Exclusive

हस्तकला व्यापार मेलाको दोश्रो दिनः जर्मन र भारतका राजदूतद्वारा अवलोकन



भृकुटिमण्डपमा जारी १६औं हस्तकला व्यापार मेलाको दोश्रो दिन नेपालका लागि जर्मन राजदूत रोनाल्ड स्काफर र भारतका राजदूत मन्जीभ सिंह पुरीले मेला अवलोकन गरेका छन्।

जर्मन राजदूत स्काफरले मेला अवलोकन पश्चात छोटो मन्तव्य दिँदै नेपाली हस्तकलाको व्यापार स्थानिय बजारमा मात्र सिमित नभई युरोपियन तथा अन्तर्राष्ट्रिय बजारमा परिचित गराउन सके यसले व्यापक रुपमा बजार लिन सक्ने क्षमता रहेको र यसले नेपाली दैनिक जन जीवनमा समेत सकारात्मक असर पार्ने कुरा व्यक्त गरे।

त्यसगरी मित्र राष्ट्र भारतका राजदूत मन्जीभ सिंह पुरीले पनि मेला अवलोकन गर्दै नेपाली हस्तकलाको विकास प्रसंसा योग्य रहेको बताए। यो क्षेत्र परम्परागत कलाकारितामा मात्र सिमित नभई व्यवसायिकता तर्फ पनि उन्मूख भइरहेको भन्दै उनले नेपाली र भारतीय जनताको मैत्रीपूर्ण सम्बन्धमा कला र संस्कृतिको अत्यन्तै ठूलो महत्व रहेको बताए।

आज मेलाको थप आकर्षणको रुपमा अमूर्त साँस्कृतिक सम्पदा अन्तरगत नृत्य प्रदर्शनीको क्रममा मेला स्थलमा चर्या नृत्य, पञ्च बुद्ध नृत्य र फ्यूजन म्युजिक मञ्चन गरिएको थियो।

त्यसैगरी आजको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा ७० वर्ष नाघेका दश जना वरिष्ठ तथा जेष्ठ कलाकारहरुलाई ताम्रपत्र र सगुन सहित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवाणी राणा र महासंघका अध्यक्ष धर्म राज शाक्यले सम्मान गरेका थिए।

 

प्रकाशित २९ कार्तिक २०७५, बिहिबार | 2018-11-15 20:52:21
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

  • सर जिम र्‍याटक्लिफे

    बेलायतका सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

    युरोपेली संघबाट बेलायत अलग्गिने (ब्रेक्जिट) दिन नजिकिइरहेका बेला बेलायतकै सबैभन्दा धनी एक व्यक्ति भने आफ्नो व्यवसाय र सम्पत्तिसहित अर्कै देश सर्न...

  • केपी शर्मा ओली र कमल थापा

    कमल थापासँग ओलीले भने: ‘कांग्रेसले धोका दिन्छ है’ भनेको थिएँ, नपत्याउँदा नराम्रोसँग हार्नुभयो

    ‘गन्तव्य भए पो कम्पास काम लाग्छ, तर कांग्रेसको गन्तव्य नै छैन, कम्पासले कहाँ जाने भन्ने बाटो देखाउँछ, कहाँ जाने भन्ने नै थाहा नभएपछि कम्पासको के काम?’