विमानस्थल कार्गाे ठेक्का प्रकरण: उच्च पदस्थहरु अदालत अपहेलनामा दोषी ठहर



नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गाैतम र प्रम कार्यालयका सचिव शिशिर ढुंगाना
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गाैतम र प्रम कार्यालयका सचिव शिशिर ढुंगाना

सरकारका उच्च पदस्थ अधिकारीहरुले एउटा ठेक्का मुद्दामा अदालतको अपहेलना गरेकाे ठहर गर्दै उच्च अदालत पाटनले सजायकाे फैसला सुनाएकाे छ।

प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना, पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमसहित ८ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गाेसम्बन्धी ठेक्का मुद्दामा अदालतकाे अपहेलना गरेकाे ठहर गर्दै जनही ३ हजार रुपैयाँ जरिवाना गरेको हो।

अदालत अपहेलना गर्नेमा पूर्व पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेल तथा नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंशाकार पनि छन्। तत्कालीन नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति सदस्यहरु ङिमा नोर्बु लामा (हाल दिवंगत), ईश्वरी पौडेल (पर्यटन व्यवसायी) तथा सुखचन्द्र झा (राष्ट्र बैंक कर्मचारी) अदालत अपहेलनामा दोषी ठहर भएका हुन्। अदालतले दाेषी ठहर गरेकाहरू तत्कालीन प्राधिकरण सञ्चालक समितिमा रहेकाहरू हुन्।

उच्च अदालत पाटनले वि.स २०७५ असोज १० गते दिएको यो आदेशको पूर्ण पाठ यही साता सार्वजनिक भएको हो।

ठेक्काको लफडा के हो?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश लगिने र नेपाल भित्रिने सामान व्यवस्थापनका लागि एयर कार्गोसम्बन्धी ठेक्काका लागि २०७१ अषाढ ३१ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले बोलपत्र आह्वान गरेको थियो। त्यसमा ६ वटा कम्पनीले आवदेन गरेका थिए। ती मध्येबाट सबै मापदण्ड पूरा गर्ने प्राविधिक र आर्थिक मूल्यांकनबाट २ वटा छानिएका थिए। छनौट भएका ती दुई कम्पनीमध्ये सिंगापुरको स्काइलिफ्टले र नेपालको कम्प्लिट कन्ट्रयाक्ट कम्पनीको संयुक्त आवेदन एउटा थियो। दोस्रो एक भारतीय कम्पनीसँगको साझेदारीमा हरितारा इन्टरप्राइजेज छानिएको थियो।

अन्तिम समयमा रहस्यमय चलखेल
सबै प्रावधान पूरा गर्ने र प्राविधिक, आर्थिक मूल्यांकनमा पहिलो नम्बरमा रहेको कम्प्लिट कन्ट्रयाक्टलाई १० वर्षका लागि एयर कार्गोसम्बन्धी ठेक्का ९९ करोड ७१ लाख ६१ हजार ५ सय ५० रकममा दिन प्राधिकरण सहमत भएको थियो। कानुनीसहितका सबै प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा २०७२ असोज २२ गते प्राधिकरणले एक्कासि ठेक्का रद्द गर्दै पुनः बोलपत्र आह्वानको निर्णय गर्याे।

पर्यटन मन्त्रालयका सहसचिव सुरेश अाचार्य र नेवानिका प्रबन्ध निर्देशक सुगतरत्न कंशाकार

पर्यटन मन्त्रालयका सहसचिव सुरेश अाचार्य र नेवानिका प्रबन्ध निर्देशक सुगतरत्न कंशाकार

कम्पिलिट कन्ट्रयाक्टसँग पहिलेकै ठेक्काको बक्यौता रहेको भन्दै प्राधिकरण सञ्चालक समिति बोर्डले सो कम्पनीलाई ठेक्का नदिने निर्णय गर्याे। यही विषयलाई लिएर सो कम्पनीले आफूलाई अन्याय भएको भन्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरायो। अदालती अनुसन्धानमा पहिलाकाे बक्याैता रहेकाे देखिएन। तत्कालीन  पुनरावेदन अदालत पाटनले २०७२ माघ १३ मा कानुन बमोजिम कम्प्लिट कन्ट्रयाक्टलाई कामको जिम्मेवारी दिन आदेश दियो। तर प्राधिकरणले अदालतलको आदेश पालना गरेन।

सो कम्पनी अदालतको आदेश कार्यान्वयन नभएको भन्दै पुनः पाटन उच्च अदालत पुग्यो। २०७३ मंसिर १५ मा उच्च अदालत पाटनले महिनादिन भित्र बोलपत्रसम्बन्धी सम्झौता सम्पन्न गरी अदालतलाई जानकारी गराउन प्रधिकरणलाई आदेश दियो। त्यो आदेशलाई पनि प्राधिकरणले कार्यान्वयन गरेनँ। बरु उच्च अदालतको आदेश चुनौती दिँदै नागरिक उड्डयन प्राधिकरण सर्वोच्च अदालत पुग्यो। सर्वोच्चले २०७४ मंसिर १३ उच्च अदालतकै आदेश सदर हुने फैसला सुनायो।

यही मुद्दामा उच्च अदालत पाटनका न्यायाधीशहरु रमेश पोखरेल र शेखरप्रसाद पौडेलको संयुक्त इजालसले २०७५ असोज १० गते सरकारका तत्कालीन मन्त्री, बरिष्ठ कर्मचारी, पर्यटन व्यवसायीबाट अदालतको अपहेलना भएको ठहर गरेको हो।

अदालत अपहेलनामा दोषी ठहर भएको विषय कर्मचारीको हकमा रेकर्डमा देखिनेछ। त्यसले बढुवा तथा वृत्ति विकासमा असर गर्नेछ। यो बाहेक संयुक्त राष्ट्रसंघ, आइकाओजस्ता अन्तर्राष्ट्रिय संस्था आयोजक रहने कार्यक्रममा अदालत अपहेलना गर्नेको सहभागिता स्वीकार्य हुँदैन।

प्रकाशित ४ पुस २०७५, बुधबार | 2018-12-19 17:13:53
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...