हट्यो बंगलादेशी प्रतिबन्ध, खुल्यो वार्षिक ५ अर्बको धागो निर्यात हुने बाटो




बंगलादेशले नेपाली धागोमा लगाएको प्रतिबन्ध फुकुवासँगै नेपालले बंगलादेशमा वार्षिक ५ अर्ब भन्दा बढीको धागो निर्यात गर्न सक्ने बाटो खुलेको छ।

बंगलादेशमा ४ वर्ष अघिसम्म नेपालको धागो निर्यात हुन्थ्यो। तर स्थलमार्गबाट जाने भुटानको आलु र नेपालको धागोलाई बंगलादेश सरकारले प्रतिबन्ध लगाएको थियो, जसको कारण नेपालको धागो निर्यात हुन सकेको थिएन।

तर, बंगलादेशको राष्ट्रिय राजश्व बोर्डले नेपाली धागोमाथि लगाएको निर्यात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपछि नेपालले निर्यात गर्न सक्ने भएको हो।

अब स्थल मार्ग हुँदै बंगलादेशमा धागो निर्यात हुने भएपछि नेपालबाट वार्षिक ५ अर्ब भन्दा बढीको धागो निर्यात गर्न सकिने धागो उत्पादक संघले जानकारी गराएको छ।

नेपाली धागो उद्योगीहरु बंगलादेशको यो निर्णयबाट खुसी भएको संघका अध्यक्ष पवन गोल्यानले बताए।

‘बंगलाादेशमा निर्यात त धेरै गर्न सकिन्छ, तर हामीले उत्पादन कति गर्न सक्छौं भन्ने कुरा मुख्य हो’ उनले भने, ‘बंगलादेश विश्वमा नै टेक्सटायल उद्योगमा अग्रपंतिमा छ, त्यसकारण धागोको प्रमुख बजार बंगलादेश हो भन्नेमा कुनै शंका छैन।’

अहिले नेपालबाट धागो निर्यात हुने प्रमुख देश टर्की हो। तर बंगलादेशसम्म स्थलमार्गबाट जाने भएकोले यातायत खर्च निकै कम हुन्छ। गोल्यानले थपे, ‘त्यसैले पनि बंगलादेश हाम्रो प्रमुख बजारको रुपमा देखा परेको छ।’

नेपाल आफू भूपरिवेष्टित राष्ट्र भएका कारण आफूमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने माग गत बर्षदेखि नै गर्दै आएको थियो।

२८ डिसेम्बरमा नेपाल–बंगलादेशबीच भएको छलफलमा बंगलादेश नेपालमाथिको प्रतिबन्ध फुुकुवा गर्न राजी भएको थियो।

बंगलादेशकै वित्तीय तथा विदेश मन्त्रालयले समेत प्रतिबन्ध हटाउन आग्रह गरेपछि नेपालमाथिको प्रतिबन्ध हटेको हो।

बंगलादेशका बन्दरगाहबाट विभिन्न सामाग्री नेपालमा आउन छाडेपछि नेपालले ठूलो आर्थिक घाटा बेहोर्नु परेको नेपाली पक्षको भनाइ छ।

यो निर्णयपछि नेपालबाट बंगलादेशमा तत्कालका लागि एक्रिलिक धागोमात्र निर्यात गर्न पाइनेछ। तर, उक्त प्रतिबन्ध एक वर्षको लागिमात्र फुकुवा भएको ‘न्यू एज विजलेस’ नामक बंगलादेशी अनलाइनले जनाएको छ।

सो अनलाइनका अनुसार अब त्यहाँका लाइसेन्स प्राप्त उद्योगहरुले नेपालमा सामाग्री निर्यात गर्न सक्नेछन्। नेपालका लागि मात्र प्रतिबन्ध हटाएको बंगलादेशले भारतका हकमा भने प्रतिबन्ध कायमै राखेको बताइएको छ।

बंगलादेशको यो निर्णयपछि अब नेपाली धागो फुलबारी नाका हुँदै झापाको काकडभिट्टाबाट भारत हुँदै बंगलादेशका लागि निर्यात हुनेछ। र, बंगलादेशको पञ्चगढस्थित तेतुलिया नाका (बंगलाबन्ध) बाट भित्रिने छ।

नेपालमा रिलायन्स स्पिनिङ ,जय स्पिनिङ, जगदम्बा स्पिनिङ, र त्रिवेणी स्पिनिङ गरी चार ठूला धागो उद्योग छन्। नेपालमा १५ अर्बको लगानी भएका धागो उद्योगले १० हजार नेपालीलाई रोजगारी दिएको छ।

नेपाली उद्योगहरुबाट बार्षिक ४० हजार टन भन्दा बढी धागो उत्पादन हुँदै आएको छ। चालू आर्थिक वर्षको ५ महिनामा समेत नेपालबाट ३ अर्ब ८५ करोड रुपैयाँ बरावरको धागो निर्यात भइसकेको छ।

प्रकाशित २५ पुस २०७५, बुधबार | 2019-01-09 19:15:26
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।