निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको डिपिआर बनाउन ४ कम्पनी इच्छुक


Kshamadevi Group


विमानस्थल सांकेतिक इमेज
विमानस्थल सांकेतिक इमेज

राष्ट्रिय गौरबको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पार्न ४ कम्पनीले आवेदन दिएका छन्।

आवेदन दिएका कम्पनीको नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक र आर्थिक मूल्यांकन गरिरहेको छ।

वि.सं. २०५० को दशकदेखि चर्चामा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको डिपिआर निर्माणका लागि ४ कम्पनीले आवेदन दिएका हुन्। ती मध्ये फ्रान्सको एडिपी इन्जिनेर–मेनहाड (प्रतिनिधि जिइओसीइ कन्ल्टेन्ट प्रालि), दक्षिण कोरियाको यूसिन इन्जिनियरिङ कर्पोरेसन (प्रतिनिधि सिपिजी कन्ल्टेन्ट र बीडीए नेपाल प्रालि) रहेका छन्। यसैगरी भारतको क्रिएटिभ ग्रुप तथा ग्रिमस आर्किटेक्टले पनि निजगढ विमानस्थलको डिपिआर निर्माणमा इच्छा प्रकट गरेको छ। बिल्डिङ डिजाइन अथोरिटी यो कम्पनीको प्रतिनिधि हो। यो बाहेक जर्मनीको डोर्स होल्डिङ्स तथा डोर्स कन्सल्ट इन्डियाले डिपीआर निर्माणका लागि आधिकारिक रुपमा आवेदन गरेका छन्।

चारवटै कम्पनीहरु पूर्वाधार निर्माण डिजाइनका अनुभवी कम्पनीहरु हुन्। भारतको क्रिएटिभ ग्रुप चेन्नाई, गोवा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइनर कम्पनी हो। अरु कम्पनी पनि यो क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका कम्पनीहरु हुन्।

राष्ट्रिय गौरवका आयोजना प्रमुख तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदिप अधिकारी यी चार मध्ये एउटा कम्पनी छानेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको डिपिआर निर्माण कार्य सुरु हुने बताउँछन्।

‘प्राविधिक र आर्थिक मूल्यांकनको काम गरिरहका छौं त्यसको नतिजा आएसँगै कुन कम्पनीलाई डिपिआर निमार्णको जिम्मा दिने तय हुन्छ,’ निर्देशक अधिकारीले भने, ‘सबै काम सकेर सम्झौता हुन एक महिना जति लाग्नसक्छ।’

यो विमानस्थल निमार्णका लागि वि.स २०५२ मा नेपिकोरइर्याड कम्पनीले विभिन्न आठ स्थानमा पूर्व सम्भाव्यता सर्वेक्षण गरेको थियो। त्यसकै आधारमा बारामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न उपयुक्त हुने निष्कर्षमा सरकार पुगेको थियो। सो विमानस्थल निमार्णका लागि आर्थिक वर्ष २०६५/६६ देखि बजेट बिनियोजन हुँदै आएको छ।

वि.सं. २०६६ फागुन २३ गते नेपाल सरकार र कोरियन कम्पनी ल्याण्डमार्कबीच विस्तृत सम्भाव्यता अध्ययन गर्ने सहमति भएको हो। यो कम्पनीले वि.स २०६८ साउन १७ मा ३.५ मिलियन डलर (३५ करोड) खर्चेर विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो।

प्रतिवेदन आधारमा पहिलो चरण अन्तर्गत विमानस्थल २ हजार ५ सय ९३. ९५ हेक्टरमा बन्नेछ। त्यसका लागि साना ठूला गरी ७ लाख ६९ हजार ६ सय ९१ रुख काटिनेछन्। तीमध्ये १ लाख ९४ हजार ४सय ८० ठूला रुख र साना रुख अर्थात झाडीहरु ५ लाख ७५ हजार २ सय ११ काटिनछन्। रुख कटानका लागि वातावरणीय प्रभाव मूल्याङकन (इआईए) मन्त्रिपरिषदबाट पास हुन बाँकी छ। विमानस्थल आयोजना क्षेत्रको इआईए वन तथा वातावरण मन्त्रालयबाट भने २०७५ जेठ ९ मा स्वीकृत भइसकेको छ।

विमानस्थल निर्माण हुने स्थानको १ सय १० बिगाह मध्य ५५ विगाह जमिन अधिग्रहण गरिएको छ। दर्तावाला जग्गा अधिग्रहण गर्ने प्रक्रिया जारी छ भने पुर्जा नभएका १ हजार ४ सय ७९ घरधुरी भएको बस्ती व्यवस्थापन गर्ने काम जारी छ।

विगत २ दशकभन्दा बढी समयदेखि चर्चामा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पहिलो चरणमा ३ हजार ६०० मिटर लम्बाई र ४५ मिटर चौडा धावनमार्ग बन्ने छ। १९ वटा विमान पार्किङ बे र २ कार्गो पार्किङ बे हुनेछन्। विमानस्थलकालागि आवश्यक कन्ट्रोलटावर २ हजार वर्ग मिटरमा निर्माण हुनेछ।

विमानस्थमा ७५ हजार ५ सय वर्ग मिटरको अन्तर्राट्रिय टर्मिनल भवन र आन्तरिक टर्मिनल भवन १५ सय वर्ग मिटरको बन्नेछ। कार्गोका लागि भने ५ हजार वर्ग किलो मिटरको टर्मिनल भवन आवश्यक रहेको प्राधिकरणले जनाएको छ। एयर्पोट रिसोर्स एण्ड फाएरफाइटिङ १५ सय वर्ग मिटरमा बन्ने छ।

याे पनि: निजगढ विमानस्थलः सात वर्षमा बन्ने, ७ लाख ७० हजार रूख काट्न मन्त्रिपरिषद् निर्णयको पर्खाई

            निजगढ विमानस्थलः जग्गा धनी पूर्जा नभएकालाई पनि राहत रकम दिने सहमति


प्रकाशित ४ पुस २०७५, बुधबार | 2018-12-19 11:03:15
Max TV
Max TV
Vianet

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।