राजश्व संकलनमा भ्याट-कमीको निरन्तरता, बस्तु बिक्रीतर्फको भ्याट नकारात्मक



अर्थमन्त्रालय
अर्थमन्त्रालय

चालू आर्थिक बर्ष (आब) राजश्व संकलनमा भ्याट बापतको रकम संकलन सुधार आउन सकेको छैन।

उद्योगीहरुलाई दिइँदै आएको भ्याट फिर्ता कार्यक्रम यो बर्षदेखि हटाउँदा समेत चालू आबमा भ्याट बापत रकम संकलन बृद्धि गत बर्ष भन्दा निकै कमजोर देखिएका हो।

आलू आबको कार्तिकसम्ममा सरकारले २ खर्ब ५३ अर्व ९७ करोड रुपैयाँ संकलन गरेको छ। गत वर्षको तुलनामा भण्डै ३० प्रतिशतले राजश्व बृद्धि पनि भएको छ।

तर भ्याट मार्फतको रकम भने अझै कमजोर रहेको आन्तरिक राजश्व विभागको तथ्याङ्कले देखाएको हो।

विभागको तथ्याङ्क अनुसार कार्तिकसम्ममा सरकारले भ्याटमार्फत् ८८ रुपैयाँ संकलन गर्नुपर्ने थियो। तर ८० अर्ब ४३ करोड रुपैयाँ मात्रै संकलन हुनसक्यो।

यो अवधिको मात्रै तथ्याङ्क हेर्ने हो भने भण्डै ८ अर्ब रुपैयाँ संकलनमा कमी आएको देखिन्छ। आन्तरिक तर्फको भ्याट अर्थात् उत्पादन बिक्री तथा सेवा मार्फत्को भ्याटमा डरलाग्दो स्थिति देखिएको छ। लक्ष्य भन्दा ४ अर्ब रुपैयाँ कमी आएको देखिएको छ।

जम्मा २८ अर्ब रकम मात्रै उत्पादन बिक्री तथा सेवातर्फ संकलन भएको देखिन्छ।

अझ यसलाई पनि शीर्षकगत रुपमा हेर्ने हो भने वस्तु बिक्रीतर्फको भ्याट बृद्धिदर नकरात्मक भएको छ। सून्य दशमलव ८२ ऋणात्मक देखिएको छ। यही अवधिमा गत वर्ष यसको बृद्धिदर २७ प्रतिशत थियो।

त्यस्तै उत्पादनमार्फत् संकलन हुने भ्याट पनि ४ प्रतिशतले मात्रै बृद्धि भएको छ। गत वर्ष यही अवधिमा यसको बृद्धिदर ३९ प्रतिशत रहेको थियो।

अन्य शीर्षकतर्फको भ्याट भने उत्साहजनक नै देखिएको छ। पर्यटनमा १५ प्रतिशतको बृद्धिदर रहेको छ भने विमा, सूचना प्रविध लगायत अन्यमा २९ प्रतिशतको बृद्धि देखिएको छ।

असोजसम्मको राजश्वको संकलनको लक्ष्य ६९ अर्ब २९ करोड रुपैयाँ थियो। तर, ६५ अर्ब १६ करोड रुपैयाँ मात्रै संकलन भएको छ।

चालू आबका लागि भ्याटबापत २४ अर्ब ८२ करोड रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा २० अर्ब ७८ करोड रुपैयाँमात्र संकलन भएको थियो। लक्ष्य गरिएभन्दा ४ अर्ब ४ करोड रुपैयाँ कम भ्याट संकलन भएको हो।

असोज सम्मको भ्याट संकलन विवरणबारे नेपालखबरले आन्तरिक राजश्व विभागको महानिर्देशक विष्ण नेपाललाई जिज्ञाशा राख्दा उनले कात्तिकमा सुधार आउने बताएपनि सुधारको लक्षण देखिएको छैन।

आन्तरिक तर्फको भ्याट संकलन कमजोर हुनुका पछाडि बजार अनुगमन फितलो हुनु मुख्य कारण रहेको अर्थमन्त्रालकी सहसचिव चन्द्रकला पौडेल बताउँछिन्।

प्रकाशित १० मंसिर २०७५, सोमबार | 2018-11-26 19:43:40
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...