पर्यटक आगमनमा नयाँ कीर्तिमान, सबैभन्दा बढी नोभेमबरमा


Kshamadevi Group


त्रिभुवन अन्तरार्ष्टिय विमानस्थलकाे अागमन कक्ष
त्रिभुवन अन्तरार्ष्टिय विमानस्थलकाे अागमन कक्ष

नेपाल घुम्न आउने पर्यटकको संख्याले नयाँ कीर्तिमान बनाएको छ।

सन् २०१८ को ११ महिनामा १० लाख १ हजार ९ सय ३० विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो अहिलेसम्मकै उच्च संख्या हो।

पर्यटन बोर्डका अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १७.९ प्रतिशत बढी हो। सन् २०१७ को ११ महिनामा ८ लाख ५७ हजार २ सय ५२ पर्यटक नेपाल भित्रिएका थिए।

पर्यटन बोर्डका अनुसार ११ महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट १ लाख ७८ हजार १ सय ३० र चीनबाट १ लाख ३४ हजार ३ सय ६२ भित्रिएका छन्। त्यस्तैगरी अमेरिकाबाट ८२ हजार ८ सय ७०, बेलायतबाट ५७ हजार ५ यस ५५ र जर्मनीबाट ३४ हजार ४ सय ७९ पर्यटक नेपाल आएका हुन्।

याे अवधिमा अघिल्लो वर्ष भारतबाट १ लाख ४४ हजार ३ सय ७९, चीनबाट ९३ हजार ६ सय ५४, अमेरिकाबाट ७३ हजार ६ सय ५०, अमेरिका ५० हजार ६ सय ५२ र जर्मनीबाट २८ हजार ७ सय २ पर्यटक नेपाल भित्रिएका थिए।

कुन महिनामा कति पर्यटक भित्रिए
वर्षको पहिलो महिना जनवरीमा ७३ हजार १ सय ८७, फेब्रोअरीमा बढेर ८९ हजार ५ सय ७ पर्यटक नेपाल आएका हुन्। मार्चमा यो संख्या बढेर १ लाख २४ हजार ६ सय ८७६ पुगेको थियो। मार्चमा बढेको पर्यटक संख्या त्यस पछि भने कहि महिना ओसालो लाग्यो। अप्रिलमा ९८ हजार ६ सय ५०, मे ६८ हजार ८ सय २५, जुन ६५ हजार १ सय ५९ र जुलाई ७३ हजार २ सय ८५ पर्यटकले भेपाल भ्रमण गरे।

सन् २०१८ को अगस्टमा पर्यटक आगमनले थप बाटो लियो। अगस्टमा ८७ हजार ६ सय ७९, सेप्टेम्बर ९१ हजार ८ सय २० र अक्टाेबर १ लाख ९ हजार ७ सय ३३ र नोभेमबरमा १ लाख १९ हजार ३ सय ९९ सम्म पर्यटक नेपाला भित्रिएका हुन्।

नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोसी पर्यटक अागमनकाे संख्या वृद्धि हुनुलार्इ सकारात्मक रुपमा लिन्छन्। यही दरमा पर्यटकको संख्या वृद्धि भएमा भ्रमण वर्षमा सोचे जति पर्यटक आउनले उनको बुझाइ छ। सरकारले सन् २०२० लार्इ नेपाल भ्रमण वर्ष घाेषणा गरेकाे छ। 

जाेशीका अनुसार बाेर्डले पर्यटक अागमनसँगै उनीहरूले नेपालमा गर्ने खर्च वृद्धि गराउन समेत काम गरिरहेकाे छ। सन् २०१७ मा पर्यटकले प्रतिदिन ५४ डलर खर्च गरेको र औसत १२ दिनसम्म बस्ने गरेका थिए। नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउनले र प्रति पर्यटक प्रतिदिन ६५ डलर खर्च गराउने याेजना सरकारकाे छ। पर्यटकको बसाई अवधि भने १४ दिन पुर्याउने लक्ष छ।

२०११ को लक्ष्य ७ वर्ष पछि पूरा
नेपाल सरकारले सन २०११ लाई भ्रमण वर्षको रुपमा घाेषणा गरेको थियो। त्याे वर्ष १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य थियो। सो वर्ष ७ लाख ३६ हजार २ सय १५ मात्र पर्यटक भित्रिएका थिए। भ्रमण वर्ष सन २०११ पछि नेपालमा पर्यटकको संख्या बढ्न थालेकाे थियाे। सन् २०१५ मा भूकम्प गएसँगै नेपाल आउने पर्यटकको संख्या घटेको तथ्याङ्कले देखाउँछ। भूकम्प गएको वर्ष नेपालमा ५ लाख ३५ हजार ९ सय ७० मात्र पर्यटक भित्रिएका थिए।

याे पनि: नेपाल–चीन संयुक्त वक्तव्यः २० लाख पर्यटक भित्र्याउन चीनले काँध थाप्याे

           पर्यटनले दिएकाे तथ्यांकमा अर्थ मन्त्रालयले ५ लाख थपेकाे खुलासा


प्रकाशित २८ मंसिर २०७५, शुक्रबार | 2018-12-14 16:43:45
Max TV
Max TV
Vianet

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।