सिटीसी मोबाइल मेला सुरु, ल्यापटप तथा एप्पलका ग्याजेट्स किस्ताबन्दीमा



सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाइल हबले मंसिर २० गतेदेखि संचालनमा ल्याएको मोबाइल एक्सचेञ्ज मेलामा ग्राहकहरुको भिड लागेको छ।

ल्यापटप, क्यामेरा एप्पलका ग्याजेट्स सुपथ मूल्यमा किस्ताबन्दीमा पाइने भएपछि ग्राहकहरुको भिड बढेको हो।

ग्याजेट पारखीहरुले एक्सचेञ्ज मेलामा आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउने छन्। त्यस्तै, मोबाइल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा पाउने अफरले पनि मेलाको आकर्षण बढाएको हो।

९ हजार ९ सय ९९ रुपैयाँदेखि २ लाख ३४ हजार रुपैयाँसम्मका मोबाइल किन्न सकिने मोबाइल मेलामा ११ हजार रुपैयाँदेखि ३ लाख १५ हजार रुपैयाँसम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिन्छ।

‘मेलामा जस्तो सुकै पुरानो मोबाईलको पनि उचित मुल्य पाउनुका साथै सट्टा पट्टा पनि गर्न सकिन्छ।’ सिटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले भने। ‘मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप, क्यामेरा र म्याक किस्ताबन्दीमा किन्न सकिन्छ।’

मेलामा विशेष छुटमा ग्याजेट्स किन्न सकिनेछ। ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि मेलामा पाइने छ। निशुल्क पार्किगको व्यवस्था गरेको मोबाइल हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार बितरण गर्नेछ।

मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैमा पाउने छन्। 

सामसङ, ब्ल्याकबेरी, ओप्पो, भिभो, वान प्लस, नोकिया, कलर्स, एम आई, सोनी, एप्पल, कुलप्याड, लेनोभो, हुवाई ब्राण्डका मोबाइलका साथै एचपी, लेनोभो, एम आई, डेल र एप्पलका ल्यापटप, म्याकबुक आईप्याड मोबाइल हबका आकर्षण हुन्।

मेला १५ दिनसम्म चल्नेछ।

प्रकाशित २० मंसिर २०७५, बिहिबार | 2018-12-06 20:40:31
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...