११ वर्षपछि जापानको ओसाकामा उडान भर्दै वायुसेवा निगम



वाइडबडी मकालु
वाइडबडी मकालु

नेपाल वायुसेवा निगमले जापान उडान बन्द गर्दा २३ हजारभन्दा बढी यात्रु प्रभावित भएका थिए। निगमको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०५३-५४ मा २३ हजार २ सय ६६ यात्रुले सेवा प्राप्त गरेका थिए।

निगमले विमानको अभाव देखाउँदै वि.स २०६४ बाट उडान बन्द गरेको थियो। जसका कारण हजारौँ यात्रु प्रभावित भएका थिए। निगमसम्बन्धी तयार गरेको एक प्रतिबेदनमा आर्थिक वर्ष २०५३-५४ मा ७०.९ प्रतिशत सिट उपयोग भएको देखिन्छ। त्यो समयमा १२ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दा ७६.४ प्रतिशत सिट उपयोग भएको देखिन्थ्यो। सुरुवाती समयमा काठमाडौं–सांघाई–ओसाका हुदै बोइङ ७५७ विमानबाट हप्तामा २ उडान उडान हुने गरेको थियो।

उडान बन्द गरेको ११ वर्षपछि निगमले फेरि ओसाका उडानको तयारी गरेको छ। अनौपचारिक छलफलका आधारमा निगमले जापानको ओसाकामा फेब्रूअरीको पहिलो हप्ता उडान गर्ने योजना बनाएको छ। निगमलाई उडान स्वीकृति दिने सन्दर्भमा ओसाका अन्तर्राष्ट्रिय विमानस्थलका एशिया क्षेत्र हेर्ने निर्देशक इमानुएल मानेन ताउसहितको टोलीले निगमका पदाधिकारीसँग भेटवार्ता गर्न सोमबार नेपाल आएका थिए। जापानी टोलीको प्रतिक्रिया सकारात्मक भएकाले गर्दा फेब्रूअरीमा नै उडान गर्न सकिने निगमका अध्यक्ष मदन खरेलले बताए।

जापानको सकारात्मक प्रतिक्रिया आएसँगै निगमले ओसाकाको लागि स्टेसन म्यानेजरका रुपमा सन्तोष पाण्डेलाई नियुक्त गरेको छ। उनी जापान पुगेसँगै औपचारिक रुपमा निवेदन पेस हुने छ। ‘हाल फाइलिङ एजेन्ट नियुक्त गरी निगमका अंग्रेजी डकुमेन्टलाई जापानी भाषामा ट्रान्सलेट गर्ने काम भइरहेको छ,’ अध्यक्ष खरेलले भने,‘त्यो काम सकिएपछि मात्र औपचारिक रुपमा ओसाका उडानका उडानका लागि निवेदन दिने छौं।’

जापानको ओसाका उडान गरेसँगै नेपाल आउने पर्यटकले समेत ट्रान्जिट हुँदै नेपाल आउनुपर्ने समस्या ब्यहोर्नु पर्नेछैन।

नेपाल पर्यटन बोर्डका अनुसार जापानी पर्यटक सन् २०१७ मा २७ हजार ३ सय २६ भित्रिएका थिए।

 

 

प्रकाशित २० मंसिर २०७५, बिहिबार | 2018-12-06 18:18:40
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...