फरवार्ड माइक्रोफाइनान्सले नगद र शेयर गरी ४५ प्रतिशत लाभांस वितरण गर्ने



फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले आफ्ना शेयर सदस्यलाई २० प्रतिशत नगद लाभान्स र २५ प्रतिशत शेयर लाभांस वितरण गर्ने भएको छ।

संस्थाको गत पौष ६ गते बसेको सञ्चालक समितिको ७६ औं बैठकले स्वीकृत गरे अनुसार आफ्ना शेयर सदस्यलाई २० प्रतिशत नगद लाभाशं र २५ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो। 

संस्थाको आइतबार बस्ने छैटौं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि लाभाशं वितरण गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले बताए। संस्थालाई उक्त नगद लाभांश र शेयर बोनस वितरणका लागि नेपाल राष्ट्र बैंकले स्विकृति जनाइसकेको छ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७५ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी ३० करोड १ लाख ६५ हजार ७ सय को २० प्रतिशतले हुने नगद लाभांश ६ करोड ३३ हजार १ सय ४० र (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ।

संस्थाले नेपाल राष्ट्र बैंकबाट बितरण गर्न स्वीकृत भए बमोजिम २०७५ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी ३० करोड ०१ लाख ६५ हजार ७ सयको २५ प्रतिशतले हुन आउने रकम रु ७ करोड ५० लाख ४१ हजार ४ सय २५ बराबर बोनस शेयरलाई वितरण गर्ने भएको छ।

२०६९ भदौ २८ गते स्थापना भएको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था मंसिर मसान्त सम्म देशका ३६ जिल्लाका ४२३ गाउँ तथा नगरपालिका २ लाख ३३हजार ९ सय १६ विपन्न परिवारमा पुग्न सफल भएको संस्थाकी अध्यक्ष भगवती चौधरीले बताइन्।

प्रकाशित २८ पुस २०७५, शनिबार | 2019-01-12 18:57:09
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...