नेपालमा मोन्ट्रियल सन्धि लागू, यी हुन् हवाई यात्रुलाई हुने चार फाइदा


Kshamadevi Group


निगमकाे वाइडबडी अन्नपूर्ण विमान
निगमकाे वाइडबडी अन्नपूर्ण विमान

हवाई यात्रुको बीमासम्बन्धी अन्तर्राष्ट्रिय मोन्ट्रियल सन्धि १९९९ नेपालमा शनिवारदेखि कार्यान्वयनमा आउँदैछ।

यो महासन्धि लागू भएसँगै अन्तर्राष्ट्रिय उडान गर्ने नेपालीले बीमा बापत १ लाख १३ हजार १०० स्पेशल ड्रइङ राइट्स (एसडिआर) पाउनेछन्। असिमित अधिकार अन्तर्गत भने यहाँ तोकिए भन्दा धेरै  क्षतिपूर्ति पाउने व्यवस्था छ। यो भनेको करिब १ लाख ६६ हजार ९ सय ७८ डलर हो। एसडिआर अन्तर्राष्ट्रिय मुद्रा कोषले तय गरेको अपरिवर्तनीय विनियमदर हो।

शनिबारदेखि अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुले यो व्यवस्थाअनुसार बीमा दाबी गर्न सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले बताएका छन्।

सन्धि लागू भएसँगै अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स, हिमायल एयरलाइन्स र बुद्ध एयरबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुले दुर्घटना भएको खण्डमा करोडौंसम्म बीमा बापतको रकम पाउनेछन्। महासन्धि अनुमोदन गरेका अन्य मुलुकबाट नेपाल आउने अन्तर्राष्ट्रिय एयरलाइन्सका यात्रुहरुका हकमा पनि सो व्यवस्था लागू हुने संस्कृति पर्यट तथा नागरिक उड्यन सहसचिव सुद्धिसागर लामिछाने बताउँछन्। सन्धि अनुमोदन नगरेका मुलुकबाट उडान गर्ने वायुसेवा कम्पनीका हवाई यात्रुका हकमा यो लागू नहुने उनले बताए।

नेपालले भर्खरै कार्यान्वयनमा ल्याएको यो महासन्धि १३४ देशले यसअघि नै अनुमोदन गरिसकेका छन्। नेपाल १३५ औं हो।

मोन्ट्रियल सन्धि कार्यान्वयन हुँदा हवाई यात्रुलाई हुने फाइदा के के हुन्? 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू बिहीबार माेन्ट्रियल सन्धिबारेकाे छलफलमा

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू बिहीबार माेन्ट्रियल सन्धिबारेकाे छलफलमा

१. दुर्घटना बीमा बापत बढी पैसा
यो सन्धिअनुसार अन्तर्राष्ट्रिय हवाई यात्रु घाइते वा मृत्यु भएमा वायुसेवा कम्पनीले परिवारलाई २ कारोड रुपैयाँको हाराहारीमा बीमा बापतको रकम दिनुपर्ने हुन्छ। यसअघि यो रकम २० हजार अमेरिकी डलर रहेको थियो। त्यो भनेको २० लाख हाराहारी हो।

२. उडान ढिला भए क्षतिपूर्ति
मोन्ट्रियल महासन्धि लागू भएसँगै उडान ढिलाईका कारण यात्रुलाई कुनै क्षति हुन गएमा भएमा यात्रुले क्षतिपूर्ति रकम दाबी गर्न पाउनेछन्। महासन्धिअनुसार उडान ढिलाईका कारण यात्रुलाई कुनै क्षति भए ४ हजार ६ सय ९४ एसडिआर अर्थात् ६ हजार ९ सय ३० अमेरिकी डलर पाउनेछन्। यसअघि यो रकम ४ सय अमेरिकी डलर मात्रै थियो।

३. ब्यागेज बिग्रिए, हराए, ढिला भए क्षतिपूर्ति
अन्तर्राष्ट्रिय गन्तव्यका हवाई यात्रुले ब्यागेज बीमाका लागि महासन्धिले विशेष व्यवस्था गरेको छ। ब्यागेज बिग्रिए, हराए वा यात्रु ओर्लिएको लामो समयसम्म ब्यागेज क्लेमरमा आउन ढिला भए १ हजार १ सय ३१  एसडिआर अर्थात् १ हजार ६ सय ६९ अमेरिकी डलर क्षतिपूर्ति पाइनेछ। यसअघि यस किसिमको अप्ठ्यारोमा ४ सय डलर मात्रै क्षतिपूर्ति पाइने व्यवस्था थियो।

४. कार्गो सामान बिग्रिए, ढिला भए, हराएमा क्षतिपूर्ति
यो महासन्धिअनुसार अन्तर्राष्ट्रिय उडानबाट हुने कार्गोको बीमा रकम बढ्नेछ। कार्गो ढिला भए, हराए, बिग्रिएमा प्रति किलो १९  एसडिआर अर्थात्  २८ डलरदेखि क्षतिपूर्ति बापतको रकम दाबी गर्न पाइनेछ। यसअघि कार्गो बिग्रिए, ढिला भए वा हराएमा २० डलर मात्र क्षतिपूर्ति पाइने व्यवस्था थियो।

कहाँबाट यो रकम दाबी गर्न सकिन्छ?
महासन्धि अनुसार यात्रुले बीमा बापतको रकम उडान सुरु गरेको स्थान, पुगेको गन्तव्य अथवा टिकट खरिद गरेको स्थानबाट दाबी गर्न सक्नेछन्। महासन्धिमा भएको व्यस्थाअनुसार दुर्घटना भएको अवस्थामा वायुसेवा कम्पनी जुन देशको हो त्यहीँबाट यात्रुले बीमा बापतको रकम दाबी पाउनेछन्।

यो महासन्धिलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् १९९९ मा छलफलमा ल्याएको थियो। त्यसको ४ वर्षपछि सन् २००३ नोभेम्बर ४ देखि यो कार्यान्वयनमा आएको हो। विश्व बजारमा मन्ट्रियल महासन्धि लागू भएको १५ वर्षपछि यो नेपालमा कार्यान्वयनमा आएको हो। आइकाओमा १९२ सदस्य राष्ट्र छन्। ती मध्ये नेपालसहित १३५ देश यसको पक्ष राष्ट्र भएका छन्।

अगस्ट २३ मा नेपालको संसदले मोन्ट्रियल महासन्धिलाई अनुमोदन गरेको थियो। त्यसको जानकारी अक्टोबर १६ मा नेपाली प्रतिनिधिले आइकाओलाई गराएका थिए। आइकाओमा जानकारी गराएको ६० दिनपछि अर्थात् शनिबारदेखि यो कार्यान्वयनमा आएको हो।

‘नेपाल सो महासन्धिको सदस्य राष्ट्र नहुँदा नेपाली यात्रु बीमा बापतको ठूलो रकमबाट बञ्चित हुँदै आएका थिए,’ सहसचिव लामिछाने भन्छन्, ‘मोन्ट्रियल कार्यान्वयन गर्नुअघि ज्यान गुमाउने नेपाली यात्रुले २० हजार अमेरिकी डलर रकम प्राप्त गर्ने गरेका थिए। यो सन्धि कार्यान्वयन भएसँगै त्यसमा ठूलो परिवर्तन भएको छ।’

यसअघि नेपालमा वार्सा महासन्धिको सदस्य राष्ट्रको आधारमा यात्रु बीमा तथा क्षतिपूर्ति प्रदान गर्ने व्यवस्था थियो। सन् १९२९ मा जारी भएको सो सन्धिको संशोधित रुप ‘हेग प्रोटोकल’ मा नेपालले सन् १९५५ मा हस्ताक्षर गरेको थियो।

प्रकाशित २८ मंसिर २०७५, शुक्रबार | 2018-12-14 18:59:30
Max TV
Max TV
Vianet

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...