नेपालसँग इयुले माग्यो ४० विधाका दस्तावेज



इयु
इयु

युरोपियन युनियनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई कालोसूचीबाट हटाउनका लागि आवश्यक ४० विधाका दस्ताबेज पेस गर्न भनेको छ।

नोभेम्बर २८ मा इयुले कालो सूचीमा रहेका देशहरुको नाम सार्वजनिक गर्दा नेपालको नाम पनि समावेश भए पछि प्राधिकरणले इयुका प्रतिनिधिसँग सम्बाद गरेका थिए। सो सम्बादमा इयुले नेपाललाई थप आवश्यक दस्ताबेज पेस गर्न भनेको हो।

इयुलाई सुरक्षासम्बन्धी आवश्यक दस्ताबेज हप्तादिन भित्र उपलव्ध गराउने प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए। उनका अनुसार इयुले नेपालको हवाई सरक्षासम्बन्धी प्रगतिलाई सकारात्मक रुपमा लिए पनि थप सुधार गर्न आवश्यक रहेको भन्दै प्राधिकरणलाई जानकारी गराएको छ।

‘कालोसूचीबाट हटाउनु पहिले इयुका प्रतिनिधि नेपालमा स्थलगत भ्रमण गर्न इच्छुक छन्,’ गौतमले भने, ‘इयुको टोलीले नेपाली वायुसेवा कम्पनीको स्थलगत अवोलोकन गरे पछि मात्र नेपाल कालोसूचीबाट हट्ने सम्भावना देखिन्छ।’

नेपाललाई इयुले सञ्चालन अनुमति पत्र दिँदा आइकाओको प्रक्रिया, अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठनबाट प्रतिपादन गरेका उडान सुरक्षा मापदण्ड पालना नगरेको लगायत अन्य सुरक्षाका विषय विश्व मापदण्डभन्दा तल रहेको भन्दै ६ वर्षदेखि कालोसूचीबाट नहटाएको हो।

सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै २०१३ देखि इयुले नेपाली हवाइ जहाजहरूलाई युरोप प्रवेशमा रोक लगाउँदै आएको छ। सन् २०१३ को जुलाईमा आइकाओको टोलीले अडिट गर्दा नेपालको उडान सुरक्षा मापदण्ड परिपालनको दर ५५ प्रतिशत देखाएको थियो। अडिट टोलीले सुरक्षाका विषय विश्व सरदरभन्दा न्युन रहेको भन्दै नेपाललाई कालो सूचीमा राख्न सिफारिश गरेको थियो। आइकाओको रिपोर्टलाई आधार मानी इयुले नेपालका सबै वायु सेवा कम्पनीलाई डिसेम्बर २०१३ देखि कालोसूचीमा राख्दै आएको छ।

त्यसयता नेपाल र इयुबीच पटक पटक वार्ता हुँदै आएका छन्। सन् २०१८ जनवरी १९ मा पनि यससम्बन्धी वार्ता भएको थियो। यो वार्तामा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतमको नेतृत्वमा ६ सदस्यीय टोली बेल्जियमको ब्रसेल्समा पुगेको थियो।

नेपालका तर्फबाट अन्तर्राष्ट्रिय उडान सुरक्षा सुपरीवेक्षण गर्न तालिम दिँदै आएको, नयाँ कानुन निर्माणको क्रममा रहेको, सन २००८ देखि २०१७ सम्म जहाज दुर्घटनाको अवस्थामा सुधार भएको विषय नेपालले सो वार्तामा राखेको थियो। वार्ताको समयमा इयुका प्रतिनिधि नेपालको सुधार उल्लेखनीय भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) सन २०१३ ले अडिट गर्दा नेपालको उडान सुरक्षा मापदण्ड परिपालनको दर ५५ प्रतिशत देखाएको थियो। जसका कारण नेपाल कालोसूचीम परेको हो। २०१७ आइकाओको अडिटले नेपालको हवाई कानुन, संगठन स्वरुप, वायु यानसम्बन्धी अप्रेसन र एयर नेबिगेसन सेवाको मापदण्ड ६६.०८ प्रतिशत परिपालन गरेको तथ्याङ्क सार्वजनिक भएको छ।

यस कारण आइकाओको कालो सूचीबाट नेपाललाई हटाइसकेको छ। आइकाओको रिपोर्टका आधारमा इयुले नेपाललाई कालोसूचीमा राखेको थियो। तर आइकाओलो नेपाललाई कालोसूचीबाट हटाए पनि इयुले भने हटाएको छैन।

याे पनि: इयु उड्डयन समितिमा नेपालको कालो सूचीसम्बन्धी छलफल

           नेपाल अझै इयुको कालोसूचीमा

प्रकाशित २१ मंसिर २०७५, शुक्रबार | 2018-12-07 18:44:01
Max TV
Max TV
Vianet

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...