भुटानको कुटनीतिक सफलताः भारतले बढायो विद्युत् मूल्य



भुटानका प्रधानमन्त्री डा.लोटे छिरिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
भुटानका प्रधानमन्त्री डा.लोटे छिरिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

विजुली वार्गेनिङः भारतले प्रतियुनिट २ रुपैयाँ ५५ पैसा तिर्दै आफ्नो विजुलीको भाउ ४ रुपैयाँ ५० पैसा पुर्याउन भुटानले माग गर्यो। भारत ३ रुपैयाँ ५० पैसा प्रतियुनिट तिर्न तयार भयो तर भुटानले मानेन्। भारत ३ रुपैयाँ ८० पैसामा उक्लियो। भुटानले फेरि ४ रुपैयाँ २८ पैसामा अडान लियो। र, अन्ततः ४ रुपैयाँ १२ पैसामा सहमती जुट्यो।

भारतले भुटानको नयाँ जलविद्युत् आयोजनाको बिजुली प्रतियुनिट ४ रुपैयाँ १२ पैसा भारतीय रुपैयाँमा खरिद गर्ने भएको छ।

भुटानी प्रधानमन्त्री डा.लोटे छिरिङको भारत भ्रमणका अवसरमा शनिबार बिजुली खरिदको यो नयाँ दर तय भएको हो।

हाल भारतले भुटानमा उत्पादित बिजुली प्रतियुनिट २ रुपैयाँ ५५ पैसामा खरिद गर्दै आएको छ।

दुवै देशबीच लामो समयदेखि विद्युत्को नयाँ मूल्य तय गर्न मोलमालाइ भएको थियो। भारतले शुरुमा ३ रुपैयाँ ५० पैसा प्रतियुनिट प्रस्ताव गरेको थियो। तर भुटानले कम मूल्यमा विद्युत् बिक्री गर्न नसक्ने अडान लियो। त्यसपछि भारत ३ रुपैयाँ ८० पैसामा उक्लिएको थियो। सुरुमा ४ रुपैयाँ ५० पैसा मागिरहेको भुटान ४ रुपैयाँ २८ पैसामा झरेको थियो। कर्मचारी तहमा हुने संयन्त्रका बैठकहरुमा सहमति जुट्न नसकेपछि बिजुली खरिद दरको यो समस्या राजनीतिक तहबाट समाधान गरिएको हो।

भारतीय अनलाइन द वायरकाअनुसार भुटानी प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री सुषमा स्वराज र प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेपछि मात्रै विद्युत् मूल्य टुंगो लागेको हो।

‘विदेशमन्त्री र प्रधानमन्त्रीसँगका भएको बैठकपछि बिजुली खरिद वार्तामा सहमति भएको हो,’ भुटानी विदेशमन्त्री टेण्डी दोर्जीले भनेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुटनी समकक्षीसँगको वार्तापछि मूल्य सहमति भएको संयुक्त पत्रकार सम्मेलनमा बताएका थिए। कति मूल्य हो उनले खुलाएका थिएनन्। दुई देशबीच भएको सहमतिअनुसार भुटानी बिजुलीको मूल्य प्रत्येक पाँच वर्षमा १० प्रतिशतले बढ्नेछ।

नयाँ मूल्यमा ७ सय २० मेगावाटको माङ्देछु जलविद्युत परियोजनाको बिजुली अर्को महिनादेखि भारत जानेछ। यो योजना भारतको ३० प्रतिशत अनुदान र ७० प्रतिशत ऋणमा निर्माण सम्पन्न भएको भएको हो। परियोजनाको ऋण भुक्तानीको समय बढाउन पनि भारत सहमत भएको छ। यो सहमतिपछि भुटानीका नयाँ जलविद्युत् परियोजनाबाट उत्पादित बिजुलीले भारतमा राम्रो भाउ पाउनेछन्।

१ हजार २ मेगावाटको पुनात्सुङच १ र २ जलविद्युत परियोजना सन् २०२२ सम्म निर्माण सम्पन्न हुँदैछन्। निर्धारित समयभन्दा ५ वर्ष ढिलो गरी ती आयोजना निर्माण पूरा हुन लागेका हुन्। निर्माण समय लम्बिँदा परियोजनाको लागत तीन गुणा बढेको छ। निर्माण सम्झौता हुँदा ३५ अर्ब लागत अनुमान गरिएको पुनात्सुङच १ र २ को लागत अहिले १ खर्ब बढी पुगेको छ।

हाल भारतले सबैभन्दा बढी ३ सय ३६ मेगावाटको चुखा जलविद्युत आयोजितको बिजुली प्रतियुनिट २ रुपैयाँ ५५ पैसामा खरिद गर्दै आएको छ। यो रकम धेरै पटक वृद्धि गरेपछि पुगेको हो। भारतबाट निर्देशित हुँदै आएको भुटानसँग दिल्लीले सस्तोमा बिजुली किन्ने गरेको आरोप लाग्दै आएको छ। विद्युत् विकासका लागि लिएको ऋणकै कारण भुटान भारतको ऋण चंगुलमा पर्दै गएको छ।

भुटानको आन्तरिक राजनीतिमा पनि भारतीय ऋणको विषय उठ्दै आएको छ। कुल ग्राहस्र्थ उत्पादन योगदान दिए पनि रोजगारी सिर्जना गर्न जलविद्युत् परियोजनाको भूमिका नरहेको भन्दै आलोचना हुने गरेको छ। तीन महिनाअघि भएको चुनावबाट सत्तामा पुगेको प्रधानमन्त्री लोटेले चुनावमा भारतसँग वार्ता गरी बिजुलीको नयाँ मूल्य तोक्ने वाचा गरेका थिए।

भुटानसँग सम्बन्धित थप सामग्री

१. भारतको ऋण चंगुलबाट निस्केला भुटान?

२. भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

३. भुटानको संसदमा १४ नेपाली भाषी उम्मेदवार

४. भुटानमा पाँच वर्ष सरकार चलाएको छिरिङ तोग्बेको पार्टी पराजित

५. दोक्लाम विवादपछि पहिलो पटक चिनियाँ मन्त्री थिम्पुमा

प्रकाशित १६ पुस २०७५, सोमबार | 2018-12-31 18:12:24
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...