नोटबन्दीमा परेका रुपैयाँ साट्न अझै भारतको आनाकानी




भारतीय विदेश मन्त्रालयले नेपालमा रहेको भारतीय नोटबन्दीका रुपैयाँ साट्ने विषय जटिल भएको बताएको छ।

विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता रविसकुमारले यस विषयमा नेपालसँग सम्पर्कमा रहेको जानकारी दिएका छन्।

‘नेपालमा नोटबन्दीमा भएको भारतीय रुपैयाँका विषय सामान्य होइन, धेरै जटिल विषय हो, यस विषयमा हामी उनीहरु (नेपाल)सँग सम्पर्कमा छौँ’ उनले भने, ‘यो विषयलाई उनीहरु (नेपाल) ले उठाउँदै आएका छन्।’

भारतीय पत्रकारहरुले प्रवक्तासँग नोटबन्दीका रकम साट्ने विषयमा के हुँदैछ भन्ने प्रश्न गरेपछि प्रवक्ता रविसकुमारले यस्तो जवाफ दिएका थिए।

भारतले बजारमा रहेको ९९.३ प्रतिशत रकम फिर्ता भएसँगै प्रतिबन्ध गरिएका भारतीय रुपैयाँ साट्ने प्रक्रिया समाप्त भएको जनाएको थियो। तर नेपालमा रहेका अर्बाैँ रुपैयाँ साट्ने विषयमा नेपाली पक्षले सरोकार जनाउँदै आएको छ।

भारतीय सञ्चार माध्यमहरुले पनि साढे ९ अर्ब भारतीय रुपैया नेपालीसँग रहेको अनुमान गरेका छन्। उनीहरुका भनाईमा, बैंकिङ्ग प्रणालीमा चाहिँ सात करोड भारतीय रुपैयाँ रहेको छ। तर, यो रकम पनि भारतीय पक्षले साट्न चाहेको छैन।

खासगरी भारतसँग व्यापार गर्ने व्यापारी, सीमा क्षेत्रमा स्थानीय बासिन्दा र भारतमा काम गरेर स्वदेश फर्किएका नेताहरुसँग यस्तै रुपैयाँ रहेको छ।

सरकारले निर्धारण गरेको लक्ष्य पुरा नभएको, तर जनताले सास्ती पाएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको भारतमा नै चर्को आलोचना हुँदै आएको छ। चार महिनापछि हुने लोकसभा चुनावमा नोटबन्दी पनि एक प्रमुख मुद्दा बन्ने देखिन्छ।

भारत भ्रमणमा रहेका नेपाली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री मोदी गत बैशाखमा नेपाल भ्रमणमा आउँदा नेपालले यो विषय उठाएको र नोटबन्दीका नोट साटिनेमा नेपाल अझै आशावादी रहेको बताएका छन्।

‘हामीले भारतलाई यो विषय सल्ट्याउन भनेका छौँ, हामीले नयाँ नोटमा पनि कुनै समस्या नहुने आश्वासन चाहेका छौँ’ ज्ञवालीले भने, ‘करिब सात करोड रुपैयाँका भारतीय नोट नेपालका बैंकिङ प्रणालीमा छ।’

जनतासँग चाहिँ कति रुपयौँ छ भन्ने अनुमान गर्न नसकिएको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा रहेका सबै पुरानो नोटको सट्टामा नयाँ नोट पाउनु पर्ने नेपालको माग रहेकोमा जोड दिए। भने, ‘द्दिवपक्षीय कुराकानीमा हामीले यसको चर्चा गरेका छौँ। तर भारतले यसबारेमा कुनै जवाफ दिएको छैन।’

भारतीय पक्ष भने नोटबन्दीका नोट साट्न विषयमा सकारात्मक देखिएको छैन। नेपालमा रहेका नोटहरु नक्कली हुनसक्ने बताउँदै भारतले यो प्रसङ्ग उठ्दा विषयान्तर गर्ने गरेको छ।

मोदी सरकारले फेरिपनि यस्तै गर्ने विश्लेषणका साथ नेपाल सरकारले पुस महिनामा शुरुमा एक सय भन्दा बढी भारतीय रुपैयामा नोटमा नेपालका कारोबार, जम्मा र बोक्नका लागि प्रतिबन्ध लगाएको छ।

तर गत मंगलबार मात्रै नेपाल राष्ट्र बैंकले भारत केन्द्रीय बैंकलाई पत्र लेख्दै ५ सय र दुई हजार रुपैयाँका नोट नेपालमा खुला गर्न माग गरेको छ।

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 17:33:30
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।