वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन




निगमकाे वाइडबडी अन्नपूर्ण विमान
निगमकाे वाइडबडी अन्नपूर्ण विमान

नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको अनुगमन प्रतिवेदनले सार्वजनिक खरिद ऐन २०६३ मा व्यवस्था भएभन्दा विपरित ढंगले वाइबडी खरिद भएको निष्कर्ष दिएको हो।

कार्यालयले तयार पारेको प्रतिवेदन बुधबार संसदको सार्वजनिक लेखा समितिमा पेश भएको छ।

‘स्पेसिफिकेसन तयार गर्दा कुनै उपाय नभएको अवस्थामा बाहेक कुनै खास ब्राण्ड, ट्रेडमार्क, नाम, पेटेन्ट डिजाइन प्रकार उत्पति वा उत्पादक उल्लेख गर्न नपाइनेमा रोल्स रोयस ट्रेण्ड ७७२बी इन्जिन सहितको एयरबस को ए ३३०–२०० निर्धारण गरी आरएफपी जारी गरेको’ प्रतिवेदनमा उल्लेख गरिएको छ।

यसैगरी ‘लागत अनुमान तयार गर्दा एयरबस को बर्तमान मूल्यलाई नलिई ८ बर्ष अघिको मूल्यमा समायोजन गरी निर्धारण गरेको र १ हजार घण्टा सम्म उडान गरेको विधान खरिद गर्न खोजिएको विषयलाई लागत अनुमान गर्दा समायोजन नगरिएको’ बताइएको छ।

‘विमान खरिद गर्ने सम्बन्धमा निर्णय गर्दा सो सरह भन्ने नभई ए३३०–२०० नै किटान गरिसकेपछि सो विमान निर्माता कम्पनी एयरबस बाहेक अन्य नरहेको स्पष्ट भैसकेको अवस्थामा विमान खरिद गर्ने सम्बन्धमा विभिन्न विकल्प विश्लेषण र सार्वजनिक खरिद ऐनका प्रावधानहरुको विश्लेषन गरेको नदेखिएको’ पनि प्रतिवेदनमा उल्लेख छ।

यसैगरी ‘सार्वजनिक खरिद ऐन २०६३ को दफा–२ को खण्ड ‘ग’ मा परिभाषित गरिएको मालसामानको परिभाषामा विमानपनि पर्ने उल्लेख गर्दै प्रतिवेदनमा ‘आरइपी’ मार्फत् सामान खरिद गर्ने प्रक्रिया ऐनमा नभएको’ बताइएको छ।

अन्तर्राष्ट्रिय खुल्ला बोलपत्रसँग ‘आरएफपी’ मेल नखाने बताउँदै ‘आरएफपी ऐनमा व्यवस्था भए बमोजिमको बोलपत्रलाई भनिएको हो वा अन्य छुट्टै विधि–प्रक्रिया निर्धारण गरिएको हो, स्पष्ट नभएको’ उल्लेख गरिएको छ।

‘सार्वजनिक खरिद ऐन २०६३ को दफा १३ को उपदफा २ को बोलपत्रमार्फत् सामान खरिद गर्दा उल्लेख हुनुपर्ने थुप्रै कुरा ‘आरएफपी’ मा नरहेको देखिएको’ दावी प्रतिवेदनले गरेको छ। प्रतिवेदनका अनुसार, ‘आरएफपी’ मा नरहेका कुरा निम्न बमोजिम छन्ः

० मूल्यको संरचना बोलअंक उल्लेख गर्ने मुद्रा
० बोलपत्र मूल्याङ्कन र छनोट गर्ने आधार र तरिका
० मालसामान वा निर्माण कार्यको छुट्टाछुट्टै समूह र प्याकेज बनाई गनुपर्नपर्ने भए त्यस्तो समूह र ० प्याकेज र सोको मूल्याङ्कन गर्ने तरिका
० बोलपत्र मान्य हुने अवधि
० बोलपत्र कार्यसम्पादन वा अन्य आवस्यक कुराको लागि दिनुपर्ने जमानतको रकम, किसिम, मान्य ढाँचा र मान्य अवधि
० दफा ५२ बमोजिमको खरिद सम्झौताका शर्तहरु र सो सम्झौता लागू हुने तरिका
० स्वार्थ बाझिने भएमा बोलपत्र उपर कार्वाही नहुने वा जालसाजी वा भ्रष्टाचार गरेमा हुने कानूनी कारवाही सम्बन्धि जानकारी
० सार्वजनिक निकायले बोलपत्र सम्बन्धी कारवाही गर्दा गरेको त्रुटी वा निर्णय विरुद्ध पुनरावलोकनका लागि बोलपत्रदाताले निवेदन दिनसक्ने अवस्था
० प्राविधिक क्षमतालाई प्रमाणित गर्ने कागजात तथा आर्थिक प्रस्ताव (बोलअंक) एकै खाममा पेश गर्नुपर्ने बेहोरा

यसैगरी खरिद सम्झौताका शर्तहरु बोलपत्रमा नै उल्लेख हुुनुपर्नेमा सो उल्लेख नभएको, फरक शर्तमा बोलपत्र मूल्याङ्कनका आधार के हुने नखुलाइएको, खरिद सम्झौताका शर्तहरु पछि ‘नेगोसिएसन’ बाट निर्धारण गरेको देखिएको, तर, कस्ता विषयमा नेगोसिएसन गर्ने भन्ने कुरा आरएफपीमा नभएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ।

‘बोलपत्रदाताले फरक फरक मूल्य शर्तमा मूल्य पेश गरेको देखिन्छ र यस्तो अवस्थामा कबोल रकममात्र तुलना गर्नु समान तहमा तुलना मान्न सकिन्न’ त्यसमा भनिएको छ।

प्रतिवेदनका अनुसार, सार्वजनिक खरिद ऐन २०६३ को दफा ५२ मा खरिद सम्झौता र सोका शर्तहरु तय गर्दा उल्लेख हुनुपर्ने बोलपत्र सम्बन्धि कागजातमा उल्लेख हुनुपर्नेमा केही कुराहरु देखिदैनन्। र, ती निम्न छन्ः

० आपूर्ति समय, कार्य सुम्पिदा गर्नुपर्ने समय वा म्याद थप गर्न सकिने नसकिने व्यवस्था
० खरिद सम्झौताको रकम वा सो निर्धारण गर्ने तरिका
० विदेशी मुद्राको भुक्तानी लगायत भुक्तानीका शर्त र तरिका
० मूल्य समायोजन गर्न सकिने भए सो को व्यवस्था
० खरिद सम्झौता समायोजन र ‘भेरिएसन्’ आदेश जारी गर्न सकिने भए सोको व्यवस्था
० विमा आवस्यक भए सो सम्बन्धी व्यवस्था
० आवस्यक पर्ने जमानत
० निर्धारित अवधिमा कार्य सम्पादन हुन सके नसके बापतको पूर्व निर्धारित क्षतिपूर्ति
० खरिद सम्झौता रद्द गर्न सक्ने अवस्था

नेपाल वायु सेवा निगमको आर्थिक विनियमावली–२०६५ को विनियमावली–२०६५ को विनियम २३६ को उपविनियम १ को खण्ड ‘ग’ मा प्राप्त प्रस्तावहरुलाई खोलिसकेपछि ‘सम्बन्धित कम्पनीहरुसँग आवस्यक वार्ता गरी’ भन्ने व्यवस्था भएको, तर एउटा प्रस्तावकसँग मात्र वार्ता गरी ‘एमओयू’ गरेको र पूर्व निर्धारित गरिएको नदेखिएको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ।

‘सार्वजनिक खरिद ऐन–२०६३ को दफा ६७ को उपदफा १ खण्ड (ग) मा सार्वजनिक निकायले खरिद गर्दा अपनाउनु पर्ने बाध्यात्मक व्यवस्था रहेको, खण्ड (च) मा विमान उपकरण खरिदमा फरक विधि हुनसक्ने प्रावधान रहेको र विमान खरिद विशिष्टीकृत प्रक्रिया हो भने उपदफा ३ बमोजिमको कार्यविधि समावेश गरी विमान खरिद गरिएको हुनुपर्ने, सो नभएको’ ठहर पनि प्रतिवेदनले उल्लेख गरेको छ।

प्रकाशित २६ मंसिर २०७५, बुधबार | 2018-12-12 13:13:19
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।