Exclusive

नेपाल-बंगलादेश विद्युत् व्यापार: भारतीय साथकाे खाेजी



नेपाल र बंगलादेशका उर्जा सचिवहरू दुर्इ देशबीच भएका सहमतिपत्रमा हस्ताक्षर गर्दै
नेपाल र बंगलादेशका उर्जा सचिवहरू दुर्इ देशबीच भएका सहमतिपत्रमा हस्ताक्षर गर्दै

नेपाल र बंगलादेशले दुर्इ देशबीच बिद्युत् व्यापार गर्न प्रशारण लाइन निर्माणका लागि भारतसँग छलफल गर्ने भएका छन्।

नेपाल र बंगलादेशबीच दुर्इ दिनसम्म काठमाडौंमा भएको उर्जासम्बन्धी बैठकले प्रशारण लाइन निर्माणबारे भारतसँग मुद्दा उठाउने निर्णय गरेकाे हाे।

नेपाल र बंगलादेशबीच विद्युत व्यापार गर्न भारतले अाफ्नाे भूमिमा प्रसारण लाइन निर्माणकाे अनुमति दिनुपर्ने हुन्छ। भारत माैन रहेकाे याे विषयमा उसका दुर्इ छिमेकी देशले यस्ताे निर्णय गरेका हुन्।

‘दुवै देशबीच रहेका संयुक्त समितिका आगामी बैठकहरुमा अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी त्रिपक्षीय व्यवस्थाका लागि आ–आफ्नो तर्फबाट विषयको उठान गर्ने सहमति भएको छ’ बैठकपछि जारी विज्ञप्तिमा भनिएकाे छ।

नेपाल–भारत र भारत–बंगलादेशबीच द्वीपक्षीय ऊर्जा व्यापार सम्झौता छ। दुवै देशका संयुक्त समितिहरु क्रियाशील छन्। नेपाल बंगलादेशबीच सीमा नजोडिएका कारण विद्युत् आदान प्रदानका लागि भारतको भूमि प्रयोग गर्नुपर्ने हुन्छ। 

सोमबार र मंगलबार भएको बैठकले नेपाल र बंगलादेशबीच भएको सम्झौता विद्युत् उत्पादन र प्रशारण लाइन निर्माणको संभाव्यता अध्ययनका लागि दुई छुट्टाछुट्टै संयुक्त प्राविधिक टोली गठन गर्ने पनि सहमति भएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए।

समितिमा दुवै देशका तीन–तीन जना प्राविधिक रहने छन्। समिति सदस्यहरुको नाम एक महिनाभित्रै दुवै देशले टुंगाे लगाउने सहमति भएकाे छ।

संयुक्त बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र बंगलादेशका तर्फबाट त्यहाँका ऊर्जा सचिव डा. अहमद काइकाउसले गरेका थिए। बैठकमा सहभागी हुन बंगलादेशबाट १३ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आएको छ। सोमबार सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक बसेको थियो।

सो बैठकले नेपाल र बंगलादेशबीच अन्तर देशीय विद्युत् प्रसारण लाइनको सम्भावना, माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट बंगलादेशले आयात गर्ने ५ सय मेगावाट विद्युत र नेपाल र बंगलादेशबीचमा नवीकरण ऊर्जाका सहयोगसम्बन्धी निर्णयलाई समेत अनुमोदन गरेको छ।

भारतीय कम्पनी जिएमआरले माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको लाइसेन्स लिएको एघार वर्ष भइसक्दा पनि लगानी जुटाउन सकेको छैन। ९ सय मेगावाटका सो जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनका लागि उसले दुई पटक समय थाप गरिसकेकाे छ। तेस्रो पटक समय थप गर्न माग गरिरहेको सो कम्पनीले बंगलादेशलाई विद्युत् बिक्री गर्ने बताउँदै आएको छ। तर भारतले अाफ्नाे भूमि प्रयाेगकाे अनुमति नदिँदासम्म उसले नेपालमा उत्पादन भएकाे विद्युत् बंगलादेश पुर्याउन सक्ने छैन।

नेपाल र बंगलादेशबीच साउन २५ मा ऊर्जा क्षेत्रमा आपसी सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो। विद्युत व्यापारका लागि भुटानले समेत भारतसँग अन्तरदेशीय प्रसारण लाइन अनुमतिकाे विषय उठाउँदै अाएकाे छ।

प्रकाशित १८ मंसिर २०७५, मंगलबार | 2018-12-04 19:31:17
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • गृमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडा यथावत रहनेछन्

    मन्त्रिपरिषद् पुनर्गठन गृहकार्यः को को मन्त्री बिदा हुँदैछन्

    पार्टी सचिवालयको सन्तुलन कायम राख्न गृहमन्त्री थापा र उपयुक्त विकल्प नहुँदा अर्थमन्त्री खतिवडालाई हटाउन चाहँदैनन् प्रधानमन्त्री ओली।

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।