विकासशील राष्ट्र बन्ने नेपालको पहल: विश्व बैंकमा मताधिकारको हैसियतमा पुग्ने



विश्व बैंक
विश्व बैंक

सन् २०२२ पछि विकाशील राष्ट्र बन्ने लक्ष्य लिएको नेपालले त्यसका लागि विश्व बैंकमा आफ्नो हैसियत बढाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकले विश्व बैंकमा रहेको आफ्नो सेयर स्वमित्व बढाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता गोकुल बास्कोटाले सरकारले विश्व बैंकमा आफ्नो मताधिकार हुने गरी सेयर किन्ने निर्णय गरेको जानाकारी दिए। विश्व बैंकमा मताधिकार नहुँदा नेपालले आफ्ना कुराहरु राख्न कठिनाइ झेल्दै आएको छ। थप सेयर र मताधिकारको हैसियतले नेपाललाइ नयाँ अवस्थामा पुर्याउनेछ।

अहिले नेपाल सरकारसँग विश्व बैंकको १ हजार ४ सय ५ कित्ता सेयर छ। सरकारले थप ३ सय ९ कित्ता सेयर किनेर मत हाल्ने अधिकार सुनिश्चित गर्ने निर्णय गरेको हो। विश्व बैंकको मापदण्डअनुसार १७ सय भन्दा बढी कित्ता सेयर हुनेलाई मात्रै मत हाल्ने अधिकार हुन्छ।

विकासशील राष्ट्र बनेपछि नेपालले पाउने अनुदान मार्फतको रकम दातृ निकायले घटाउने गर्छन्। त्यस्ताे रकम ऋण मार्फत आउने गर्छ। विश्व बैंकको नीतिगत तहमा मताधिकार पाउने हैसियतले रणनीतिक अर्थ राख्नेगर्छ।

आर्थ मन्त्री युवराज खतिवडाले समेत गत हप्ता दातृ नियकाहरुले नेपालमा सहयोग गरेको प्रतिवेदन सार्वजनिक गर्दै नेपालको आर्थिक हैसियत वृद्धि हुने समय आइरहेको र त्यसमा नेपालको तर्फबाट विभन्न माग भैरहेको जनाकारी गराएका थिए। त्यसका लागि आफ्नो पहुँच पनि माथि लान आवश्यक रहेकाे उनले उल्लेख गरेका थिए। दातृ निकायसँग नेपालले जलवायू परिर्वतन र वातवरण प्रदूषणमा अनुदान बढाउन माग गरिरहेको जनाएका थिए।

प्रकाशित १० माघ २०७५, बिहिबार | 2019-01-24 18:55:34
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...