Exclusive

निगमलाई वाइडबडीबाट डेढ महिनामा ४९ करोड घाटा



नेपाल वायुसेवा निगमलार्इ वाइडबडी विमान सञ्चालनमा आएयता ४९ करोडको हाराहारीमा घाटा भएको छ।

दुर्इवटा वाइडबडी ३३०–२०० विमान घाटामा सञ्चालन हुँदै आएका छन्। निगमले पहिलो वाइडबडी विमान अगष्ट १ देखि र दोस्रो वाइडबडी अगष्ट २४ बाट सञ्चालनमा ल्याएकाे हाे।

यी दुई विमान सञ्चालनमा आउँदा निगमकाे आम्दानी २६ करोड रुपैयाँ भएको छ भने ७५ करोड रुपैयाँ खर्च भएको छ। यो तथ्याङ्क अगष्ट १ देखि सेप्टेम्बर १५ सम्म डेढ महिनाकाे हो।

जापान, कोरिया र साउदी अरब लगायतका देशमा उडान गर्ने उद्देश्य सहित खरिद गरिएका यि विमान योजना अनुरुप सञ्चालनमा आउन नसक्दा घाटामा गएको निगमका अध्यक्ष मदन खरेल बताउँछन्।

वाइडबडी विमान सञ्चालनमा मात्र घाटा हैन निगम आफै पनि घाटामा छ। निगमसँग पूँजी लगानी तीन अर्ब १० करोड रुपैयाँ रहेको छ भने ३२ अर्ब कर्जा छ। कर्जा रकम धेरै भएकाले निगम घाटामा सञ्चालन हुँदै आएको हाे। त्यसैले निगमलाई पब्लिक मोडेलमा लाने गरी तयारी भइरहेको अध्यक्ष खरेलले बताए।

निगमले हाल अन्तर्राष्ट्रिय ८ गन्तव्यमा उडान गर्दै आएको छ। यीनै गन्तव्यमा वाइडबडीले हालसम्म उडान गर्दै आएका छन्। निगमको हाल बोइङ ७५७, दुई–दुईवटा एयरबस ३२०, एयरबस ३३० विमानबाट हङकङ, क्वाललाम्पुर, बैंकक, दोहा, दुबई, दिल्ली, बैङलोर र मुम्बईमा हप्तामा ३९ उडान हुँदै आएको छ।

निगमले अन्तर्राष्ट्रिय उडानको ११ प्रतिशत हाराहारीमा मात्र बजार ओगटेको छ भने आन्तरिकतर्फ ३ प्रतिशत मात्र बजार ओगटेको अध्यक्ष खरेलले जानकारी दिए। 

निगममा हाल १ हजार १२ स्थायी र करार ४ सय ८३ गरी १ हजार ४ सय ९५ कर्मचारी कार्यरत छन्।

प्रकाशित २९ कार्तिक २०७५, बिहिबार | 2018-11-15 18:35:42
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक र लोकमानसिंह कार्की

    लोकमान–राजनारायणलाई टंगाल पठाएर सूर्यनाथको अपेक्षा?

    अख्तियारमा नियुक्ति पाउन लोकमानसिंह कार्कीले कति रकम खर्च गरेका थिए भन्ने गाइँगुइँ त्यसै चुहिएको छैन। राजनारायण पाठकले अवकाश पाउनासाथ अख्तियारमा...

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

    स्थानीय तह र प्रदेशको करको दर/दायरामा केन्द्र सरकारको नियन्त्रण

    स्थानीय तथा प्रदेश सरकारले उठाएको करको दर र दायराको विषयमा केन्द्र सरकारले एक अध्ययन गरी विभिन्न शीर्षकमा आफूखुसी उठाउँदै आएका करमाथि नियन्त्रण...

  • राजनारायण पाठक

    अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

  • सर जिम र्‍याटक्लिफे

    बेलायतका सबैभन्दा धनी व्यापारी ६ खर्ब कर जोगाउन देश छोड्दै

    युरोपेली संघबाट बेलायत अलग्गिने (ब्रेक्जिट) दिन नजिकिइरहेका बेला बेलायतकै सबैभन्दा धनी एक व्यक्ति भने आफ्नो व्यवसाय र सम्पत्तिसहित अर्कै देश सर्न...