स्थानीय तहकाे वार्षिक आम्दानी १७ अर्ब



स्थानीय तहले एक वर्षमा १७ अर्ब रुपैयाँ राजश्व संकलन गरेका छन्।

महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको तीनै तहका सरकारको वित्तिय प्रतिवेदन अनुसार स्थानीय तहमा हाल ४१ अर्ब रुपैयाँ रहेकाे छ।

स्थानीय तहको बजेट खर्च पनि राम्रो देखिएको छ। केन्द्रीय सरकारले दिने अनुदानमा ९६ प्रतिशत खर्च गरेका छन्। आफ्नो आम्दानीबाट ९० प्रतिशत खर्च भएको देखिएको छ।

महालेखा नियन्त्रकको कार्यालयले तीनै तहका सात सय ६१ वटै सरकारको आय व्यय तथा कोषमा रहेकाे रकम बारेमा प्रतिवेदन तयार गरेको हो।

तीनै तहको सकाररले कुन कोषमा कति पैसा राखेका छन्, राजश्वको स्थिती कस्तो छ, खर्च प्रणाली कस्तो छ? भन्ने कुराहरु उक्त प्रतिवेदनमा उल्लेख भएको छ।

सो प्रतिवेदन महालेखा नियन्त्रक कार्यालयले महालेखा परीक्षकको कार्यालयमा समेत बुधबार नै बुझाएको छ।

स्थानीय तहहरुमा केन्द्रीय सरकारले दिएको अनुदानको उपयोग कस्तो छ भन्ने कुरा प्रतिवेदनमा उल्लेख गरिएकाे महालेखा नियन्त्रकको कार्यालयले जनाएकाे छ।

महालेखा कार्यालयका अनुसार स्थानीय तहको रिपोर्ट बनाउन र आयव्यवको अवस्था हेर्न केन्द्रीय सरकारले पाउँदैन। त्यसकारण कोष तथा लेखा नियन्त्रक कार्यालयहरुले निर्माण गरेको रिपोर्ट अनुसार प्रतिवेदन तयार गरिएको हाे।

प्रकाशित २५ पुस २०७५, बुधबार | 2019-01-09 20:57:08
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1

दीपक भट्टबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...