सनराइज बैंकमा दुगड र गोयल समूहबीच विवाद



सनराइज बैंक लिमिटेडको ११ औँ वार्षिक साधारणसभा नजिकिँदै जाँदा बैंकभित्रको विवाद सतहमा आएको छ।

विगत १० वर्षदेखि बैंकमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइराखेका संस्थापक समूहका प्रमुख चार व्यावसायिक घरनाबीचको सम्बन्धमा दरार उत्पन्न भएको हो।

बैंक स्थापना गर्न सुरुका वर्षहरूमा कम्मर कसेर लागेका व्यावसायिक घरना एघारौँ साधरणसभासम्म आइपुग्दा एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्ने अवस्थासम्म आइपुगेका छन्।

अहिले दुगड ग्रुपका तर्फबाट मोतिलाल दुगड सनराइज बैंकको अध्यक्ष रहेका छन्। दुगडका साथमा तातेड समूहका अध्यक्ष वच्छराज तातेड छन् भने बैंकबाट आफुहरूलाई वाइपास गर्ने प्रयास गरिएको आरोप सारदा र गोयल ग्रुपले लगाएको छ।

पुस २९ गते हुने ११ औँ वार्षिक साधारणसभाको निर्वाचनको मनोनयन प्रक्रिया नजिँकिदै जाँदा बैंकभित्रको अन्तरसंघर्ष उत्कर्षमा पुगेको एक सञ्चालकले बताए।

नयाँ संचालक समिति चयन गर्न हुने निर्वाचनका लागि परेको बैंकका संस्थापक सदस्य श्रवण गोयल र अनुराग गोयलको उम्मेदवारी सूचीबाट हटाइएपछि सनराइज बैंकमा मुख्य लगानीकर्ताहरूबीचको वाकयुद्ध चर्किएको हो। गोयल ग्रुपले अध्यक्ष मोतिलाल दुगडको आदेशमा सूचीबाट नाम हटाइएको आरोप लगाएको छ।

आवश्यक योग्यताअनुसार आफुले बैंक सञ्चालक समितिको सदस्यका लागि उम्मेदवारी दर्ता गरेको तर आफ्नो नाम नै सूचीबाट हटाइएकोमा चकित भएको अनुराग गोयलले बताए। यसको कानुनी उपचारका लागि अदालत जाने चेतावनी उनले दिएका छन्।

अहिले संचालक समिति अध्यक्ष रहेका मेतिलाल दुगडले भने समयमा दर्ता गर्न नआएकाले श्रवण गोयल र अनुराग गोयलले उम्मेदवारी दिन नपाएको बताए।

‘नीति नियम अनुसार सबै चल्नुपर्छ, तोकिएको मिति भन्दा पछि आएर कसैले पनि उम्मेदवारी दर्ता गर्न दबाब दिन मिल्दैन’, अध्यक्ष दुगडले नेपालखबरसँग भने, ‘उनीहरूले उम्मेदवारी दिन नपाएको विषयमा मैले निर्वाचन अधिकृत केदार कोइरालासँग सोधपुछ गर्दा तोकिएको समयमा दर्ता प्रस्ताव नआएको स्पष्टिकरण आएको छ।’

गोयलद्वयले उम्मेवारीको विषय चर्काएपनि विवादको चुरो भने सेयर स्वमित्वको रहेको अध्यक्ष दुगडको भनाई छ। ‘आफुले चाहेको व्यक्ति बैंकको व्यवस्थापनमा भर्ति गर्न नपाएको विषय पनि यो साधारण सभामा ल्याउन खोजिएको छ’, उनले भने, ‘त्यसरी वित्तिय संस्था अघि बढ्न सक्दैन भन्ने धारणा संचालक समिति र व्यवस्थापनको रहेको छ।’

सनराइज बैंक लिमिटेडको संस्थापकको तर्फबाट नयाँ संचालक समितिका लागि मोतिलाल दुगड, वच्छराज तातेड, मालचन्द्र दुगड र अनुराग गोयलको उम्मेदवारी परेको छ भने सर्वसाधारणको तर्फबाट दीपक नेपाल, शैलेन्द्र गुरागाईं, सारदा शर्मा (पुडासैनी) र अटो इलेक्ट्रो प्रालिको तर्फबाट स्वीटी अग्रवालको उम्मेदवारी परेको छ।

प्रकाशित २६ पुस २०७५, बिहिबार | 2019-01-10 19:04:39
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...