विदेशी लगानी सहज बनाउन उद्योग-वाणिज्य महासंघका ५ सुझाव




भवानी राणा
भवानी राणा

अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरेर विदेशी लगानी भित्र्याउन चाहिरहेको नेपाल सरकारसँग उद्योगी–व्यवसायीको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघले सकरात्मक ऐन–कानुनको माग गरेको छ।

सरकारले तयार गरेको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी संशोधन र एकिकरण गर्न बनेको विधेयक’ का ५ वटा दफा परिवर्तन गर्नु पर्ने माग महासंघले गरेको हो।

उपयुक्त कानुन बनेको खण्डमा मात्रै नेपालमा लगानीको प्रतिबद्धता हुने र लगानी नेपाल आउने महासंघले जनाएको छ।

विधेयकमा रहेका ५ दफा हेरफेर गर्नुपर्ने बताउँदै महासंघले सरकारलाई बुझाएको पत्रमा ती बुँदाहरु पनि उल्लेख गरेको छ।

‘परिच्छेद २’ को दफा ७ (३) मा ‘प्रविधि हस्तान्तरण गरी विदेशी लगानी गर्न सक्ने व्यवस्था छ, उक्त उपदफाले सम्झौतामा तोकिएको सीमा भन्दा बढी रोयल्टी रकम फिर्ता लैजाने व्यवस्था गर्न सकिने अवस्था छैन’ भनिएको छ।

रोयल्टीको रकम प्रविधि हस्तान्तरण सम्झौतामा नै तोकिने हुँदा यो व्यवस्था यहाँ गर्न आवशयक नदेखिएको दावी गर्दै महासंघले यो व्यवस्था हटाउन सरकारसँग माग गरेको छ।

‘परिच्छेद २’ को ‘दफा ४’ लाई पनि संशोधन गर्नु पर्ने माग महासंघले गरेको छ। सो दफामा ‘विदेशी लगानीकर्ताहरुले एकल वा संयूक्त रुपमा विदेशी लगानी गर्न सक्नेछन्’ भनिएको छ।

सो विधेयकको अनुसूचीमा स्वदेशी लगानीमा स्थापना भएका उद्योग बाहेकमा विदेशी लगानी एकल वा संयुक्त हुन सक्ने व्यवस्था भैसकेको बताउँदै महासंघले यो दफापनि सच्याउन माग गरेको हो।

‘परिच्छेद ३’ को ‘दफा १४’ मा विदेशी लगानी गर्ने स्वीकृतिको लागि निवेदन दिनु पर्ने’ भनी प्रावधान राखिएपनि त्यसको लागि आर्जित नाफाबाट पुन लगानी गर्ने रकमको न्यूनतम सीमा तोकिए बमोजिम हुने’ बताइएकाले त्यसलाई हटाउनु पर्ने माग महासंघको छ।

यसलाई हटाउनु पर्ने कारणमा महासंघले विदेशी लगानीको उद्योगले चार्जित गरेको नाफा पुन गर्न सीमा तोकिनुको कुनै औचित्य नै नभएको उल्लेख गरिएको छ।

त्यस्तै, ‘दफा २०’ को ‘उपदफा घ’ मा लगानी तथा आर्जित रकम फिर्ता लैजाने व्यवस्थामा विदेशी मुद्राको निक्षेप र सोमा आर्जित ब्याज मात्रै उल्लेख गरिएकोमा महासंघले ऋणमा लगानी बापत प्राप्त ब्याजलाई पनि उल्लेख गरिनु पर्ने माग गरेको छ।

महासंघले भनेको छ, ‘त्यसका कारण विदेशी लगानीलाई आकर्षित गर्न विदेशी ऋण लगानीको ब्याज र सावा बापत प्राप्त हुने रकम फिर्ता लैजान पाउने स्पष्ट व्यवस्था आवस्यक छ।’

‘परिच्छेद ७’ को ‘दफा ४५’ मा उल्लेख गरिएको ‘करार गरी उत्पादन गर्न सकिने व्यवस्था अन्तर्गत सरकारले तयार गरेको मस्यौदामा विदेशी लगानी भएका उद्योगहरुले आवश्यक पर्ने उत्पादनको कुनै भाग अन्य उद्योगसँग करार गरी उत्पादन तथा सहकार्य गर्न सक्ने उल्लेख भएको बताउँदै महासंघले मुख्य उत्पादन भन्दा बाहेक हरेक वस्तु अन्य उद्योगसँग करार गरी उत्पादन गर्न सक्ने बताएको छ।

यसमा स्पष्टता नभएको बताउँदै महासंघले ‘कुनै भाग भनी उल्लेख गर्न नहुने’ माग गरेको छ।

सरकारले आगामी १५-१६ चैतमा लगानी सम्मेलन गर्दैछ। यसअघि २०७३ फागुनमा पनि नेपाल सरकारले लगानी सम्मेलन गरेको थियो। सो सम्मेलनमा १३ अर्ब ५२ करोड अमेरिकी डलर अर्थात् १४ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको प्रतिवद्धता आएको थियो।

तर १० अर्ब ६० करोड रुपैयाँमात्रै लगानी भित्रिएको थियो। त्यसकारण सो सम्मेलनलाई असफलप्रायस मानियो। लगानी सम्मेलनको अघिल्लो वर्षमात्रै ५ अर्ब ६० करोड लगानी आएको थियो। लगानी सम्मेलनले जम्मा ५ अर्बमात्रै विदेशी लगानी बढाएको तथ्याङ्कले देखाउँछ।

आगामी दिनमा भने प्रतिबद्धता अनुसार नै लगानी भित्रिने गरी सरकारले काम गर्नुपर्ने नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालखबरलाई बताइन्। सरकारले लगानी गर्दा प्रतिफलको ज्ञारेन्टी हुने ऐन नियमहरु निर्माण गर्नु पर्ने उनको कथन छ।

‘त्यसका लागि हामीले लिखित सुुझावसहित आग्रह गरेका छौँ र त्यसका अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव पनि सकरात्मक देखिनु भएको छ’ अध्यक्ष राणाले भनिन्, ‘आशा छ, यो वर्षको सम्मेलन सफल हुनेछ र नेपालमा अधिक लगानी भित्रिनेछ।’

प्रकाशित ५ पुस २०७५, बिहिबार | 2018-12-20 19:07:30
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?