वाइडबडी उडानको औपचारिक प्रस्ताव दुई देशमा मात्रै


Kshamadevi Group


वाइडबडी मकालु
वाइडबडी मकालु

नेपाल वायुसेवा निगमले वाइडबडी उडानका लागि चीनको गोन्झाओ र साउदी अरेवियाको र रियादमा मात्र औपचारिक प्रस्ताव गरेको छ।

निगमले विमान खरिद गरेको ४ महिना पछि गोन्झाओ उडानका लागि मंसिर १६ गते औपचारिक रुपमा प्रस्ताव पेस गरेको हो। साउदी अरेवियाका लागि भने गत वर्षको माघ २३ मै आवेदन दिइएको थियो।

विमान खरिद गर्दाको व्यवसायिक योजनाले काम गर्न नसकेपछि वाइडबडीका लागि नयाँ गन्तव्य छनौट गरिएको हो। नयाँ गन्तव्यका रुपमा चीनको गोन्झाओ उडान गर्ने तयारी निगमको छ। जापान, कोरिया र साउदी अरेवियामा उडान गर्ने गरी खरिद गरिएको भए पनि निगमले तिब्र रुपमा काम अगाडि बढाउन नसक्दा दुईवटा एयरबस ३३०–२०० विमान छोटो गन्तव्यमा उडान गरिरहेका छन्।

निगमले वि.स २०७३ देखि वाइडबडी विमान खरिद प्रक्रिया थालेको हो। तीन वर्ष बितिसक्दासमेत निगमले वाइडबडी उडानका लागि नयाँ गन्तव्य प्राप्त गर्न सकेको छैन।

चार गन्तव्य मध्ये पहिले कहाँ उड्छ वाइडबडी?

निगमले वाइडबडी विमान उडानका लागि दुईवटा देशमा मात्र आवेदन दिएको भए पनि अनौपचारिक रुपमा भने चीन, कोरिया, जापान र साउदी अरेबियाका प्रतिनिधिसँग छलफल गरिरहेको छ।

अनौपचारिक छलफलका आधारमा निगमले जापानको ओसाकामा फेब्रुअरीको पहिलो हप्ता उडान गर्ने योजना बनाएको छ। निगमलाई उडान स्विकृती दिने सन्दर्भमा ओसाका अन्तर्राष्ट्रिय विमानस्थलका एशिया क्षेत्र हेर्ने निर्देशक इमानुएल मानेन ताउले सहितको टोली निगमका पदाधिकारीसँग भेटवार्ता गर्न सोमबार नेपाल आएको थियो। जापानी टोलीको प्रतिक्रिया सकारात्मक भएकाले फेब्रुअरीमा नै उडान गर्न सकिने निगमका अध्यक्ष मदन खरेलले बताए।

जापानको सकारात्मक प्रतिक्रया आएसँगै निगमले ओसाकाको लागि स्टेसन म्यानेजरका रुपमा सन्तोष पाण्डेलाई नियुक्त गरेको छ। उनी जापान पुगेसँगै औपचारिक रुपमा निवेदन पेस हुने छ। ‘हाल फाइलिङ एजेन्ट नियुक्त गरी निगमको अंग्रेजीमा भएको डकुमेन्ट सबै जापानी भाषामा ट्रान्सलेट गर्ने काम भइरहेको छ,’ अध्यक्ष खरेलले भने, ‘त्यो काम सकिएपछि मात्र औपचारिक रुपमा ओसाका उडानका लागि निवेदन दिनेछौं।’

औपचारिक रुपमा आवेदन दिइसकेको चीनको गोन्झाओमा भने मार्चमा उडान गर्ने लक्ष्य रहेको अध्यक्ष खरेलले बताए। चीन उडानका लागि मन्त्रीस्तरबाट नै पहल भइरहको छ। पहिलो चरणमा यी दुई देशहरुमा उडान हुने र दोस्रो चरणमा कोरिया र साउदी अरेबिया उडान गर्ने निगमको योजना छ।

लापरबाहीले कोरिया र साउदी अरेबिया उडानमा ढिलाई

नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद उडानका लागि एक वर्ष अघी नै निवेदन दिएको थियो। निवेदनसँगै निगमले कम्पनीको इतिहास, आर्थिक अवस्था, कर्मचारी, विमान, सुरक्षा लगाएतका सबै प्रमाण पेस गरेको थियो। निवेदन दिएको वर्ष दिनपछि साउदी अरेबियाको उड्डयन सम्बन्धी नियामक संस्था नेपाललाई उडान अनुमति दिन तयार भएकाे थियाे।

तर साउदी सरकार उडान अनुमति दिन तयार हुँदा जिएसएले निगमसँग काम गर्न नचाहेको भनी सहकार्य तोड्यो। जिएसए नभए पछि रिहाव उडान केही समयलाई पछि धकेलिएको छ। निमगले जिएसए छनौटका लागि अहिले टेन्डर आह्वान गरेको छ। जिएसए छनौट भएपछि थप काम अगाडि बढ्ने छ।

कोरियाको सन्दर्भमा पनि निगमकै कारण उडान अनुमति प्राप्त गर्न ढिलाई भएको हो। अनौपचारिक छलफलका क्रममा कोरिया सरकार नेपाललाई उडान अनुमति दिन सकारात्मक थियो। उडान अनुमति दिनु पहिले सेफ्टि अडिटका लागि कोरियाको टोली अगस्ट महिनामा नेपाल आउने तयारीमा थिए। तर कोरियाको टोलीले सेफ्टि अडिट गर्नु पहिले निगमले नै अडिट गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिनु पर्ने हुन्छ। निगमले अडिट गर्न ढिलाई गरेकाले कोरियाली पक्ष अडिटका लागि नेपाल आएन। निगमको अडिट भएपछि कोरियन टोलीलाई मनाउने योजना रहेको खरेलले बताए। 

नेपाल वायुसेवा निगमले वाइडबडी उडानको व्यवसायिक योजना अनुरुप काम गर्न नसक्दा २४ अर्ब ऋणमा खरिद गरिएको विमान पुराना गन्तव्यमा उडान गर्नु परेको छ।

प्रकाशित २० मंसिर २०७५, बिहिबार | 2018-12-06 18:00:26
Max TV
Max TV
Vianet

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...