वाइडबडी खरिद प्रकरण: ८ मेट्रिकटन कम तौलकाे विमान खरिद गरेकाे खुलासा



वाइडबडी विमानलार्इ 'वाटर वेभिंग' गरिँदै। तस्विर: प्रविन काेइराला
वाइडबडी विमानलार्इ 'वाटर वेभिंग' गरिँदै। तस्विर: प्रविन काेइराला

नेपाल वायूसेवा निगमले खरिद गरेको वाइडबडी विमानको तौल शंकास्पद देखिएको छ। निगमले २४२ मेट्रिकटनको वाइडबडी विमान खरिद गर्न खोजे पनि विक्रेता कम्पनीको सल्लाहमा २३० मेट्रिकटन तौल भएको विमान खरिद गरिएको निगममा प्रवन्ध निर्देशक सुगतरत्न कंशाकारले स्विकारेका हुन्।

अाइतबार बसेको सार्वजनिक लेखा समिमितिको बैठकमा कंसाकारले एयरबस ३३०–२०० सिरिजका दुईवटा ८ टन बढीको वाइडबडी विमानको कुरा भएपनि २३० टनको विमानमा सम्झौता भएको बताएका हुन्।

निर्यातकर्ता कम्पनीले ग्लोवल टेण्डरमा समेत २४२ र २३० टन दुबै उल्लेख गरेको र त्यसको मुल्य पनि एउटै तोकिएको उनले बताए। तर नेपालको लागि २३० टनको विमान नै उपयुक्त हुने सो कम्पनीले सिफारिस गरेकोले उक्त विमान खरिद सम्झौता भएको उनले बताए।

तर यसमा कुनै किसिमको घोटाला भने नभएको उनले दाबी गरे। विमान उत्पादक एयरबससँग पनि उक्त तौलको बारेमा छलफल भएकाे र नेपालको लागि थोरै तौलको नै उपयूक्त हुने पनि उनले दाबी गरे। उनका अनुसार नेपालले कम तौलको विमान खरिद गरेर संचालनमा ल्याएको खण्डमा लागत खर्च कम लाग्ने सुझाव विमान उत्पादक कम्पनीको थियो।

पहिलाे वाइडबडी विमान असार १४ र दोस्रो विमान साउन १० गते फ्रान्सको तुलुजबाट नेपाल ल्याइएको हो।

वाइडबडी विमान नेपाल आइपुग्नु पहिले महालेखापरीक्षकको ‘५५ औं वार्षिक प्रतिवेदन २०७४’मा विमान खरिद प्रक्रिया कानुनसम्मत नभएको उल्लेख थियो। नेपाल वायुसेवा निगमको विनियमावली २०६५ को विनियम २३६(१) अनुसार नयाँ विमान खरिद गर्न विमान कम्पनीहरुसँग मात्र प्रतिस्पर्धा गर्नुपर्ने प्रावधान रहेको छ। सो प्रक्रिया नअपनाई निगमले विमान खरिद गर्न बोलपत्र आह्वान गरेको महालेखा परिक्षकले आरोप लगाएको छ।

बोलपत्र आह्वान गर्दा पुरानो वा नयाँ कुन विमान खरिद गर्ने भन्ने उल्लेख नै नगरी १ हजार घण्टा उडान ननाघेको भनी पुरानो विमान खरिद गर्ने योजनाका साथ बोलपत्र आह्वान गरेको महालेखाको प्रतिवेदमा उल्लेख छ। ‘पुरानो विमान खरिद गर्ने प्रक्रियामार्फत नयाँ विमान खरिद सम्झौता गरेको थियो, जुन कानुनसम्मत भएको देखिएन’, प्रतिवेदनमा उल्लेख छ।

निगमले वाइडबडी विमान खरिद गर्दा प्रति विमान अमेरिकी डलर १० करोड ४८ लाखका दरले २ विमान खरिद गर्न २० करोड ९६ लाख अमेरिकी डलरमा एएआर कर्पोरेसनमार्फत् सम्झौता गरेको थियो। विमान खरिदको लागि २०७३ फागुनमा अमेरिकी डलर १० लाख र २०७४ असार ५ मा अमेरिकी डलर ७ करोड ९० लाख गरी ८ करोड पेस्की दिएको थियो। बाँकी रकम भने निगमले विमान नेपाल ल्याउनुभन्दा केही दिन पहिले भुक्तानी गरेको हो।

२७४ सिट क्षमताको नयाँ विमानमा १८ बिजनेस सिट र २५६ इकोनोमिक सिट रहेका छन्। सम्झौता अनुसार विमानमा रोएस ट्रेन्ट ७७२ बी इन्जिन जडान भएको छ। बिक्रीपश्चातको मेन्टिनेन्स सेवा तथा पार्टपुर्जा आपूर्तिमा हनुसक्ने उपलब्धि, तालिम, प्राविधिक सहयोग र वारेन्टी जस्ता पक्षलाई महत्व नदिइ एएआर कर्पोरेसनमार्फत एयरबस विमान खरिद गर्ने सम्झौता कानुनसम्मत नभएको महालेखाले स्पष्ट पारेको छ।

लेखा समितिकाे बैठकमा समितिका सभापति भरत शाहले बैठकको सुरुवातमै नेपाल वायुसेवा निगमको वाइडबडी खरिद गर्दा साढे ६ अर्ब घोटाला भएको देखिएको बताएका थिए। यस्तै सांसदहरु मिनेन्द्र रिजाल, हृदेश त्रिपाठी, लेखराज भट्ट, विरोध खतिवडाले खरिद प्रक्रिया तथा व्यवस्थापनको बारेमा प्रश्न गरेका थिए। उनीहरुले सिधै उत्पादक कम्पनीसँग खरिद गर्न नसक्दा बिचको कम्पनीले नाफा गरेको आशंका गरेका थिए।

निगमले उभ्याएको विवादास्पद बिक्रेता हाईफ्लाई एक्स आयरल्याण्डले सो जहाज आफूले किनेर निगमलाई बेचेको भए प्रमाणपूर्जा पनि निगमलाई हस्तान्तरण हुनुपर्ने सांसदहरुकाे तर्क छ। तर प्रमाणपूर्जामा बिक्रेता कम्पनी हाई फ्लाई एक्स र क्रेता कम्पनी नेपाल वायुसेवा निगम दुबै कम्पनीको छापविना दुबै संस्थाका प्रतिनिधिहरुको नाम कम्प्युटर टाइप पनि नगरी हातैले लेखिएको उनीहरुको भनाई थियो।

प्रकाशित ९ मंसिर २०७५, आइतबार | 2018-11-25 18:46:12
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...