हल्दिया बन्दरगाहमा विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली, ५ दिनमै सामान नेपाल आइपुग्ने



हल्दिया बन्दरगाहमा विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली लागू हुने जानकारी दिँदै महासंघ उपाध्यक्ष शेखर गोल्छासहितका पदाधिकारी
हल्दिया बन्दरगाहमा विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली लागू हुने जानकारी दिँदै महासंघ उपाध्यक्ष शेखर गोल्छासहितका पदाधिकारी

तेस्रो मुलुकबाट सामान आउने भारतको कोलकातास्थित हल्दिया बन्दरगाह क्लियरिंगको प्रक्रिया सहज हुने भएको छ।

 सो बन्दरगाहमा विद्यमान कागजी प्रणाली हटाएर विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली (इसीटीएस) प्रणाली लागू हुने भएको हो। यसले नेपाली व्यवसायीलाइ ठूलो राहत दिनेछ। अहिले एउटा कन्टेनर क्लियर गर्न दुई दर्जनभन्दा बढी टेबल चाहर्नु पर्ने झन्झट छ।

इसीटीएस लागू भएपछि नेपाली व्यवसायीले राहत पाउने नेपाल उद्योग वाणिज्य महासंघले उल्लेख गरेको छ।

यसका लागि महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भारत सरकारलाइ धन्यवाद ज्ञापन गरेको गरेको हो। इसीटीएस प्रणालीको औपचारिक शुभारम्भ आगामी फागुन ३ गतेदेखि हुनेछ। यसबाट नेपालको आयात र निर्यात व्यापारमा ठूलो सुधार आउने विश्वास महासंघको छ।

इसिटीएस प्रणाली लागू भएपछि कोलकाता-बीरगंजसम्मको रेल्वे ढुवानीमा चारदेखि पाँच दिनसम्म मात्र लाग्नेछ। हाल कोलकाताबाट बीरगंजसम्म सामान आइपुग्न एक महिनाभन्दा बढी समय लाग्दै आएको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने, 'एउटा राष्ट्रिय सम्मानका लागि पनि यो व्यवस्था आवश्यक थियो जुन प्राप्त भएको छ। महासंघ त्यसको स्वागत गर्दछ र यो प्रणाली लागू गर्न नेपाल सरकार र भारत सरकारका तर्फबाट भएको सहयोगप्रति महासंघ आभारी छ।'

बन्दरगाहमा रहेका समस्या समाधान, अनावश्यक खर्च कटौतीसहित कोलकाता-हल्दिया पोर्टलाई झन्झटमुक्त बनाइ पारवहन सुविधामा सहयोग गर्न महासंघले पहल गरेको थियो।

नेपाल सरकार वाणिज्य मन्त्रालय, भारत सरकारको विदेश मन्त्रालय, भारतीय कस्टम हाउससँगको निरन्तरको छलफलपछि इसीटीएस प्रणाली लागू गर्ने सफलता प्राप्त भएको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए। यो प्रणाली लागू भएसँगै कोलकाता पोर्ट तथा कार्गो क्लियरेन्समा ८–१० किसिमका कागजहरू पेश गर्नुपर्ने एवं करिब दुई दर्जन टेबलमा हस्ताक्षर गराउन चाहर्नुपर्ने झन्झट हट्नेछ।

यसबाट समग्रमा मुलुकको आयात निर्यातमा ठूलो सुधार आउने, व्यापार लागत घट्ने विश्वास उपाध्यक्ष गोल्छाको छ। 'अनेक कागजी झन्झटका अतिरिक्त अनावश्यक चासोहरू पनि हुन्थ्यो, नेपालमा के आइरहेको छ भनेर। अब यो सबैबाट हामीले मुक्ति पाउनेछौं। किनभने अब त्यहाँ शील गरिसकेपछि सिधै यहाँको सुख्खा बन्दरगाहमा सामान आइपुग्नेछ', उनले भने।

यसले ‘कस्ट अफ डुइङ्ग विजनेस’ पनि घट्ने दाबी उनको छ। ठूला कन्टेनरमा प्रतिकन्टेनर झण्डै ४० हजारसम्म तिर्दै आएको अतिरिक्त रकम अब बच्नेछ। यसबाट समग्रमा मुलुकको आयात–निर्यात व्यवसाय लाभान्वित हुनेछ।

काठमाडौंमा सुख्खा बन्दरगाह बनाउने कार्य शुरू भइसकेको र इसीटीएस प्रणाली पनि लागू भएपछि यसले आयात निर्यातमा ठूलो परिवर्तन ल्याउने विश्वास महासंघले लिएको छ। 

महासंघको स्थल, यातायात तथा पारवहन समितिका सभापति अशोक कुमार टेमानीले इसीटीएस प्रणाली लागू हुँदा निजी क्षेत्र उत्साहित भएको बताए। 'यसलाई हामीले नेपालको अर्थतन्त्रका लागि निकै सुखद क्षणको रूपमा लिएका छौं। इसीटीएस प्रणाली लागू भएपछि क्लियरिङ, डिटेनशन र डेमरेजको नाममा भैरहेको वार्षिक करिव २०० देखि ३०० करोड रुपैयाँ अनावश्यक खर्च बचत हुन्छ', उनले भने, 'यसले आयात निर्यात सहज हुनुको साथै अन्तर्राष्ट्रिय पारवहन लागत समेत घट्नेछ।'

महासंघकाअनुसार चीन र अमेरिकाको अन्तर्राष्ट्रिय पारवहन लागत करिब ५ देखि ६, भारतको १८ देखि २० र नेपालको ३८ देखि ४० प्रतिशत रहेको छ। 

प्रकाशित ११ माघ २०७५, शुक्रबार | 2019-01-25 20:34:31
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...