सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय



काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा
काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा
टुटल वेवसाइट

दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।

मन्त्रालयले मंगलबारदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था विभागसँग छलफल गरेको छ।

मन्त्रालय प्रवक्ता सहसचिव शिबहरी सापकोटाले संचारमाध्यम मार्फत उठेको विषयले मन्त्रालयमा प्रवेश पाएको बताउँदै टुटल र पठाओको विषयमा केही दिनमै टुङ्गो लाग्ने जनाए।

‘विषय उठिसकेपछि त्यसलाई टुङ्गोमा पुर्याउने जिम्मेवारी सरकारको हो,’ सहसचिव सापकोटाले नेपालखबरसँग भने, ‘हामी छलफल गरिरहेका छौं, केही दिनमै केही निर्णय आउनेछ।’

ट्राफिक प्रहरीले प्रचलित कानून बिपरित भन्दै शनिबार टुटल र पठाओसँग आवद्ध ५ थान मोटरसाईकल नियन्त्रणमा लिएपछि त्यसबारे बहस सुरु भएको थियो।

टुटलका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले टुटल एउटा प्रविधी कम्पनी भएको जनाउँदै आफुहरुले सेवा सुचारु राखेको बताए।

‘हामीले सेवा रोकेका छैनौं,’ भट्टले बुधबार नेपालखबरसँग भने, ‘यस विषयमा हामीलाई कुनै सरकारी निकायबाट सम्पर्क भएको छैन।’

टुटल र पठाओ मोवाइल एपको माध्यमबाट पैसा लिएर यात्रुलाई मोटरसाइकल यातायात सेवा दिने माध्यम हुन्। ट्राफिक जामबाट जोगिँदै छिटोछरितो र सस्तो यात्राका लागि सहयोगी बनेको यो यातायात सेवा काठमाडौं उपत्यकामा खासगरी युवाबीच लोप्रिय बन्दै गएका थिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा निजी सवारीसाधनमा भाडाका यात्रु बोक्न अनुमति नभएको भन्दै शनिबारदेखि कारवाही थालेको हो। उसले सोही ऐनको दफा ८ को उपदफा १ र २ मा भएको कानूनी व्यवस्था अनुसार कारवाही थालेको हो। उपदफा २ मा निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न नपाईने उल्लेख छ। यातायात व्यवस्था विभागसँग समन्वय बिना नै ट्राफिक प्रहरीले बंगलादेशी कम्पनी पठाओ र नेपाली कम्पनी टुटलले निजी नम्बर प्लेट भएका सवारीसाधनमा भाडाका यात्रु बोक्न समन्वय गरेको भन्दै कारवाही गरेको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको निर्देशन अनुसार ट्राफिक प्रहरी प्रभाग दरबारमार्गले शनिबार पाँचथान मोटरसाईकललाई कारवाही गरेको हो। प्रभागले शनिबार नियन्त्रणमा लिएका मोटरसाईकल सोमबार कम्पनीका अधिकारीको रोहबरमा प्रयोजन बिपरितको चिट काटेर अब आईन्दा अनुमति लिएर मात्र चलाउने भन्ने सहमतीमा छोडिएको छ।

महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले देशको प्रचलित कानुन बिपरित निजी नम्बरका सवारीसाधन भाडामा प्रयोग भएको गुनासो आएपछि कारवाही थालेको बताए। उनले यसको जानकारी यातायात व्यवस्था विभागलाई समेत गराएको जानकारी दिए।

‘कानून बिपरित निजी सवारीसाधनले भाडामा यात्रु बोक्न पाउँदैन,’ एसएसपी पन्तले भनेका छन्, ‘विभागमा लेखेका छौं, रोक्ने काम उसकै हो।’

नेपालमा कम्पनी ऐन अन्र्तगत दर्ता भएको टुटलले जावलाखेलमा कार्यालय राखेर काम गरिरहेको छ। काठमाडौं उपत्यकाका लागि टुटल टुडे नामक मोबाइल एप मार्फत निजी सवारीसाध भएकाहरुले दर्ता भएर भाडाका यात्रु बोक्न समन्वय गर्दै आएको छ।

यस्तै दरबारमार्गमा कार्यालय रहेको पठाओ बंगलादेशी कम्पनी हो। यात्रुहरुले मोबाइल एप मार्फत सस्तोमा यात्राको सुविधा समन्वय दुबै कम्पनी मार्फत हुँदै आएको थियो।

र याे पनिः 

‘टुटल’ र ‘पठाओ’ प्रहरी निशानामा, मोटरसाइकलमा भाडाका यात्रु बोक्न रोक

प्रकाशित २ माघ २०७५, बुधबार | 2019-01-16 14:15:56
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...