एनआईसी एशिया बैंक र वर्ल्ड रेमिटबीच रेमिटेन्स सम्झौता



एनआईसी बैंक
एनआईसी बैंक

एनआईसी एशिया बैंक लिमिटेडले वर्ल्ड रेमिटसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ।

बैंकले यस सम्बन्धमा वर्ल्ड रेमिट लिमिटेड युकेसँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट मिति गत मंसिर २३ मा स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो।

उक्त सम्झौता अनुसार वर्ल्ड रेमिट मार्फत कतार, साउदी अरेबिया, कुवेत, जापान, क्यानडा, अस्ट्रेलिया, निउजिल्याण्ड, युके, युएसए, युराेप लगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले तुरुन्त भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २७० वटा शाखा कार्यालयहरु तथा ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ।

वर्ल्ड रेमिटको ग्राहकहरुले एजेन्टका मार्फत विप्रेषण सेवा नलिकन आफै आफ्नो माेबाइल मार्फत परिवार तथा साथीहरुलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन सक्नेछन्।

यो सेवाले ग्राहकहरुको समय तथा पैसाको बचत हुनेछ। वर्ल्ड रेमिट को न्यूनतम शुल्क तथा ठूलो साझेदार विस्तारका कारण नेपालमा आउने वर्ल्ड रेमिट मार्फतका कारोवार वार्षिक १६०% ले वृद्धि भइरहेको छ। वर्ल्ड रेमिट ले आफ्ना ग्राहकवर्गहरुलाई आफ्नो परिवार तथा साथीहरुलाई विभिन्न माध्यम जस्तै बैंक ट्रान्स्फर द्वारा पैसा पठाउने सेवा दिइरहेको छ।

मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।

प्रकाशित २५ पुस २०७५, बुधबार | 2019-01-09 20:37:44
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...