लागत र नाफा जोडेर ६३ रुपैयाँ पर्ने चिनी ७८ रुपैयाँ पुग्दै

चिनीमा मूल्य बढाउन फेरि चलखेल सुरु



चिनी
चिनी

लागत र नाफा जोडेर प्रति केजी ६३ रुपैयाँ बिक्री मूल्य निर्धारण गरिएकाे चिनीमा थप १५ रुपैयाँ बढाउन चलखेल सुरु भएकाे छ।

उद्योगीकै सहमतिमा मूल्य निर्धारण भएपनि दसैं तिहारमा सरकारको आग्रहमा प्रति केजी ५७ रुपैयाँमा बिक्री गर्दा घाटा व्यहोर्नु परेकोले मूल्य वृद्धि गर्नु परेको उद्योगीको भनाई छ।

चिनी उतपादक संघले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा अब उद्योगबाट चिनी ७८ रुपैयाँमा मात्रै बिक्री गर्ने र त्यही अनुसार बजार मूलय पनि बढ्ने बताएको हो।

विभागका महानिर्देशक योगेन्द्र गौचनसँग उनीहरुले ७८ रुपैयाँ कायम गर्नु परेको कारण सहितको पत्रसमेत थमाएका छन्।

उद्योगीले देखाएको हिसाबमा एक किलो चिनीमा उखुको लागत मूल्य ५३ रुपैयाँ ४८ पैसा र त्यसमा चिनीको प्रशोधन खर्च १३ रुपैयाँ ४७ पैसा गरी ६६ रुपैयाँ ९५ पैसाको हिसाब निकालेका छन्।

जसमा मोलासिस एवम् बगास बिक्री रकम कट्टा गर्दा चिनी उत्पादनको कुल लागत खर्च प्रतिकिलो ६४ रुपैयाँ ३० पैसा आउँछ। त्यसमा चिनी कारखानाको ७ दशमलव ५ प्रतिशत मुनाफा कायम राख्दा ४ रुपैयाँ ८२ पैसा हुन आउँछ।

यसो गर्दा प्रतिकिलो चिनीको मूल्य ६९ रुपैयाँ १२ पैसा आउने र त्यसको १३ प्रतिशत भ्याट गरेर चिनीको मूल्य प्रतिकिलो ७८ रुपैयाँ पर्ने हिसाब उद्योगीले निकालेका छन्।

संघका अध्यक्ष शशि अग्रवालले पहिले घाटामा चिनी बिक्री गर्नु परेकोले उद्योगीले परिपूर्ति नगरे किसानको उखुको भुक्तानी दिन नसक्ने बताएका छन्। यो वर्ष सरकारले उखूमा प्रतिक्विनटल ५ रुपैयाँ वृद्धि गरेकोले नयाँ उत्पादनमा झन् मूल्य वृद्धि हुने उनको भनाई छ।

यसअघि चिनीको मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम हुँदा बजार भाउ ७५ देखि ८० रुपैयाँसम्म पुगेको थियो। उद्योगको मूल्य नै ७८ पुग्दा खुद्रा मूल्य कति बढ्ने सिमा देखिँदैन।

यस विषयमा विभागले मन्त्रालयसँग सल्लाह गरेर कदम चाल्ने गौचनले जानकारी दिए। बजार अनुगमन तथा मूल्य नियन्त्रणको जिम्मा पाएको विभागले केही दिनमा नै कसरी अघि बढ्ने निर्णय गर्ने उनले बताए।

यसअघि गत तिहारताका विभागले प्रतिकिलो ७० रुपैयाँभन्दा बढीमा चिनी नबेच्न निर्देशन दिएको थियो।

उद्याेगीले विभागलाई दिएकाे पत्र

प्रकाशित २९ पुस २०७५, आइतबार | 2019-01-13 19:17:00
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...