एयर एशियाको लहरो तान्दा भेटियो ‘रेकन्सिलिएशन’ लापरवाही




त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल
त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल

मंसिरको अन्त्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीमार्फत एउटा सूचना फैलियो।

उनको सूचनाको सार थियोः एयर एशियाले बुझाएका दश थान चेक विमानस्थलबाटै गायब भए, हामी अनुसन्धान गर्दैछौं।

क्षत्रीले यो सूचना त्यतिबेला बाहिर ल्याए जतिबेला उनले सुन तस्करसँग साँठगाँठ गरी बद्नियतपूर्ण तरिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सटर भाडा लगाउन खोजेको विषय उठिरहेको थियो।

नेपालखबरलाई प्राप्त कागजातअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको आर्थिक कारोबार गोलमाल भएको विषयमा नागरिक उड्डयन प्राधिकरण नेतृत्व पहिलैदेखि जानकार छ। जानकार हुँदाहुँदै उसले पाँच वर्षसम्म विमानस्थलको कमाई गोलमालकै स्थितिमा राखेको देखिएको छ।

आर्थिक कारोबारमा समस्या रहेको विषय विमानस्थलका तत्कालीन महाप्रबन्धक देवानन्द उपाध्यायले औपचारिक रुपमै पत्रचार गरी २०७३ चैतमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई जानकारी गराएका थिए। बैंक खाता धेरै हुँदा राजस्व बापत उठेको रकम सम्हाल्न गाह्रो भएको उनको गुनासो थियो।

राजस्व आम्दानी तर्फको एडिएफ, नन एडिएफ, धरौटी बापतको नेपाली रुपैयाँ तथा अमेरिकी डलरको छुट्टा छुट्टै बैंक खाता हुँदा समस्या भएको भन्दै उनले समाधानका लागि ‘बैंक रेकन्सिलिएशन’ गर्न प्राधिकरण केन्द्रीय कार्यालय समक्ष लिखित अनुरोध गरेका थिए।

‘आर्थिक वर्ष २०६८/६९ देखि परामर्सदाताको लागि बजेट विनियोजन नहुँदा बैंक रेकन्सिलिएशन हुन सकेको छैन,’ नेपालखबरसँग सुरक्षित पत्राचारमा भनिएको छ, ‘आर्थिक प्रशासनको कार्य प्रभावकारी बनाउन बैंक रेकन्सिलिएशन गर्न १० लाख रुपैयाँ बजेट व्यवस्थापन गरिदिन अनुरोध गरिन्छ।’

मासिक करोडौं कमाइ गर्ने विमानस्थलको रकम गोलमाल हुने खतरा थाहा पाए पनि त्यतिबेला प्राधिकरणले तत्काल १० लाख रुपैयाँ विनियोजन नगरी समस्या उस्तै छोडिदिएको कागजातले पुष्टि गर्छन्। उपाध्यायको पत्र त्यतिबेला प्राधिकरण पुगेको थियो जतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बैंक रेकन्सिलिएशन नगरेको चार वर्ष भइसकेको थियो।

‘विमानस्थल आम्दानीको हिसाबकिताब चार वर्षसम्म किन बैंक रेकन्सिलिएशन गरिएन त्यो सबैभन्दा रहस्मय छ’, प्राधिकरण स्रोतले नेपालखबरसँग भन्यो, ‘विमानस्थल आम्दानीको हिसाबकिताब गुमहराहमा राख्नुमा आर्थिक अनियमितताको उद्देश्य देखिन्छ।’

प्राधिकरणको आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४/७५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाफा ५ अर्ब ८१ करोड रुपैयाँ भएको देखिन्छ। यो रकम विमानस्थलको खर्च कटाएर बाँकी रहेको हो। अघिल्लो वर्ष २०७३/७४ मा विमानस्थलले कूल ६ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको थियो।

महालेखा परीक्षकको प्रतिवेदन २०७३/७४ का अनुसार प्राधिकरणले आर्थिक वर्ष २०७२/७३ मा २ अर्ब ६० करोड रकम विभिन्न नियकायबाट असुल गर्नु पर्नेमा सो रकम पूर्ण रुपमा असुल नगरेको औंल्याएको थियो। महालेखाले कुन कम्पनीले कति रकम प्राधिकरणलाई बुझाउनु पर्ने हो, त्यसको यकिन गरी रकम असुल गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो। यो कारोबार प्राधिकरण केन्द्रीय कार्यालयको नभइ उ मताहतका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहितका कार्यालयहरुको हो। महालेखाले त्यसैलाइ बेरूजुको रूपमा औंल्याएको हो।

पछिल्लो समय ठूलो बक्यौता रहेको एयर एशियाको विवाद उत्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बैंक रेकन्सिलिएशन गरेको छ। पाँच वर्षदेखि जरूरी महसुस गरिए पनि एयर एशियाका कारण त्यो सम्भव भएको देखिएको छ। त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलका बैंक रेकन्सिलिएशनपछि एयर एशियाले दिएका १० वटा चेक विमानस्थलबाट हराएको विषय थाहा भएको हो।

नियमित बैंक रेकन्सिलिएशन गरेको दाबी
कागजातहरुले पाँच वर्षसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हिसाब किताब गोलमाल रहेको देखिए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम प्रत्येक वर्ष बैंक रेकन्सिलिएशन भइरहेको दाबी गर्छन्।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बैंक रेकन्सिलिएसन हरेक वर्ष हुनु पर्ने हो। त्यो भइरहेकै छ।’ उनले नेपालखबरसँग भने, ‘वायुसेवा कम्पनीहरुको बक्यौताको सन्दर्भमा समस्या छ तर बक्यौता र बैंक रेकन्सिलिएशन फरक विषय हो।’

विमानस्थलमा सेवा लिए बापत एयर एसियासहित २८ कम्पनीले बक्यौता बुझाउन बाँकी छ। वायुसेवा कम्पनीको बक्यौता रकम मध्ये सबैभन्दा धेरै नेपाल एयरलाइन्सले बुझाउन बाँकी छ। विमानस्थल आर्थिक विभागले आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्मको हिसाब देखाउँदै नेपाल एयरलाइन्सले २९ करोड ४३ लाख रुपैयाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउनु पर्ने देखाएको थियो।

यसैगरी एयर एशिया १४ करोड १३ लाख, हिमालय एयरलाइन्स ५ करोड १६ लाख, एयर इन्डिया ४ करोड ८७ लाख, मलेसियन एयरलाइन्स ३ करोड ८१ लाख, चाइना इस्टन एयरलाइन्स ३ करोड ११ लाख, सिचुवान एयरलाइन्स १ करोड ८७ लाख तिर्न बाँकी थियो। विमानस्थलको तथ्याङ्कअनुसार असारसम्म २८ कम्पनीले ६८ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी देखिएको थियो।

वायुसेवा कम्पनी, सरकारी कार्यालय, फार्म लगायतले विमानस्थललाई तिर्नु पर्ने रकम एकमुस्टमा १ अर्ब भन्दा बढी छ।

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलसम्बन्धी थप सामग्री:

१. बक्याैता नतिराइ एयर एशिया भगाउने को हो?

२. सुन तस्करलाई सटर सुम्पन क्षेत्रीद्वारा प्राधिकरण नियमको ठाडो उल्लंघन

३. विमानस्थलका सटर सुन तस्करलाई दिनखोज्ने क्षेत्रीमाथि छानबिन गर्न मन्त्रीको निर्देशन

४. यी राजकुमार क्षेत्री, जो विमानस्थलका सटर सुन तस्करलाई भाडामा दिन चाहन्थे

प्रकाशित १२ पुस २०७५, बिहिबार | 2018-12-27 16:09:00
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?