रेल चालक र इन्जिनियर उत्पादनमा चीनले सघाउने



चिनिया रेलका चालक: तस्विर साैजन्य: चाइना डेली
चिनिया रेलका चालक: तस्विर साैजन्य: चाइना डेली

नेपाल चीनबीच रेल क्षेत्रको जनशक्ति उत्पादन गर्ने सहमति भएको छ।

गत हप्ता नेपाल भ्रमणमा आएको चिनियाँ रेल्वे प्रशासनको टोलीले नेपाली पक्षसँग यस्तो सहयोगको प्रतिवद्धता जनाएको हो।

गत आइतबार नेपाल भ्रमणमा आएको टोलीले केरुङ–काठमाडौं रेल मार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाललाई हस्तान्तरण गरेको थियो। टोलीले केरुङ–काठमाडौं रेलमार्ग र काठमाडौं–पोखरा रेल मार्गको स्थलगत अध्ययन पनि गरेको थियो। त्यतिबेला नेपालमा अभाव रहेको रेलसम्बन्धी जनशक्ति उत्पादनमा चीनले सहयोग गर्ने सहमति भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

सैद्धान्तिक सहमतिअनुसार चीनले नेपाललाई अवश्यक पर्ने तत्कालीन जनशक्ति उत्पादनका लागि तालिम दिनेछ। सो सम्बन्धी दीर्घकालिन पूर्वाधार संरचना निर्माण गर्न सहयोग गर्नेछ।

मिश्रका अनुसार नेपाललाई आवश्यक ड्राइभरदेखि रेल इन्जिनियर उत्पादनमा चीनले सहयोग प्रतिवद्धता जनाएको छ। अहिले विभागका तीन जना इन्जिनियर रेलसम्बन्धी तालिम लिन चीन गएका छन्। उनीहरुले रेल सञ्चाकालनका लागि आवश्यक पूर्वाधारबारे ज्ञान हालिल गरेर फर्किने अपेक्षा छ। यसअघि चीन सरकारले शिक्षा मन्त्रालयमार्फत रेल्वे इन्जिनियरिङ अध्ययन गर्न ६ नेपाली विद्यार्थीलार्इ छात्रवृत्तिमा चीन लगेको छ।

महानिर्देशक मिश्रकाअनुसार अहिले रेल विभागमा रहेका सबै इन्जिनियरहरु सडक सम्बन्धित हुन्। नेपालसँग रेलसम्बन्धी इन्जिनियर छैनन्। अर्कोतर्फ नेपाल रेल्वेमार्ग विकासमा तीब्र रूपमा लागिरहेको छ। भारतको जयनगर(कुर्ता रेल यसै वर्ष सञ्चालनमा आउँदैछ। सो रेल सञ्चालन गर्न नेपालसँग चालक र इन्जिनियर छैनन्।

'तत्कालका लागि चालकदेखि इन्जिनियरसम्मको तालिम र दीर्घकालका लागि नेपालमै पूर्वाधार संरचना विकास गर्न चीन इच्छुक देखिएको छ', महानिर्देशक मिश्रले नेपालखबसँग भने, 'हामी त्यसको विस्तृत खाका बनाइरहेका छौं।'

गत आइतबार नेपाल आएर बिहिबार चीन फर्किएको टोलीमा राष्ट्रिय रेल वे प्रशासनका उप प्रशासक आन लु सङसहित १५ जना सहभागी थिए। रेल्वे जनशक्तिमा सहयोगको विस्तृत फाइल बोकेर नेपाली टोली ३ महिनाभित्र चीन जानेछ। त्यतिबेला जनशक्ति उत्पादनको क्षेत्रमा विस्तृत सम्झौता हुनेछ।

प्रकाशित २ पुस २०७५, सोमबार | 2018-12-17 13:31:08
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...