जग्गाको कित्ताकाट खुला, तर प्लटिङ गरेर घडेरी बिक्री गर्न नपाइने




साढे एक बर्षअघि भएको जग्गाको कित्ताकाट नेपाल सरकारले तत्काल लागू हुनेगरी खुला गरेको छ।

जग्गा खण्डिकरण रोक्ने उद्देश्यले २६ साउन २०७४ कित्ताकाट खारेज सम्बन्धी निर्णय भुमि व्यवस्था मन्त्रालयले हटाएको हो।

लामो समयदेखि जग्गा कित्ताकाटमा रोक लगाएको भन्दै सरकारको चौतर्फी आलोचना भएपछि सरकारले यस सम्बन्धमा नयाँ व्यवस्था गर्न लागेको हो।

२ फागुन ०७३ मा सर्वोच्च अदालतले भूमिको बर्गीकरण र उपयोग सम्बन्धी कानुनको तर्जुमा भइरहेकोले कृषियोग्य जग्गा विनास हुनबाट रोक्न निर्देशन आदेश जारी गरेको थियो।

सोही आदेशअनुसार तत्कालित भूमिसुधारमन्त्री गोपाल दहितले २६ साउन २०७४ मा कित्ताकाट रोकेका थिए।

तर आज भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले एक सूचना जारी गर्दै कित्ताकाट फुकुवा भएको जानाकारी गराएकी छन्।

आजै मन्त्रालयले आज भूमि व्यवस्थापन तथा अभिलेख विभाग, नापी विभाग लगायत अन्य सम्बन्धित निकायलाई निर्देशन जारी गरी कृषि क्षेत्रमा रुपान्तरणले तीब्रता पाइरहेको उल्लेख गर्दै पहिलेको निर्णयमा पुनरावलोकन गरिएको उल्लेख गरेको छ।

तर प्लटिङ गरी खेतियोग्य जग्गामा कित्ताकाट गरी घडेरीको रुपमा बिक्री वितरण गर्ने आएमा पास नगर्न सम्बन्धित निकायलाई भनिएको छ।

भू–उपयोग ऐन संसदमा दर्तामा रहेकाले कित्ताकाटसम्बन्धी अप्ठ्यारो फुक्ने गरी सरकारले निर्णय गरेको जानकारी मन्त्रालयले दिएको छ।

संसदमा पेश भएको भू–उपयोग ऐनमा स्थानीय सरकारको भूमिका अलि बढी रहने व्यवस्था गरिएको छ।

वर्गीकरणका आधारमा जग्गाको अंशबण्डा, किनबेच, प्लटिङको मापदण्ड स्थानीय तहले नै बनाउने उल्लेख गरिएको छ।

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 18:27:15
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।