किन भयो असोजमा १७ प्रतिशत आयकर कमी?



अर्थमन्त्रालय
अर्थमन्त्रालय

चालू आर्थिक बर्षमा (आब) मा आयकर संकलन कमजोर देखिएको छ।

असोजसम्मका लागि सरकारले २३ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेपनि २१ अर्ब रुपैयाँ भन्दा बढी आयकर संकलन हुन सकेन।

गत आबको असोजसम्ममा १६ अर्ब ४६ करोड आयकर उठाउने लक्ष राखिएको थियो। त्यसमा ९४ प्रतिशत आकर संकलन भएको थियो।

तर चालू आबको असोजसम्ममा कूल लक्ष्यको ९० प्रतिशतमा झरेको छ।

असोज महिनाको मात्रै तथ्याङ्क हेर्ने हो भने राजश्व संकलन झन् कमजोर देखिएको छ।

गत वर्ष असोज महिनामा ४ अर्ब ४९ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो। तर लक्ष्यभन्दा बढी १ सय १५ प्रतिशत आयकर संकलन हुनसक्यो।

तर, यस बर्ष असोजमा भने लक्ष्यको ८३ प्रतिशत मात्रै आयकर संकलन हुन सकेको छ, जुन लक्ष्य भन्दा १७ प्रतिशत कम हो।

यस अनुसार लक्ष्य अनुसार तुलना गर्दा गत बर्षको भन्दा ३२ प्रतिशतले कम देखिएको छ।

गत आबमा व्यक्तिगत आयकर मात्रै १६ अर्ब १५ करोड रुपैयाँ संकलन भएको थियो।

त्यसमध्ये पारिश्रमिक आयकर १८ अर्ब, सरकारी प्रतिष्ठानबाट ४ अर्ब रुपैयाँ, पब्लिक लिमिटेडहरुबाट ३७ अर्ब, प्राइभेट लिमिटेडबाट ३७ अर्ब र अन्य निकायबाट ७ अर्ब संकलन भएको थियो।

यो वर्ष आन्तरिक आम्दानी् २ अर्ब भन्दा बढी बढाउने लक्ष राखिएपनि भ्याट,आयकर शुल्क जस्ता आम्दानीका मुख्य स्रोतमा सरकारको प्रस्तुति उत्साहजनक रहेको देखिएको छ।

यही कारण सरकारको मुख्य आम्दानीको स्रोत नै भन्सार देखिने परम्परा यो वर्षले पनि निरन्तरता पाउने तथ्याङ्कले संकेत गरेको छ।

चालू आबको असोजसम्म भ्याटबापत २४ अर्ब ८२ करोड रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा २० अर्ब ७८ करोड रुपैयाँमात्र संकलन भएको छ।

यस हिसावले यो अवधिमा लक्ष्य गरिएभन्दा ४ अर्ब ४ करोड रुपैयाँ कम भ्याट संकलन भएको देखिन्छ।

गत आर्थिक वर्षमा पनि भ्याट बापत ७६ अर्ब २७ करोड रुपैयाँमात्रै राजश्व संकलन भएको थियो।

अन्तरिक राजश्व विभाग अन्तर्गतका कर कार्यालयहरुले अनुगमन गरेर बढाउनु पर्ने राजश्व शीर्षकमा पनि प्रगति भएको देखिन्न।

विभागका महानिर्देशक विष्णु नेपालले पनि केही शीर्षकमा राजश्व संकलन कमी भएको स्वीकार गरे।

‘तर भ्याट र आयकर कमी हुनुमा चाड पर्व मुख्य कारण हुन्’ उनले भने, ‘यस बर्ष दशैँ–तिहार केही ढिलो भएकोले कात्तिक महिनाको तथ्याङ्क बढ्नेछ।’

चाडबाडको समयमा हरेक कम्पनीको आय बढ्ने बताउँदै उनले त्यसबापतको कर कात्तिकमा सरकारले प्राप्त गर्ने दावी पनि नेपालले गरे।

प्रकाशित २८ कार्तिक २०७५, बुधबार | 2018-11-14 18:56:37
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...