६ खर्ब ७ अर्ब व्यापार घाटा, निर्यात १२ प्रतिशतले वृद्धि

यी हुन नेपालबाट निर्यात हुने १० प्रमुख उत्पादन



अर्थ मन्त्रालय
अर्थ मन्त्रालय
प्रविन कोइराला

नेपालको व्यपार घाटा चालू आर्थिक वर्षको मंसिरसम्ममा ६ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ। नेपालले ६ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा निर्यात जम्मा ३७ अर्ब ५० करोड रुपैयाँ बराबर मात्रै गर्न सकेको छ।

चालू आर्थिक वर्षको मंसिरसम्मको तथ्याङ्क हेर्दा नेपालको निर्यात सकारात्मक दिशातर्फ उन्मुख भएको देखिएको हो। चालू आवमा नेपालको निर्यात १२ प्रतिशतले वृद्धि भएको छ। साउनदेखि मंसिरसम्म गत वर्ष जम्मा ३३ अर्ब ३८ करोड रुपैयाँ बराबरको नेपाली वस्तु विदेश निर्यात भएको थियो।

गत वर्षको तुलनामा यो वर्ष धागो, कार्पेट, जुस, नेपाली स्टिल तथा फलामका वस्तु विदेश निर्यात दर बढेको पाइएको छ।

यी हुन नेपालबाट निर्यात हुने १० प्रमुख उत्पादन

अहिले नेपालबाट विदेश निर्यात हुने वस्तुमा पहिलो नम्बरमा धागो रहेको छ। नेपालबाट गत आर्थिक वर्षको पहिलो ५ महिनामा ३ अर्ब १८ करोड रुपैयाँ बराबरको धागो निर्यात भएकोमा चालू आवको पहिलो ५ महिनामा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको देखिएको हो। नेपाली धागोको पहिलो गन्तव्य मुलुक टर्की हो, जसले सिंगापुर, भारत, बंगलादेशमा पनि बजार विस्तार गर्दै आएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ।

त्यस्तै उनी कार्पेट नेपालबाट निर्यात हुने वस्तुहरुमा दोस्रो नम्बरमा पर्छ। नेपाली उनी कार्पेट गत आवको पहिलो वर्ष ५ महिनामा २ अर्ब ८५ करोड रुपैयाँको निर्यात रहेको थियो भने चालू आवको ५ महिनामा ३ अर्ब ३० करोड रुपैयाँ बराबरको पुगेको छ। नेपालबाट उनी गलैंचा निर्यात हुने देशमा अमेरिका, बेलायत र जर्मनी मुख्य हुन्।

तेस्रो नम्बरमा नेपालबाट विदेश निर्यात हुने वस्तुमा तयारी पोशाक रहेको छ। नेपालको केही वर्ष अघिसम्म विदेश निर्यात हुने पहिलो वस्तुमा तयारी पोशाक नै थियो। नेपालबाट तयारी पोशाक चालू आवको पहिलो ५ महिनामा अर्थात मंसिर मसान्त सम्ममा ३ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ। गत वर्ष यही अवधीमा यसको निर्यात २ अर्ब ६५ करोड रुपैयाँ बराबरको थियो। तयारी पोशाकको निर्यात विशेषगरी अमेरिकामा हुँदै आएको छ।

नेपालबाट निर्यात हुने चौथो वस्तु फलाम तथा स्टिल हो। यसको निर्यात विशेष गरि भारत नै हो। फलाम तथा स्टिलको निर्यात ५ महिना अवधीमा ३ अर्ब रुपैयाँ बराबरको रहेको छ। गत वर्ष यहि अवधीमा यसको निर्यात २ अर्ब १७ करोड रुपैयाँ बराबरको थियो।

पाँचौं वस्तुमा चिया विदेश निर्यात हुने गरेको तथ्याङ्कले देखाएको छ। चिया नेपालबाट ५ महिना अवधीमा १ अर्ब ९३ करोड रुपैयाँ बराबरको निर्यात भएको देखिएको छ। नेपाली चियाको गन्तव्य यूरोपेली देशमा पनि रहँदै आएको छ।

त्यस्तै छैटौं नम्बरमा नेपालबाट निर्यात हुने वस्तुमा जुस रहेको देखिएको छ। नेपाली फलफुलबाट उत्पादित हुने जुसको निर्यात भारतमा उच्च देखिएको छ। साउनदेखि मंसिरसम्मा नै १ अर्ब ८६ करोड रुपैयाँ बराबरको जुस निर्यात नेपालले गरिसकको छ। यो तथ्याङ्क गत वर्ष यहि अवधीमा १ अर्ब ७८ करोड रुपैयाँको थियो।

नेपालमा उत्पादन हुने कपडाको निर्यात पनि उच्च रहेको छ। यसले कुल निर्यातको सातौं नम्बर हासिल गरेको छ। तयारी पोशाक र कपडा फरक फरक हो। ५ महिना अवधीमा कपडा १ अर्ब ३३ करोड रुपैयाँ बराबरको निर्यात भैसकको छ। यसको निर्यात विशेष गरि भारत, बंगलादेशमा हुन्छ भने युरोप अमेरिकामा पनि नेपाली कपडा पुग्ने गरेको छ।

नेपालबाट निर्यात हुने प्रमुख १० वस्तुमा अलैंचीको प्रभाव पनि राम्रो रहेको छ। नेपाली निर्यातजन्य वस्तुमा आठौं नम्बरमा देखिएको अलैंचीको निर्यात ५ महिना अवधीमा १ अर्ब २३ करोड रुपैयाँ बराबरको देखिएको छ। चलैंचीको निर्यात भारत र अमेरिकामा देखिएको छ।

त्यस्तै पस्मिना नेपालको निर्यात हुने वस्तुमा नवौं नम्बरमा देखिएको छ। नेपालबाट साउनदेखि मंसिरसम्ममा १ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात भैसकको छ।

नेपाली पस्मिनाको निर्यात यूरोप र अमेरिकामा हुँदै आएको छ। दशौं नम्बरमा नेपालको जुट तथा त्यसबाट निर्मित वस्तुको निर्यात देखिएको छ। साउनदेखि मंसिर मसान्तसम्ममा यसको निर्यात १ अर्ब ६ करोड रुपैयाँ बराबरको देखिएको छ। यसको निर्यात भारतमा हुँदै आएको छ।

गत आर्थिक वर्ष अवधीमा नेपालको कुल वस्तु निर्यात ८१ अर्ब ३२ करोड रुपैयाँ बराबरको भएको थियो।

नेपालबाट वस्तु निर्यात हुने पहिलो देश भने भारत हो। ५ महिना अवधीमा भारततर्फ नै २१ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। दोस्रो देश अमेरिका रहेको छ, जहाँ ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको हो। तेस्रो नम्बरमा जर्मनी रहेको छ। जर्मनीमा नेपाालले ५ महिना अवधीमा १ अर्ब ४७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरिसकको छ। चौथो नम्बरमा बेलायत नेपालको वस्तु निर्यात हुने देशमा पर्छ। बेलायतमा नेपालले ५ महिना अवधीमा १ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरिसकको छ।

पाँचौ नम्बरमा टर्की रहेको छ। नेपालबाट एक मात्रै वस्तु टर्कीमा निर्यात हुँदै आएको छ। नेपालमा उत्पादित हुँदै आएको धागो टर्कीमा निर्यात हुन्छ। टर्कीमा चालू आवको पहिलो ५ महिनामा १ अर्ब २६ करोड रुपैयाँ बराबरको धागो निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कले देखाएको हो।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले उपभोग दर वृद्धि उच्च रहेकाले आयात र निर्यातको वृद्धिदर समान नदेखिएको बताए। उनी भन्छन्, ‘नेपालमा आयात पनि अत्याधिक वृद्धि भएको छ, वस्तुको उत्पादन वृद्धिदर राम्रो देखिन्छ। तर आयात र निर्यातको वृद्धिदर समान नदेखिनुमा चाहिँ नेपालमा उपभोग दर पनि हाल उच्च वृद्धिको क्रममा रहनु हो।’

प्रकाशित १९ पुस २०७५, बिहिबार | 2019-01-03 18:01:05
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1

दीपक भट्टबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...