हिमालयन बैंकको सुरक्षित मास्टर डेबिट कार्ड सेवा सुरु



हिमालयन बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक मास्टर कार्डको अत्याधुनिक र सुरक्षित ‘चिप र पिन’ प्रविधियुक्त डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ।

शुक्रबार एक कार्यक्रमकाबीच यो सेवाको शुभारम्भ गरिएको हो। ग्राहकहरुले मास्टर कार्डबाट कारोबार गरी सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेन्टहरु ९होटल, रेष्टुराँ, पब लगायत अन्य पसलहरु० मा २० प्रतिशतसम्म छुट समेत पाउने बैंकल जानकारी गराएको छ।

बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि सो कार्ड निशुल्क प्रदान गर्ने भएको छ। यस बाहेक मास्टर कार्डधारी ग्राहकहरुले उक्त कार्ड नेपाल भरिका कुनै पनि पस मेशिनमा प्रयोग गरी सामान खरिद गरेमा आकर्षक नगद फिर्ता पाउने छन्।

बैंकद्वारा आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र मास्टर कार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रीय प्रमुख श्री पोरुष सिंहले उक्त कार्डको सेवा शुभारम्भ भएको घोषण गरेका थिए।

कार्यक्रममा बोल्दै कार्यकारी प्रमुख राणाले मास्टर कार्डसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। उनले कार्डद्वारा बैंकका ग्राहकले अझ बढी सेवा सुविधा सुरक्षित रुपमा पाउने विश्वास व्यक्त गरे। उनले उक्त कार्ड अत्याधुनिक चिप र पिनबाट सुसज्जित रहेको र नयाँ खाता खोल्दा ग्राहकहरुका लागि निशुल्क प्रदान गर्ने जानकारी गराए।

ग्राहकहरुले उक्त कार्ड नेपाल तथा भारतका प्रायजसो एटीएम र पस मेशिनमा प्रयोग गर्न सक्नेछन्।

उक्त अवसरमा मास्टर कार्डका तर्फबाट श्री पोरुष सिंहले पछिल्ला वर्षहरुमा नेपालले डिजिटल भुक्तानी प्रणालीमा र कार्डको प्रयोगमा उच्च प्रगति गरेको बताए। उनले मास्टर कार्डले गरेको उक्त प्रगति पथमा हिमालयन बैंकसंँ सहकार्य गर्न पाउदा गौरवान्भित भएको बताए। उनले डेबिट कार्ड डिजिटल युगको प्रणालीमा अभिन्न अंग रहेको विश्वास गरेका छन्।

उनले ग्राहकहरुलाई डिजिटल भुक्तानीमा कार्डमा भएको सुविधा र सुरक्षाको प्रत्याभूतिले कार्ड प्रयोग गर्न प्रोत्साहन गर्ने पनि बताए। उनले नेपालमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न मास्टरकार्ड प्रतिवद्ध रहेको बताए।

प्रकाशित २७ पुस २०७५, शुक्रबार | 2019-01-11 17:13:13
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।