मंसिरसम्ममा १ खर्ब १३ अर्ब राजस्व संकलन, २ हजार ९ सय ५६ करदाता कारवाहीमा



आन्तरिक राजस्व विभाग
आन्तरिक राजस्व विभाग

आन्तरिक राजश्व विभागले चालू आर्थिक वर्ष (आव)मा लक्ष्य अनुसारकै राजश्व संकलन गरेको छ।

चालू आवको मंसिरसम्ममा १ खर्ब १२ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष लिएकोमा १ खर्ब ५ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ संकलन गरेको हो।

लक्ष्यको ९३ दशमलव ५२ प्रतिशत राजशव संकलन भएको छ। गत वर्षको यही अवधिको तुलनामा २७ प्रतिशतले राजश्व वृद्धि भएको विभागले जनाएको छ। चालू आवको औषध वृद्धिदर भने २४ प्रतिशत रहेको छ। विभागका अनुसार चालू आवमा बजार अनुगमन प्रभावकारी भइरहेको तथा वस्तुको उपभोगको दर समेत बढेकोले राजश्व गत वर्षभन्दा वृद्धि भएको विभागका निर्देशक यज्ञ ढुंगेल बताउँछन्।

'चालू आवको बजार अनुगमनबाट मात्रै २ करोड १२ लाख रुपैयाँ राजश्व बढी संकलन भएको छ', उनले भने। चालू आवको अनुगमन भदौ १० गतेदेखि सुरु भएको थियो।

उक्त समयदेखि हप्ताको तीन दिन बजार अनुगमन विभागले गर्दै आएको छ। चालू आवको ५ महिनामा विभागले २ हजार ९ सय ५६ करदाता कानुनी कारवाहीमा परेका छन्। नियम छलेको भन्दै अनुगमनकै समयमा उक्त करदाताहरुलाई कारवाही गर्दा ६५ लाख २९ हजार रुपैंया उठेको थियो।

पछि लुज विल प्रयोग गरेको र विना दर्ता देखिँदा १६ करदाताबाट ४१ लाख १९ हजार संकलन भएको थियो। त्यस्तै कारोवार हेरेर कर निर्धारण गर्दा अनुगमन भएका २ हजार ९ सय ५६ करदाताबाट १ करोड ६ लाख ४८ हजार रुपैयाँ संकलन भएको हो।

मंसिर एक महिनामा मात्रै ८ सय ६९ वटा करदाताहरुको फाइल विभागले हेरेको छ। जसमध्ये ५२ वटा करदाताले विलविजक जारी नगरेको खाता निरिक्षण गर्न नदिएको, खरिद बिक्री खाता अद्यावधिक नगरेको तथा आयकर ऐन नियमको पालना नगरेको कारण कानुनी कारवाही गरेको छ, उक्त कानुनी कारवाही बाट १२ लाख ७५ हजार रुपैंया उठेको छ।

साे मध्ये १० वटाको लुज विल नियन्त्रणमा लिई विभागले अनुन्धान थालेको छ। ४२ वटालाई भने मूल्य अभिवृद्धि कर दर्ताको लागि पत्र समेत जारी गरेको छ। आन्तरिक राजश्व विभागले पौष महिना आयकर किस्ताको कर दाखिला गर्न महिना भएकोले लक्ष्य अनुसारको नै राजशव संकलन हुने दावी गरेको छ।

पाँच महिनामा आन्तरिक र बाहिरि राजश्व अर्थात कुल राजश्व भने ३ खर्ब रुपैंया संकलन भएको छ। चालू वर्षको अन्त्य सम्ममा सरकारले ९ खर्ब राजशव संकलन गर्ने लक्ष लिएको छ। कुल राजशवको ३७ प्रतिशत पाँच महिना मै संकलन भैसकको छ।

प्रकाशित ६ पुस २०७५, शुक्रबार | 2018-12-21 18:53:08
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...