‘सेयर लगानीकर्ताकाे आन्दोलन दाँत आउने बेलाकाे ज्वरोजस्ताे’



अर्थमन्त्री डा.युवराज खतिवडा
अर्थमन्त्री डा.युवराज खतिवडा
प्रविन कोइराला

आर्थिक क्षेत्रसँग सम्बन्धित जिम्मेवार सरकारी अधिकारीहरूले सेयर काराेबारकाे दायरा फराकिलाे पार्न सके अहिले बजारमा भइरहेकाे चलखेल राेकिने औँल्याएका छन्।

राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले स्थानीय तहसम्म बैंकिंग सेवा पुगेकाे उल्लेख गर्दै सेयर काराेबार गाउँसम्म पुग्न सके बजार विस्तार हुने उल्लेख गरे।

संसदकाे अर्थ समितिमा बाेल्दै उनले सानो बजार भएकाले लगानीकर्ता बीचबाटै समस्या उल्पन्न गराइएकाे उल्लेख गरे। 'बजार सानाे हुँदा शेयरबजारमा खेलबाडकाे स्थिति बनेकाे छ। यसलाई विस्तार गरेर स्थानीय तहसम्म पुर्याए चलखेल राेकिनेछ।' सेयर बजार केन्द्रिकृत रहँदा समस्या बढिरहेकाे उनकाे भनाइ थियाे।

'सेयर बजारका लगानीकर्ता थाेरै छन्। तिनले लगानी गरिसके। उनीहरुले लगानी भैसकको सेयरबाट मात्रै नाफा कमाउन खोज्छन्। त्यही भएर कुनै बोला सेयर बढेको बढै हुने कुनै समयम घटेको घट हुने समस्या आएको छ', उनले भने, 'माइक्रोफइनान्स जसमा ठूलो लगानी छैन, जसको उच्च नाफा छैन, तिनिहरुको शेयर मूल्य बढेर ३ हजार ५ सयपुगेको छ। तर ८ अर्ब रुपैंया चुक्तापुँजी भएका बैंक जसकाे उच्च नाफा कमाइ छ। उनीहरूकाे प्रतिशेयर ३/४ सय मात्रै छ।'

आफूसँग भएकाे सबै पैसा पूँजी बजारमा हालिसकेकाहरूले चलखेल गर्दा समस्या उत्पन्न भएकाे उनकाे भनाइ थियाे। नेपालमा कम्पनीको ‘स्टाटस हेरेर भन्दा पनि हल्लाको भरमा शेयर किनबेच हुने गरेकाे गभर्नर नेपालले उल्लेख गरे।

छलफलमा बाेल्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सेयरका लगानीकर्तालाई धैर्य गर्न आग्रह गरे। 'यसलाई व्यवसाय ठान्नुहुन्छ, यो लगानी हो भन्नुहुन्छ भने धैर्य गर्न सिक्नुहाेस्', अर्थमन्त्रीले भने, ‘शेयर बजार ब्यापार चक्र हो, धैर्य गर्न सक्नु पर्छ। ओभर ड्राफ्ट लिएर १५ दिनमा शेयर बढ्ने भनेर शेयर लिने प्रवृति राम्राे हाेइन।'

शेयरमा लगानी गर्नेसँग केही समय होल्ड गर्न सक्ने पैसा हुनु पर्ने उनकाे भनाइ थियाे। 'कुनै पनि लगानी धैर्य नगरी हुँदैन हाल सय रुपैयाँ लगानी गर्यो भोलि नै एक सयको ४ हजार लिन्छु भनेर त भए नि। कुनै बेला साेचेकाे मुनाफा नआउन सक्छ। त्यसकारण सेयरबजामा केही समय घट्यो भनेर आन्दोलन गर्ने वा बढ्यो भनेर उत्ताउलोपन देखाउनु राम्रो कुरा हाेइन।'

शेयर बजारबारे के कस्तो अवस्था हो भनेर अध्ययन गर्न कार्यदल गठन भएको र कार्यदलले शुक्रबार सुझाव दिने अर्थमन्त्री खतिवडाले सांसदहरूलाई जानकारी गराए। यही मंसिर २० गते नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा ४ सदस्यीय उच्च स्तरीय अध्ययन समिति गठन गरेको छ।

पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागेको बेला अर्थमन्त्री डा. खतिवडालाई आज अर्थ समितिले बैठकमा बोलाएको हो।

यसैबीच शेयर बजार निरन्तर घट्दै गएपछि पूँजी बजार सुधार र विस्तारका लागि शेयर लगानीकर्ता दबाब समूहले ३ दिनदेखि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को गेटबाहिर रिले अनशन जारी राखेका छन्। आन्दाेलनलाई संकेत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले त्यसले अर्थतन्त्रमा ज्वरो आएको बताए। अर्थसमिति बैठकमा बोल्दै उनले भने, 'आन्दाेलनले अर्थतन्त्रमा ज्वरो आएको छ। तर त्यो बच्चाको दाँत आउँदा आएको ज्वरो भएका कारण खासै असर पर्दैन।'

सेयर बजारमा विषयमा छलफल गर्न बोलाएको बैठकमा बोल्दै उनले सेयर बजारमा भएको पुँजीलाई परिचालन गरी उत्पादनमूलक क्षेत्रमा लगाउन सके त्याे आर्थिक वृद्धिदरमा सहयाेगी हुने जनाए।

प्रकाशित २५ मंसिर २०७५, मंगलबार | 2018-12-11 18:45:04
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...