व्यवसायी चन्द्र ढकाल भन्छन्: स्वीस बैंकमा मेरो पैसा भए सरकारले जफत गरोस्



चन्द्र ढकाल
चन्द्र ढकाल

उद्योगी तथा व्यवसायी चन्द्रप्रसाद ढकालले स्वीस बैंकमा आफ्नो १ डलर पनि नरहेको स्पष्ट पारेका छन्। उनले स्वीस बैंकमा आफ्नो खाता र रकम भए जफत गर्न सरकारलाई अनुरोध समेत गरे।

खोज पत्रकारिता केन्द्रले बुधबार सार्वजनकि गरेको अनुसन्धानमूलक रिपोर्टमा ढकाल सहितका व्यवसायीको स्वीस बैंकमा खाता र विदेशमा कम्पनी रहेको उल्लेख गरिएको थियो। ढकालले बिहिबार नै राजधानी काठमाडौंको सांग्रिला होटलमा पत्रकार सम्मेलन गरी मंगलबार अनलाइन र बुधबार छापामा प्रकाशित भएका खोज पत्रकारिता केन्द्रले तयार गरेको रिपोर्टको खण्डन गरेका हुन्।

नेपालको एउटा प्रमुख व्यवसायिक समूह आइएमई ग्रुपका अध्यक्ष ढकालले बुधबार सार्वजनिक भएका पाँच वटा रिपोर्ट इन्टरनेशल कन्सोर्टिएम अफ इन्भेस्टिगेटिभ जर्नालिज्म (आईसीआईजे) सँग उपलब्ध प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको आफ्नो बुझाई रहेको बताए।

उनले प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आफु र आफु सम्बद्ध कुनै पनि कम्पनीको संलग्नता नरहेको स्पष्ट पारेका हुन्।

नेपालले विदेशमा रेमिट्यान्स कम्पनी दर्ता गरेको आधारमा विदेशमा लगानी रहेको हुन सक्ने अनुमान गरी खोज पत्रकारिता केन्द्रले रिपोर्ट तयार गरेको उनले दावी गरे। ढकालले भने, ‘आइएमई ग्रुपको स्वीस बैंकमा खाता छैन्, हाम्रो कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता छैन र हाम्रो समूहले प्रवर्द्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेभन मुलुकबाट लगानी आएको छैन्।’

‘कानूनले दिएका अधिकार प्रयोग गरी सबै प्रक्रिया पूरा गरेर बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर हामीमाथि भ्रम सिर्जना गरि सार्वजनिक छविमा क्षति पुर्याएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, पत्रकार सम्मेलनमा ढकालले भने, ‘हामी यसमा गम्भीर आपत्ती प्रकट गर्दछौं।’

बेलायतमा नेपाल राष्ट्र बैंकको अनुमतिमा नै १ पाउण्डको कम्पनी स्थापना गरिएको उनले स्पष्टीकरण दिए।

‘नेपालमा निजी कम्पनीस्तरमा रेमिट्यान्स सेवा सुरु गर्दा सन् २००२ मा आफूहरुले नेपाल राष्ट्र बैंकको अनुमतिमा मलेसियाबाट रेमिट्यान्स भित्र्याउने यात्रा सुरु गरेको’ उल्लेख गर्दै उनले भने, ‘ पहिले नेपालमा अनौपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्रिने गरेको थियो। नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर बैंकिङ्ग च्यानलबाट रेमिट्यान्स भित्र्याउने इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) पहिलो कम्पनी हो।’

त्यसलगत्तै बेलायत लगायत अन्य देशहरुबाट पनि कारोबार गर्नका लागि १७ जुन २००२ मा नेपाल राष्ट बैंकबाट स्वीकृति लिएर २१ अगस्ट २००२ मा बेलायतमा कम्पनी स्थापना भएको उनले जानकारी दिए। ‘नेपालीहरुको बाहुल्यता रहेका देशमा हामीले विभिन्न व्याक्तिसँग सहकार्य गरेर कम्पनी स्थापना गरी रेमिट्यान्स भित्र्याउन थालेको हौं’, उनले भने, ‘त्यसको जानकारी हामीले हाम्रो वेवसाईटमा समेत राखेका छौं।’

बेलायतमा एक पाउन्डमा कम्पनी खोले पनि अन्य देशमा कम्पनी खोल्दा नेपालबाट लगानी बाहिर नलगेको उनले दावी गरे। ‘हामीले त्यहीँ उपलब्ध साधारण स्रोत प्रयोग गरी यो कम्पनीमार्फत बेलायत लगायत युरोपबाट रेमिट्यान्स नेपाल भित्र्याउन थालेका हौं’, ढकालले भने, ‘अवैध च्यानलमार्फत नेपाल आउने रेमिट्यान्सलाई निरुत्साहित गरेर औपचारिक च्यानलमार्फत ल्याउन हामीले १८ वर्षदेखि गरिरहेको पहललाई कसैले नजरअन्दाज गर्न मिल्दैन।’

नेपाल सरकार, नेपाल राष्ट्र बैंकको अनुमतिबाट सन् २००१ मा आईएमईले सुरु गरेको औपचारिक रुपमा रेमिट्यान्स भित्र्याउने पहल अन्तर्गत विश्वका विभिन्न मुलुकबाट करिब १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको उनले दावी गरे।

आफूहरुले संस्थागत गरेको रेमिट्यान्स व्यापारका कारण नेपालको अर्थतन्त्र अगाडि बढेको भन्दै उनले कुल ग्राहस्थ योगदानमा रेमिट्यान्स ३० प्रतिशत पुगेको बताए।

आईएमई ग्रुप नेपालमा सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्स कम्पनीका रुपमा नेपाल सरकारबाट सम्मानित हुँदै आएको ढकालले बताए। उनले रेमिट्यान्स सेवासँगै अहिले यो समूहले बैंक, इन्सोरेन्स, जलविद्युत, होटल, चन्द्रागिरी केवल कार, डिस होम सेवासम्म लगानी विस्तार गरेको जनाए।

प्रकाशित ३ माघ २०७५, बिहिबार | 2019-01-17 17:08:04
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...