प्राचीन ऋषिहरुको तपस्यास्थल चितवन धार्मिक पर्यटनको केन्द्रः व्यवसायी ढकाल



आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले चितवनलाई कृषि र पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताएका छन्।

१२ औं चितवन महोत्सवलाई विशिष्ट अतिथिको रुपमा चितवनस्थित नारायणी नदी किनारमा सम्बोधन गर्दै ढकालले यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई चिनाई स्थानीय नागरिकको आर्थिक उपार्जन बढाउन भुमिका खेल्ने बताए।

उनले प्राचीन ऋषिहरुको तपस्यास्थल देवघाटलाई केन्द्र बनाएर धार्मिक पर्यटनको प्रवर्द्धन गर्न सकिने सम्भावना औंल्याए।

जंगली जनावरको मुख्य वासस्थान सौराहामा आउने विदेशी पर्यटकहरुको बसाईं लम्ब्याउन चितवन र चितवन आसपासका सम्भावित पर्यटकीय क्षेत्रहरुमा पर्यटन विकासको आवश्यकतामा उनले जोड दिए।

नगरबन, मौलाकाली, देवघाट जस्ता क्षेत्रहरुमा सुविधासम्पन्न पर्यटकीय पुर्वाधारहरु जलमार्ग, स्थलमार्ग, केबलकार र होटलहरुको निर्माण गरी समग्र पर्यटन उद्योग र स्थानीय रोजगारीमा चितवनले महत्वपुर्ण योगदान दिन सक्ने उनको भनाई थियो।

चितवनमा उत्पादन हुने कृषि उपजको उचित भण्डारण, केरा, तरकारी, दूध, मह र कुखुराको उत्पादनलाई वितरण गर्ने बजारको खोजी गरी यहाँका स्थानीय कृषकहरुको आर्यआर्जनलाई बढाउन सकिने भन्दै चितवन शिक्षाको हबको रुपमा समेत विकसित हुँदै गएकोमा प्रशन्नता ब्यक्त गरे।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख अतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश नं ३ का मन्त्रीहरु, स्थानीय जनप्रतिनिधिहरु, सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकाल लगायत विभिन्न उद्योगी व्यवसायीहरुले सम्बोधन गरेका थिए। पुस २५ गतेदेखि माघ ४ गतेसम्म १० दिन सञ्चालन हुने १२ औं चितवन महोत्सवलाई आईएमई ग्रुप र ग्लोबल आईएमई बैंकले सह–प्रायोजन गरेका छन्।

सन् २००१ मा स्थापना भएको आइएमई ग्रुप रेमिटेन्स, बैंकिङ्ग, सूचना–प्रविधि, उर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालीटी लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ।

प्रकाशित २५ पुस २०७५, बुधबार | 2019-01-09 18:18:28
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • श्रमिक सम्झौतामा हस्ताक्षर हुँदै

    यी हुन जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

    जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ।

  • माथिल्लो तामाकोशी बाँध निर्माणस्थल

    ‘नेपालीले ठूला आयोजना गर्नसक्छौं, माथिल्लो तामाकोशी नमूना हो’ (भिडियो)

    विद्युतगृहसहित ९८ प्रतिशत निर्माण पूरा भएको नेपालको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर सुदर्शनकाे गन्तव्य खाेज्दै प्रहरी

    दुई प्रमुख सहयोगीसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई पक्राउ...

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...