सीजीको अर्को फड्को, सन् २०१९ भित्रै मोबाइल सेवा


Kshamadevi Group


उद्याेगपति विनाेद चाैधरी
उद्याेगपति विनाेद चाैधरी

देशका एक मात्र फाेर्ब्स सूचीकृत डलर अर्बपति विनोद चौधरी नयाँ व्यवसायमा प्रवेश गर्दैछन्।

३४ वर्षअघि वाइवाइ चाउचाउबाट उदाएको उनको व्यवसायिक यात्रा होटल, शिक्षा, बैंकिङ, इलेक्ट्रोनिक, खाद्यन्न, रियलस्टेट, सिमेन्ट, बायाेटेक, उर्जा, फिन्को हुँदै अब टेलिकम्युनिकेसन तर्फ लागेको छ।

सर्वोच्च अदालतले सीजी कम्युनिकेसन प्रालिलाई आवश्यक फ्रिक्वेन्सी प्राप्त गर्नबाट बञ्चित नगर्नु नगराउनु भन्दै पुस १० गते अन्तरिम आदेश दिएसँगै चौधरी समूहको कम्पनीले फोरजी प्रविधिमा आधारित मोबाइल सेवा प्रदान तयारी सुरु गरेको हो।

टेलिकम्युनिकेसन सेवा सञ्चालनका लागि मापदण्ड पूरा गर्न नसकेको भन्दै यसअघि सीजी कम्युनिकेसनलाई दूरसञ्चार प्राधिकरणले अनुमति दिन अस्वीकार गर्दै आएको थियो। बिहीबार सर्वोच्च अदालतले त्यो बन्देज फुकुवा गर्दिएको छ।

वि.स २०६९ जेठ १ गते सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै आधारभूत टेलिफोन सेवा सञ्चालनको अवधारणा ल्याएको थियो। त्यही वर्ष सीजीले आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा आवेदन दिएको थियो। मापदण्ड पूरा नगरेको भन्दै प्राधिकरणले उसको आवेदनमा सुनुवाइ गरेको थिएन।

न्यायाधीश दीपकराज जोशीको एकल इजालसको आदेशले सीजीको मापदण्ड बन्देज फुकुवा भएको हो। यो सँगै सीजी चौथो जेनेरेशनको मोबाइल प्रविधिसहित नेपाली उपभोक्तासम्म आउने तयारीमा लागेको छ।

सीजीको मोवाइल सेवा अन्तर्गत रहेर ग्राहकले सस्तो र गुणस्तरीय भोइस प्याक र डाटा प्राप्त गर्न सक्ने चौधरी समूहका प्रवक्ता मधुसूधन पौडेल बताउँछन्।

‘सीजीले फोरजी प्रविधिको मोबाइल सेवा प्रदान गर्नेछ। भ्वाइस क्वालिटी एचडी स्तरको र उच्च गतिको डाटा न्यूनतम मूल्यमा उपलब्ध गराउने छौं,’ प्रवक्ता पौडेलले नेपालखबरसँग भने, ‘मोवाइल सेवामा प्रतिस्पर्धी रुपमा अगाडि आउन सीजीले बिल्कुलै नयाँ प्रविधिलाई अवलम्बन गर्नेछ।’ 

सिजी ब्रान्डको माेबाइल सेट

सिजी ब्रान्डको माेबाइल सेट

सन् २०१९ भित्रै मोबाइल सेवा सञ्चालन ल्याउने उद्देश्य साथ सीजीले प्रविधिक संरचनागत सामग्री आपूर्तिकर्ताको छनोट गर्ने काम अघि बढाएको छ। पौडेलका अनुसार गुणस्तरीय सेवा सञ्चालनका लागि रणनीतिक साझेदारी छनौट गर्ने काम भइसकेको छ। उनीहरुले अब छिटै सामान आपूर्ति दिनेछन्।

सीजीले सुरुदेखि नै उपभोक्ताको सेवा चुस्ततालाई प्राथमिकतामा राख्ने प्रवक्ता पौडेलको भनाइ छ। ‘हामी संरचना बनाउँदै ग्राहक सम्झेर बनाउनेछौं। त्यसका लागि डाटा सेन्टर तथा आवश्यक उपकरण भित्र्याउनका लागि सम्झौता प्रक्रिया अघि बढाएका छौं।’

आधारभूत टेलिफोन सेवा सञ्चालन अन्तर्गत रहेर सीजीले मोबाइल, ल्याण्डलाइन लगायतका सेवा प्रदान गर्न सक्ने नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल बताउँछन्। हाल नेपालमा मोवाइल सेवा प्रदायकहरूमा नेपाल टेलिकम, एनसेल, स्मार्ट टेल, युनाटेड टेलिकम मुख्य छन्। सीजीले यी कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल टेलिकम जिएएसएम मोबाइलमा काठमाडौं, पोखरासहितका सहरमा फोजी प्रविधिमा गइसकेको छ। मलेसियाको एक्जेटिया समूहको लगानी रहेको एनसेलले मोबाइल, ब्रडबेन्ड इन्टरनेट र टेलिफोनी सेवा सञ्चालन गर्दै आएको छ। जिएसएम माेबाइल प्रविधिमा नेपाल टेलिकम र एनसेल मुख्य प्रतिस्पर्धी हुन्।

२०६० सालमा अमेरिकी लगानीको एसटिएम सञ्चार प्रालि अस्तित्वमा आएको थियो। पिसीओ सेवा सञ्चालन गर्ने सो कम्पनीले पूर्वाञ्चल क्षेत्रका ३४ जिल्लामा सेवा प्रदान गर्न ग्रामीण दूरसञ्चारका लागि भिस्याट सञ्चालनको अनुमति लिएको थियो। २०६९ सालमै सीजीले यो कम्पनीले खरिद गरेर सेवा सञ्चालन गर्दै आएको छ।

सीजीले यस अघिदेखि नै आफ्नो ब्रान्डमा माेबाइल सेट उत्पादन गर्दै आएको छ।

प्रकाशित १४ पुस २०७५, शनिबार | 2018-12-29 14:18:15
Max TV
Max TV
Vianet

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।