हायात हत्याउने सञ्चालकका प्रतिनिधि छानविन समितिमा राख्न प्रस्ताव



हायात हत्याउने योजनाकार राधेश्याम सराफ (बीच) र उनका दुई छोराहरू
हायात हत्याउने योजनाकार राधेश्याम सराफ (बीच) र उनका दुई छोराहरू

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी साझेदारले चलखेल गरी हायात होटलको शेयर हत्याएको विषयमा छानविनको तयारी गरेको छ।

मन्त्रालयले तयार पारेको पाँच सदस्यीय छानविन समितिमा सरकारले यसअघि छानविन गरी दोषी ठहर गरेका सेयर हत्याउने निजी साझेदारका प्रतिनिधि समेत राख्न प्रस्ताव गरिएको हो।

पर्यटन मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन गर्ने प्रस्ताव गरिएको समितिमा तारागाउँ विकास समिति, होटल सञ्चालन समितिका एक प्रतिनिधि, कानुन मन्त्रालयका प्रतिनिधि र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका प्रतिनिधि सदस्य रहने छन्।

‘जसले यसअघि अनियमितता गरेको भनेर सरकारी छानविनले देखाइसकेको छ। अहिले छानविन समितिमा तिनकै प्रतिनिधि समेत राख्न प्रस्ताव गरिएको छ’, पर्यटन मन्त्रालय स्रोतले नेपालखबरसँग भन्यो।

पर्यटन मन्त्रालय अन्र्तगतको तारागाउँ विकास समितिले आफ्नो जग्गा कम्पनीलाई उपलब्ध गराउँदा हायात होटलमा सरकारको ३९.७७ प्रतिशत सेयर हिस्सा थियो। निजी साझेदारहरुले योजनाबद्ध रुपमा होटललाई निरन्तर घाटामा देखाइ तारागाउँको सेयर घटाउँदै जाँदा अहिले सरकारको स्वामित्व ९.०१ प्रतिशतमा खुम्चिन पुगेको छ। सरकारले बिक्री गरेको कम्पनीको अधिकांश सेयर गैरकानुनी रुपमा निजी साझेदारको नाममै पुग्दा समेत सरकार रहस्यमय रूपमा मौन रहँदै आएको छ।

पछिल्लो समय सो कम्पनीले राजनीतिक वृत्तमा सेयर लगायतका विषयमा लविङ गर्नका लागि सत्तारूढ नेकपाका नेता तथा पूर्व राज्यमन्त्री जितु गौतमलाई मोटो रकम दिएर परामर्शदातामा नियुक्त गरेको छ।

निजी सञ्चालकको चलखेलमा सञ्चालक समिति सदस्यको संख्या ७ बाट बढाएर ११ पुर्याइएको छ भने सरकारी प्रतिनिधित्वमा संख्या तीनबाट घटाएर १ मा झारिएको छ। हाल सञ्चालक समितिमा निजी साझेदारका परिवारका सात जना सदस्य रहेका छन्। विज्ञ तथा सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने तीन सदस्य पनि निजी साझेदारकै अनुकूल छन्।

निजी र सार्वजनिक साझेदारी अन्र्तगत सञ्चालनमा आएको सो कम्पनीमा सरकारी सेयर घटेको विषयमा छानविन गर्न यसअघि गठित समितिलाई होटलका निजी सञ्चालकले असहयोग गरेका थिए। पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटाले हायात होटलको सेयर निजी साझेदारहरुले हत्याएको विषयमा सरकारले उच्च स्तरीय छानविनको तयारी गरेको बताएका थिए। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार (७ मंसीर) मा भएको बैठकमा सचिव देवकोटाले साउन महिनामै छानविन गर्न पठाएको उल्लेख गरेका थिए।

‘सरकारले जग्गा राखेर सेयरमा लगानी गरेको हो, जग्गाको भाउ आकासिंदै जाने तर सेयर घट्ने कसरी हुन्छ, आश्चर्यजनक छ,’ देवकोटाले बैठकमा भने, ‘यस विषयमा उच्चस्तरीय छानविनका लागि मन्त्रालयले साउनमै मन्त्रिपरिषदमा प्रस्ताव पठाइसकेको छ।’

समितिको बैठकमा होटलका निजी साझेदारहरु राधेश्याम सराफ र रामलाल श्रेष्ठ परिवारले सेयर संरचनामा चलखेल गरेर ३९.७७ प्रतिशतबाट र ९.०१ प्रतिशतमा झारेको विषयमा संसदीय समितिले चासो व्यक्त गरेको हो।

पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगतको तारा गाउँ विकास समितिले आफ्नो स्वामित्वमा रहेको जग्गा तारागाउँ रिजेन्सी होटललाई दिएको थियो।

संसदको सार्वजनिक लेखा समितिले पनि तारागाउँका विषयमा चासो देखाएको छ। सो समितिका सभापतिले महालेखा नियन्त्रण कार्यालयको प्रतिवेदनले औंल्याएको विषयमा छानविन हुने बताएका छन्।

हायात हत्याउने श्रेष्ठ परिवारका याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

हायात हत्याउने श्रेष्ठ परिवारका याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

कस्तो हो अनियमितता?
सार्वजनिक–निजी साझेदारी अन्र्तगत २०४९ सालमा स्थापना भएको होटल हायातमा पर्यटन मन्त्रालयको तारागाउँ विकास समितिको १७ करोड तथा निजी साझेदार (राधेश्याम सराफ र रामलाल श्रेष्ठ परिवार) को २५ करोड ७५ लाख गरी ४२ करोड ७५ लाख रुपैयाँ लगानी गरिएको थियो।

कूल लगानीमध्ये निजी साझेदारको ६०.२३ प्रतिशत र सरकारको ३९.७७ प्रतिशत थियो। अहिले यो होटल फैलिएको एक सय ५० रोपनी जग्गाको मूल्य मात्रै २० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

तर सेयर संरचनामा भएको चलखेलका कारण सरकारी स्वामित्व ९.०१ प्रतिशतमा खुम्चिन पुगेको छ।

यसको ठिक विपरीत निजी लगानीकर्ता (प्रत्यक्ष र उनीहरुको लगानीमा रहेको कम्पनीसमेत) को स्वामित्व बढेर ६१.३६ प्रतिशत पुगेको छ। यसमा राधेश्याम सराफको १२.२५ प्रतिशत, आइसिटिसी प्रालिको ७.८९ प्रतिशत, आइसिटिसी होल्डिङ्स (उमेशलाल श्रेष्ठ र सुरेश लाल श्रेष्ठ) को १०.०९, डोमिनियन इन्भेस्टमेन्ट लिमिटेड हङकङ (सराफ परिवार) को २१.६०, डोमिनियन इन्भेस्टमेन्ट लिमिटेड (बिभिआइ र सराफ परिवार) को ९.५३ र तारागाउँ विकास समितिको ९.०१ प्रतिशत छ।

बाँकी सर्वसाधारण र अन्यको ३२.५ प्रतिशत रहेको छ। अन्य भनेको को को, हुन्, खुलाइएको छैन। हाल यो कम्पनीको चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ छ।

पर्यटन मन्त्रालयले तारागाउँ विकास समितिका अध्यक्षको संयोजकत्वमा गठन गरेको छानविन समितिले पनि निजी साझेदारहरुले अस्वभाविक नोक्सानी देखाएर चलखेल गरेको निष्कर्ष निकालेको थियो।

सो कम्पनीको बोर्डमा सरकारी प्रतिनिधिलाई घटाएर एक सदस्यमा सीमित गरिएपछि तारागाउँ विकास समितिले प्रतिनिधि पठाएको छैन।

सो कम्पनीको सञ्चालक समिति पूरै श्रेष्ठ तथा सराफ परिवारको कब्जामा पुगेको छ। कम्पनीको ११ सदस्यीय सञ्चालक समितिमा श्रेष्ठ तथा सराफ परिवारका सात र उनीहरुले भनेको मान्ने तीन गरि दश प्रतितिधि रहेका छन्।

पढ्नोस्, हायात हत्याउने प्रकरण सम्बन्धी थप रिपोर्टः

१. हायात हत्याउन सराफ-श्रेष्ठको खेल: सरकारको अख्तियारी नाघेर अंगुरबाबाद्वारा हस्ताक्षर

२. हायात हत्याउन सराफ–श्रेष्ठको खेलः सञ्चालककै कम्पनीबाट दाेब्बर मूल्यमा सेवा खरिद

३. हायात हाेटल सञ्चालक समिति कसरी पुग्यो सराफ-श्रेष्ठको कब्जामा?

४. हायात होटलमा जागिर खान किन गए नेकपा नेता, पूर्व राज्यमन्त्री गौतम?

५. होटल हायातकाे २० अर्बको सम्पत्ति हत्याउने दाउमा सराफ र श्रेष्ठ

६. सराफ–श्रेष्ठले हायात हत्याएको प्रकरण संसद प्रवेश

 

 

प्रकाशित १० मंसिर २०७५, सोमबार | 2018-11-26 10:31:46
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...