कपडा उद्योगीसँग अर्थमन्त्रीले ‘मागे’ १० दिन



अर्थमन्त्री डा. युवराज खतिवडाले कपडा उद्योगका समस्या समाधान गर्न १० दिनको समय मागेका छन्।

अर्थमन्त्री डा. खतिवडा र नेपाल कपडा उद्योग संघबीच आइतबार भएको वार्तामा अर्थमन्त्रीले सो समय मागेका हुन्। वार्ता सकारात्मक भएको वार्तामा सहभागी उद्योगीहरुले बताएका छन्। 

कपडा उद्योगमा भन्सार मूल्याङ्कनको समस्या, भ्याट फिर्ता, अबैध आयतसँग प्रतिस्पर्धा गर्नुपर्ने जस्ता समस्या रहेका भन्दै हिजोदेखि देशभरका कपडा उद्योग बन्द भएका छन्।

ललितपुरका सांसदहरु पम्फा भुसाल, नवराज सिलवाल, विष्णु महर्जन तथा लालकाजी महर्जनको सहयोगमा वार्ता भएको हो। भ्याट फिर्ता, बहु भ्याट प्रणाली जस्ता समस्या सम्बोधन गर्न मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने भएकाले १० दिनको समय माग गरिएको नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल महर्जनले नेपालखबरलाई जानकारी गराए।

अर्थमन्त्रीले उद्योगीलाई दिइएको सहुलियत केहीले गलत प्रयोग गर्नेसक्ने बताएका थिए। सँधै रुग्ण भन्दै फाइदा लिने किसिमको वातावरण नबनोस् भन्ने अर्थमन्त्रीको भनाई थियो।

अर्थमन्त्रीको सकारात्मक भनाई पछि अहिले नेपाल पकडा उद्योग संघको बैठक बसिरहेको छ। अध्यक्ष प्रधानका अनुसार सबै उद्योगीहरु उद्योग संचालन गर्ने मनसायमा देखिएका छन्।

चालू आर्थिक वर्ष २०७५।०७६ को बजेट र आर्थिक ऐन मार्फत सरकारले उद्योगीहरुलाई दिँदै आएको भ्याट फिर्ता हटाएको थियो। सर्वसाधारणले तिरेको भ्याट उद्योगीहरुले नै पाउनु पर्ने लगायतका माग राख्दै उद्योगीहरु हिजोदेखि आन्दोलित भएका हुन्।

अहिले देशभर रहेका दुई सय ५० वटै कपडा उद्योग बन्द छन्। उद्योगहरु बन्द हुँदा ५० हजार कामदार बेरोजगार बनेका छन् भने उनीहरुसँग आश्रित करिब २ लाख ५० हजार जनसंख्या प्रभावित बनेका छन्।

प्रकाशित २ मंसिर २०७५, आइतबार | 2018-11-18 19:26:02
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...