अन्तशुल्क स्टिकर छपाईप्रति आन्तरिक राजश्व विभाग अन्योलमा



अन्तशुल्क स्टिकर अभाव देखिए पनि छपाई प्रक्रिया अघि बढाउने वा नबढाउने भन्नेमा आन्तरिक राजश्व विभाग अन्योलमा देखिएको छ।

नेपाली कम्पनीलाई पनि छपाई टेण्डरमा सहभागी गराउनु भन्ने सार्वजनिक लेखा समितिको निर्देशन पछि छपाई प्रक्रिया अघि बढ्न नसकेको हो।

यो भन्दा पहिले विदेशी कम्पनीले मात्रै अन्तशुल्क स्टिकर छपाउँदै आएकोले नेपाली कम्पनीलाई टेण्डर प्रक्रियामा लाने वा नलाने भन्ने दुविधा भएपछि विभागले छपाईको प्रक्रिया नै अघि बढाउन सकेको छैन।

नेपाली कम्पनीले पनि अन्तशुल्क स्टिकरको छपाई गुणस्तरीय गर्न सक्ने र नेपाली कम्पनीले पनि छपाइकाे काम पाउनुपर्ने व्यवसायीले माग राखेपछि संसदकाे सार्वजनिक लेखा समितिले अर्थमन्त्रालय र सो मातहतको निकायलाई नेपाली कम्पनीलाई पनि छपाई प्रक्रियामा सामेल गराउन निर्देशन दिएको थियो।

अर्थमन्त्रालयका अर्थ सचिव डा राजन खनालले आन्तरिक राजश्व विभागले आवश्यकता हेरेर छपाइको प्रक्रिया प्रारम्भ गर्ने बताए। ‘संसदीय सार्वजनिक लेखा समितिले नेपाली कम्पनीलाई पनि छपाईको टेण्डर प्रक्रियामा सहभागी गराउनु भनेर निर्देशन दिएको छ। जुन निर्देशन मन्त्रालयले विभागमा पठाइसकेको छ।’ खनालले भने ‘विभागले आफ्नो आवश्यकता हेरेर छपाइको प्रक्रिया अपनाउनेछ र त्यो प्रक्रियाको टेण्डरमा नेपाली कम्पनीलाई पनि सहभागी गराउने नगराउने निर्णय गर्छ।’

यो प्राविधिक विषय पनि भएकाेले नेपाली कम्पनीको अवस्था पनि हेर्नु पर्ने उनकाे भनाई छ।

त्यस्तै विभागका महानिर्देशक विष्णु प्रसाद नेपाल भने छपाईको प्रक्रिया सुरु गर्ने निर्णय भइ नसकेकाे बताए। निर्णय भएपछि नै कसलाई टेण्डर भर्न दिने वा नदिने भन्ने अन्तिम छलफल गर्ने उनले जानकारी दिए। अहिले नै नेपाली कम्पनीलाई सहभागी गराइन्छ वा विदेशी कम्पनीलाई मात्रै सहभागी गराइन्छ भन्न नसकिने उनले बताए।

अन्तशुल्क स्टिकर सुरक्षाका दृष्टिकाेणले समेत संवेदनशील बिषय भएकाले यो भन्दा पहिले विदेशमा छपाउँदै आएको आन्तरिक राजश्व विभागले जनाएको छ।

नेपालले आफै सुरक्षण मुद्रण संचालन गर्ने प्रक्रिया पनि अपनाएको छ। सो प्रक्रिया अपनाए पछि सरकारले नै छपाई गर्ने छ। तर त्यसको लागि आवश्यक मेसिनरी समेत खरिद नभएकोले छपाई गर्न कम्तिमा २ वर्ष लाग्ने छ। सरकारले २२ अर्ब रूपैयाँ लगानीमा सुरक्षण मुद्रण स्थापना गर्न लागेको छ।

नेपालको राजश्वमा अन्तशुल्कको महत्वपूर्ण योगदान रहँदै आएको छ। वार्षिक करिब ६५ अर्ब रूपैयाँ राजस्व मदिराबाट प्राप्त गर्ने भएकाले सुरक्षित स्टिकरलाई ध्यान दिनु पर्ने विभागले जनाएकाे छ। बजारमा अभाव हुन थालिसकेको महसुस गरे पनि सुरक्षाको दृष्टिकोणले अलमल भैरहेको विभागको भनाई छ।

विभागका अनुसार विदेशमा छपाई भएको स्टिकर समेत गुणस्तरहिन देखिएकाे थियो। यो भन्दा अघि छपाई भएकोहरुमा भारतमा छापिएका स्टिकर सबैभन्दा कमजोर देखिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अख्तियारमा परेको उजुरी अनुसार अन्तशुल्क स्टिकर छपाइमा स्वदेशी उद्योगलाई सहभागी गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो। आयोगले गत कात्तिक १५ मा स्टिकर छपाइका लागि स्वदेशी उद्योगलाई टेन्डर प्रक्रिया सहज पार्न निर्देशन दिएको थियो।

प्रकाशित २३ पुस २०७५, सोमबार | 2019-01-07 19:38:37
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...