सराफ–श्रेष्ठले हायात हत्याएको प्रकरण संसद प्रवेश



हायात हत्याउने योजनाकार राधेश्याम सराफ (बीच) र उनका दुई छोराहरू
हायात हत्याउने योजनाकार राधेश्याम सराफ (बीच) र उनका दुई छोराहरू

संसदको सार्वजनिक लेखा समितिले निजी साझेदारले चलखेल गरी हायात होटलको शेयर हत्याएको विषयमा छानविन गर्ने भएको छ। लेखा समितिले हायात होटल सञ्चालन गर्ने तारागाउँ रिजेन्सी होटल्सको शेयर स्वामित्वका विषयमा छानविन गर्न लागेको हो।

लेखा समितिका सभापति भरत शाहले तारागाउँका विषयमा छानविन हुने बताए।

‘तारागाउँको शेयरको विषयमा महालेखाको प्रतिवेदनले समेत औंल्याएको छ, यो विषयमा लेखा समितिमा समेत उजुरी परेको छ,’ शाहले नेपालखबरसँग भने, ‘यस विषयमा छलफल र छानविन हुन्छ।’

लेखा समितिमा मंगलबार भएको बैठकमा नेपाल वायु सेवा निगमको वाइडवडी विमान खरिद प्रकरण, स्वदेशमा अन्तःशुल्क स्टिकर र हायात रेजेन्सी होटलमा भएको अनियमिताबारे छलफल भएका थियो।

जसमा वाइडबडी विमानको विषयमा बयानका लागि पर्यटन सचिव कृष्ण देवकोटा, निगमका कार्यकारी अध्यक्ष मदन खरेल र महाप्रबन्धक सुगतरत्न कंसाकारलाई बोलाउने निर्णय भएको छ।

‘हामीसँग आएका विषयमा एक एक गरि छलफल र छानविन हुन्छ,’ शाहले भने ।

पर्यटन मन्त्रालयअन्र्तगतको तारागाउँ विकास समितिले आफ्नो जग्गा कम्पनीलाई उपलब्ध गराउँदा हायात होटलको ३९.७७ प्रतिशत शेयर प्राप्त गरेको थियो। निजी साझेदारहरुले योजनाबद्ध रुपमा होटललाई निरन्तर रुपमा घाटामा देखाएर तारागाउँको शेयर घटाउँदै जाँदा अहिले सरकारको स्वामित्व ९.०१ प्रतिशतमा खुम्चिन पुगेको छ। सरकारले बिक्री गरेको कम्पनीको अधिकांश शेयर गैरकानुनी रुपमा निजी साझेदारको नाममै पुगेको हो।

पछिल्लो समय सो कम्पनीले राजनीतिक वृत्तमा शेयर लगायतका विषयमा लविङ गर्नका लागि नेकपाका नेता तथा पूर्व राज्यमन्त्री जितु गौतमलाई मोटो रकम दिएर परामर्शदातामा नियुक्त गरेको छ।

कस्तो हो अनियमितता?
सार्वजनिक–निजी साझेदारीअन्र्तगत २०४९ सालमा स्थापना भएको हायातमा पर्यटन मन्त्रालयको तारागाउँ विकास समितिको १७ करोड तथा निजी साझेदार (राधेश्याम सराफ र रामलाल श्रेष्ठ परिवार) को २५ करोड ७५ लाख गरी ४२ करोड ७५ लाख रुपैयाँ लगानी गरिएको थियो।

कूल लगानीमध्ये निजी साझेदारको ६०.२३ प्रतिशत र सरकारको ३९.७७ प्रतिशत थियो। अहिले यो होटल फैलिएको एक सय ५० रोपनी जग्गाको मात्रै २० अर्ब रुपैयाँभन्दा माथि मूल्य पुगेको छ। तर शेयर संरचनामा भएको चलखेलको कारण सरकारी स्वामित्व ९.०१ प्रतिशतमा खुम्चिन पुगेको छ। सुरूमा ४० प्रतिशत शेयर स्वामित्व रहेको सरकारको लगानी घटेर ९.०१ प्रतिशतमा झरेको हो।

यसको ठिक बिपरित निजी लगानीकर्ता (प्रत्यक्ष र उनीहरुको लगानीमा रहेको कम्पनीसमेत) को स्वामित्व बढेर ६१.३६ प्रतिशत पुगेको छ। यसमा राधेश्याम सराफको १२.२५ प्रतिशत, आइसिटिसी प्रालिको ७.८९ प्रतिशत, आइसिटिसी होल्डिङ (उमेशलाल श्रेष्ठ र सुरेश लाल श्रेष्ठ) को १०.०९, डोमिनियन इन्भेस्टमेन्ट लिमिटेड हङकङ (सराफ परिवार) २१.६०, डोमिनियन इन्भेस्टमेन्ट लिमिटेड (बिभिआइ र सराफ परिवार) को ९.५३ र तारागाउँ विकास समितिको ९.०१ प्रतिशत छ।

बाँकी सर्वसाधारण र अन्यको ३२.५ प्रतिशत रहेको छ। अन्य भनेका को हुन् खुलाइएको छैन। हाल यो कम्पनीको चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ छ।

पर्यटन मन्त्रालयले तारागाउँ विकास समितिका अध्यक्षको संयोजकत्वमा गठन गरेको छानबिन समितिले पनि निजी साझेदारहरुले अस्वभाविक नोक्सानी देखाएर चलखेल गरेको निष्कर्ष निकालेको थियो। सो कम्पनीको बोर्डमा सरकारी प्रतिनिधिलाई घटाएर एक सदस्यमा सिमित गरिएपछि तारागाउँ विकास समितिले प्रतिनिधि पठाएको छैन।

सो कम्पनीको सञ्चालक समिति पूरै श्रेष्ठ तथा सराफ परिवारको कब्जामा पुगेको छ। कम्पनीको ११ सदस्यीय सञ्चालन समितिमा श्रेष्ठ तथा सराफ परिवारका सात र उनीहरुले भनेको मान्ने तीन गरि दश प्रतितिधि रहेका छन्।

हायात हत्याउने प्रकरणमा नेपालखबरकाे निरन्तर फलाेअप:

१. हायात हत्याउन सराफ-श्रेष्ठको खेल: सरकारको अख्तियारी नाघेर अंगुरबाबाद्वारा हस्ताक्षर

२. हायात हत्याउन सराफ–श्रेष्ठको खेलः सञ्चालककै कम्पनीबाट दाेब्बर मूल्यमा सेवा खरिद

३. हायात हाेटल सञ्चालक समिति कसरी पुग्यो सराफ-श्रेष्ठको कब्जामा?

४. हायात होटलमा जागिर खान किन गए नेकपा नेता, पूर्व राज्यमन्त्री गौतम?

५. होटल हायातकाे २० अर्बको सम्पत्ति हत्याउने दाउमा सराफ र श्रेष्ठ

प्रकाशित ५ मंसिर २०७५, बुधबार | 2018-11-21 19:09:51
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...