लेखा समितिकाे प्रश्न: अन्तःशुल्क स्टिकर छपाइ स्वदेशी कम्पनीलार्इ किन नदिएकाे?



अर्थ मन्त्रालय
अर्थ मन्त्रालय
.

अन्तःशुल्क स्टिकर छपाई गर्न विदेशी कम्पनीलाई मात्रै दिने निर्णय सार्वजनिक लेखा समितिमा पुगेको छ।

नेपाली कम्पनीहरुले पनि छपाइ सम्बन्धी टेण्डरमा भाग लिन पाउनु पर्ने माग राख्दै आएकोमा स्वदेशी कम्पनीलाई छपाइ गर्न नदिएकोबारे अर्थ मन्त्रालयका पदाधिकारीसँग लेखा समितिले छलफल गर्ने भएको हो।

समितिको आगामी बैठकमा छपाई भएको विवरण र नेपाली कम्पनीले नपाउने कारण सहित उपस्थित हुन मन्त्रालयका सम्बन्धित पदाधिकारीहरुलाई निर्देशन जारी गरेको लेखा समितिका सभापति भरत शाहले जानकारी दिए।

‘स्टिकर छपाईमा नेपाली कम्पनीहरुको सहभागिता होस, बरु त्यसको लागि नेपाली कम्पनीले आफ्नो स्तर वृद्धि गर्न आवशयक भए त्यहि अनुसार सोच्नुपर्छ।’ समितिका सभापति शाहले नेपालखबरलाई भने, ‘यो टेलिकम्यूनिकेशन कम्पनीको रिचार्ज कार्ड छपाइको जस्तो समस्या देखियो।’

एनसेल र एनटिसीको रिचार्चकार्ड छपाई विदेशमा मात्रै हुने गरेकोमा लेखा समितिको पहलमा अहिले स्वदेशमा नै छापिने गरेको छ।

अन्तःशुल्क स्टिकर छपाइमा पनि आवश्यक परे सम्बन्धित निकायलाई निर्देशन जारी गर्ने शाहले बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अर्थमन्त्रालयलाई स्वदेशी कम्पनीलाई अन्तःशुल्क स्टिकर छपाइमा सहभागी गराउन निर्देशन दिएको थियो। तर मन्त्रालयले अख्तियारको निर्देशन पालना गरेको छैन।

२०७१ चैत १८ मा अर्थ मन्त्रालय राजश्व व्यवस्थापन महाशाखाले नेपालमा सुरक्षित मुद्रण उद्योगलाई मान्यता दिने सम्बन्धमा अध्ययन गर्न उद्योग विभाग, राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग, अर्थ मन्त्रालय, कानुन मन्त्रालयका पदाधिकारीसहित सात सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदलले २०७२ मंसिर ६ मा सो सम्बन्धी प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनका आधारमा सुरक्षित मुद्रण उद्योग दर्ताका लागि तय गर्नुपर्ने प्रस्तावित मापदण्ड तयार भयो। तर सरकारले प्रतिवेदन लागु गरेको छैन।

सरकारले नेपाली कम्पनीलाई कमजोर देखाउँदै विदेशी कम्पनीलाई ठेक्का दिएको देखिएकाले त्यसबारे छानविन गर्न लागिएकाे लेखा समितिले जनाएको छ।

प्रकाशित १३ मंसिर २०७५, बिहिबार | 2018-11-29 19:04:00
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...