अमेरिकी डलरको सञ्चिती बढाउन सरकारको कस्तो छ रणनीति?



अमेरिकी डलर
अमेरिकी डलर

विदेश घुमघाम गर्ने नेपालीले डलर खर्च बढाएपछि चालू आर्थिक वर्षमा अमेरिकी डलर सञ्चितिमा कमी आएको छ।

२०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ५.२ प्रतिशतले कमी आई २०७५ असोज मसान्तमा ९ अर्ब ५६ करोड रुपैंया बराबरको डरल रहेको नेपाल राष्ट्र बैंकले जानाकारी गराएको छ।

अमेरिकी डलर सञ्चितिमा कमी आए पनि कुल विदेशी मुद्रा सञ्चितिमा भने १ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको असोजसम्मको तथ्याङ्क जारी गर्दै चालू आर्थिक वर्ष सुरु हुँदा रु.११ खर्ब २ अर्ब ५९ करोडबाट १.७ प्रतिशतले वृद्धि भई २०७५ असोज मसान्तमा रु.११२० अर्ब ९२ करोड पुगेको जानाकारी गराएको हो।

सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तको रु.९ खर्ब ८९ अर्ब ४० करोडको तुलनामा २०७५ असोज मसान्तमा रु. २४ करोडले वृद्धि भई रु.९ खर्ब ८९ अर्ब ६४ करोड छ।

अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.१ खर्ब १३ अर्ब १९ करोड रहेकोमा २०७५ असोज मसान्तमा १६ प्रतिशतले वृद्धि भई रु.१ खर्ब ३१ अर्ब २८ करोड पुगेको छ। २०७५ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.२ प्रतिशत रहेको छ।

विदेशी मुद्रा संचिति बढाउन सरकारले रणनीति अपनाउन थालेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल बताउँछन्। उनका अनुसार नेपाल राष्ट्र बैंकले अहिले तेस्रो मुलुकबाट अमेरिकी डलर ४० हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा भन्दा बढीको सामान आयात गर्दा अनिवार्य रुपमा प्रतीतपत्रमार्फत् गर्नुपर्ने व्यवस्था रहेकोमा सो सीमा घटाई अमेरिकी डलर ३० हजार कायम गरेको छ।

सञ्चिती बढाउन रणनीति
पूर्वाधार परियोजनाहरुमा भित्रिने विदेशी लगानीलाई राष्ट्र बैंकमा छुट्टै कोषमा जम्मा गरी हेजिङ सुविधा उपलब्ध गराउने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंक हेजिङ्ग नियमावली, २०७५ को मस्यौदा नेपाल सरकार समक्ष पेश गरिएको छ। विदेश (भारत बाहेक अन्य मुलुकहरुको) भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी वापत प्रत्येक पटक बढीमा अमेरिकी डलर २ हजार ५०० वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा सटही सुविधा दिइने व्यवस्था रहेकोमा उक्त सुविधा सीमा अमेरिकी डलर १,५०० कायम गरिएको छ।

नेपाल सरकारले जारी गरेको ट्राभल डकुमेण्टको आधारमा विदेश भ्रमणमा जानुपर्दा राहदानी सुविधा माग गर्नेहरूलाई स्थलगत मार्ग प्रयोग गरे बढीमा अमेरिकी डलर १,००० वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा सटही सुविधा दिइने व्यवस्था रहेकोमा उक्त सुविधा सीमा अमेरिकी डलर ५०० कायम गरिएको उनले पौडलेलले जानाकारी गराए।

प्रकाशित १२ मंसिर २०७५, बुधबार | 2018-11-28 18:20:13
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...