहरू तारिफ गर्छन्। 

२०६७ सालमा नेपाल सरकारको तर्फबाट ‘सक्सेसफुल विमेन इन्टरप्रिनियर अवार्ड’ प्राप्त गरेकी शारदा फेल्ट उद्योगकी संस्थापक अध्यक्षसमेत हुन्। हाल उनी महिला उद्योगी महासंघको अध्यक्ष र उद्योग वाणिज्य महासंघको सदस्य छिन्।

अहिले वार्षिक विदेश सामग्री निर्यात गरेवापत उनले लगभग ६ करोड रुपैयाँसम्म आम्दानी गर्छिन्। पैसा कमाईको पाटो एउटा हो। उनलाई नेपाली उत्पादन विदेशी भूमिमा पुग्दा गर्व लाग्छ। आफ्नो शेषपछि पनि यो व्यवसाय कसैले सम्हालिदियोस् भन्ने उनको चाहना छ ।

‘मैले छोराछोरीलाई भनिसकेकी छु तिमीहरुले मेरो व्यवसाय गरेनौँ भने म सबै ट्रस्टको नाममा गरिदिन्छु भनेर’ शारदा भन्छिन्, ‘यो व्यवसायले पछिसम्म पनि निरन्तरता पाओस् भन्ने मेरो चाहना हो।’

प्रकाशित १२ माघ २०७५, शनिबार | 2019-01-26 14:18:33
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।