अन्तःशुल्क स्टिकर छपाइको काम विदेशी कम्पनीलाई मात्रै दिएकोमा सांसदको आपत्ति

नेपाली कम्पनीलाई किन सहभागी गराइएन?: सांसद, स्वदेशी कम्पनीमा प्राविधिक क्षमता नभएकाले विदेशीलाईः सरकार



सांसदहरुले अन्तःशुल्क स्टिकर छपाइ गर्ने काम नेपाली कम्पनीले पनि पाउनुपर्ने अडान राखेका छन्। सरकारले विदेशी कम्पनीलाई मात्र स्टिकर छपाइको काम दिएको भन्दै सांसदहरुले आपत्ति समेत जनाएका छन्।

संसदीय सार्वजनिक लेखा समितिमा भएको छलफलमा विशाल भट्टराई, हृदेश त्रिपाठी, अमनलाल मोदी लगायतका संसदहरुले नेपाली कम्पनीहरुले पनि गुणस्तरीय स्टिकर छपाइए गर्न सक्ने बताउँदै आएकोले उनीहरुको क्षमता हेरेर छपाइको जिम्मा दिनुपर्ने बताएका हुन्।

शुक्रबारको बैठकमा बोल्दै लेखा समितिका सभापति भरत शाहले अहिले नेपालको लागि अन्तःशुल्क छाप्ने इन्टरग्राफ कम्पनी युरोपमा स्थापना भई धेरै देशमा आफ्नो व्यवसाय फराकिलो बनाउँदै गएकोले उनीहरुको रणनीतिमा नेपाली कम्पनी कमजोर देखाउने काम भइरहेको आरोप लगाए। उनले अरुको व्यवसाय फराकिलो बनाउनतर्फ नलाग्न सरकारलाई सुझाब समेत दिए। उनले आवश्यक नीति निर्माण गरेर छपाइको काम नेपाली कम्पनीलाई नै दिनुपर्ने बताए।

उनले पहिले रिचार्ज कार्ड नेपालमा छपाउँदा सुरक्षा नहुने हल्ला चलाइए पनि अहिले यहीँ छाप्दा पनि केही समस्या नआएको बताए। अन्तःशुल्क स्टिकरमा पनि सोही प्रकृतिले हेर्न उनले उनले अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुङ्गानालाई आग्रह गरे।


उक्त बैठकमा ढुङ्गानाले अन्तःशुल्क स्टिकर छपाइमा प्राविधिक क्षमता नेपाली कम्पनीको कमजोर नै रहेको बताए। एउटा मदिराको बोतलमा सरकारले ३६ सयदेखि ४ हजार रूपैयाँसम्म राजस्व संकलन गर्ने भएकाले सुरक्षा संवेदनशिलतालाई ध्यान दिएर विदेशमा स्टिकर छापिएको समेत उनले बताए।

सरकारले आयकरबाहेक वार्षिक करिब ६५ अर्ब रूपैयाँ राजस्व मदिराबाट प्राप्त गर्ने भएकाले सुरक्षित मुद्रणलाई ध्यान दिइएको उनले जानकारी दिए। सरकारले २२ अर्ब रूपैयाँ लगानीमा सुरक्षण मुद्रण स्थापना गर्न लागेको र त्यसअघि कसैले पनि सुरक्षण मुद्रणको अधिकार प्रयोग गर्न नपाउने ढुंगानाले जानकारी दिए।

अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धात्मक व्यवस्थाअनुसार सरकारले स्टिकर छपाइ गरिरहेको र क्षमता पुग्ने नेपाली छपाई कम्पनीले पनि यसमा भाग लिन सक्ने जानकारी दिए। कानुनी व्यवधानका कारणले स्टिकर छपाइमा ढिलाइ भए मदिरा उत्पादकले स्टिकर नपाउने अवस्था आउन सक्नेतर्फ उनले सचेत गराए। इन्टरग्राफ लगाइएका स्टीकर पनि नक्कली भेटिएको भन्दै उनले सुरक्षा संवेदनशिलतामा सम्झौता गर्न नसकिने स्पष्ट पारे।

आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले मुद्रण विभागबाट छापिएका स्टिकरमा समस्या देखिएको र त्यो राष्ट्रिय चासोको विषय बनेकाले आफूहरूले सुरक्षालाई सधैं प्राथमिकता दिएको बताए।

प्रकाशित २१ मंसिर २०७५, शुक्रबार | 2018-12-07 16:54:10
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...