नेपाल भ्रमण वर्षः २० लाख पर्यटक ल्याउन १० हजारलाई तालिम

नेपाल भ्रमण वर्ष २०२० र पर्यटन क्षेत्रलाई व्यवसायिक बनाउने उद्देश्य अनुरुप चालु आर्थिक वर्षमा १० हजार नेपालीहरुलाई तालिम दिइने भएको छ।

चालु आर्थिक वर्षमा १० हजारलाई व्यावसायिक तालिम प्रदान गर्ने लक्ष्य लिएको सरकारले तीन हजार भन्दा बढीलाई भने तालिम दिइसकेको छ।

लामो समयसम्म पर्यटकबाट कसरी फाइदा लिने, उद्यमी कसरी बन्ने, नेपालको प्रचार कसरी गर्ने, उत्पादनमा नयाँपन कसरी ल्याउने भन्ने विषयमा तालिम प्रदान गर्ने गरिनेछ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार गुणस्तरीय पर्यटक भित्र्याउन तालिमले सहयोग गर्ने उद्धेश्य अनुसार तालिम प्रदान गर्न लागिएको हो।

व्यावसायिक तालिम प्राप्त गरेपछि नेपाल भ्रमण वर्ष २०२० पर्यटनले खर्च गर्ने रकम र बसाइं अवधि बढ्ने अपेक्षा मन्त्रालयले लिएको छ।

सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक, प्रति पर्यटक ६५ डलर खर्च र बसाई अवधि १४ दिन पु¥याउने योजना बनाएको छ।

प्रकाशित 2019-01-05 14:10:05