मुस्ताङको ‘ठमेल’ बन्दैछ मार्फा


Kshamadevi Group


...

२८ वर्ष जापान बसेर मार्फा फर्केका मार्फा प्यालेस होटलका सञ्चालक मोहन सिंह लालचन भन्छन्, ‘धेरैले ‘विदेशमा पैसा कमाइस्, अझै के काम गरिरहेको भनेर जिस्क्याउँछन्, मलाई चाहिँ काम गर्न कहिल्यै छोड्नु हुँदैन भन्ने लाग्छ।’

एक महिना अगाडि मार्फा प्यालेस होटलका सञ्चालक मोहन सिंह लालचनले एक डोको स्याउ बोकेर होटल छिर्दै गरेको फोटो फेशबुकमा पोष्ट गरे र लेखे, ‘एपल खानेभए मार्फातिर आउनुस् है!’

लालचनको यो तस्वीर र स्ट्याटसले धेरै कुरा भन्छ– मार्फामा कसरी मौलिक ढंगले खेतीपाती हुँदैछ र करिब तीन दशक जापानमा मनग्य पैसा कमाएर फर्केका उनी कति दत्तचित्त भएर आफ्नो काममा जुटेका छन्।

हिमाली थकाली संस्कृतिको धनी मुस्ताङको मार्फा विदेशी मात्रै हैन, आन्तरिक पर्यटकीय गन्तव्य बन्दैछ।

विदेशमा रहेका मार्फालीहरू धमाधम या त मार्फा फर्किरहेका छन् नभए यहाँ लगानी बढाइरहेका छन्। नेपालको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य मुक्तिनाथ पुग्ने बाटोमा पर्ने मार्फामा बस्नैपर्ने गरी यहाँ धमाधम पर्यटन पूर्वाधार बनाइँदैछ।

मुस्ताङको सदरमुकाम जोमसोम हो, जहाँ विमानस्थल छ र पोखराबाट उडेका साना साना जहाज हरेक दिन यहाँ ओर्लन्छन्। हवाई जहाजमा आउने ती यात्रु जोमसोममा कमैमात्र बस्छन्। बरु उनीहरु सिधै हानिन्छन् मार्फातिर, जहाँ पुग्न जोमसोमबाट गाडीमा यात्रा गर्दा करिब ४५ मिनेट मात्रै लाग्छ।

समुन्द्री सतहबाट २ हजार ७ सय मिटरको उचाइमा रहेको यो सुन्दर हिमाली बजारमा बस्न कसलाई मन नलाग्ला र!

अन्य धेरै हिमाली गाउँमा धमाधम पक्की घरहरू बनिरहेको अवस्थामा पनि मार्फामा अहिलेसम्म आरसीसी गरिएका भवनहरु देख्न सकिँदैन। बजार छिर्दा काठमाडौं उपत्यकाका पुराना नेवार वस्तीमा पुगेको भान हुन्छ। स्लेट ढुङगा विच्छाइएका गल्ली, सिमेन्ट प्रयोग भएपनि पुरानै शैलीमा निर्माण गरिएका घर मार्फाको आर्किटेक्ट हो। बजारका घरमा चकलेटी र सेतो बाहेक अरु रङ लगाउन पाइँदैन। भित्रि सडकमा चार पाङ्ग्रे गाडी निशेध गरिएको छ।

मार्फा मुस्ताङको पुरानो थकाली वस्ती हो, जहाँ फाट्टफुट्ट दलित समुदायका घर पनि छन्। थकाली भेषभुषा, खानपान र तौरतरिका सायद यहाँ पर्यटकको एउटा मुख्य अकर्षण हो। जोमसोमका थकाली होटलमा खाना खाँदा र बस्दा सामान्य होटलमै बसेको महशुस हुन्छ भने मार्फाका थकाली होटलमा छुट्टै परम्परा र संस्कृतिले आकर्षित गर्छ।

मार्फाका रैथाने थकालीहरूले जीवित राखेको यही परम्परा र संस्कृतिलाई अहिले थप प्रवद्र्धन गर्ने कार्यमा जुटेका छन् विदेशमा रहेका मार्फाली, जसमध्ये केही त मार्फा नै फर्किसकेका छन्।

मार्फा फर्केका एक जना सफल व्यवसायी हुन् मोहन सिंह लालचन, जसले २८ वर्ष जापानमा बिताएका थिए। जापानमा होटल रेस्टुराँ व्यवसाय गरेर अनुभव संगालेका लालचनले चार करोड रुपैयाँ लगानीमा मार्फा प्यालेस होटल संचालनमा ल्याएका हुन्। दुई महिनादेखि संचालनमा आएको यो होटल मार्फाको संभवतः सबैभन्दा स्तरीय होटल हो, जहाँ काठमाडौंका पाँच तारे स्तरको होटल सुविधा उपलब्ध छ।

व्यवसायसँगै समाज सेवामा पनि हात बढाएका लालचनले मार्फा बजार माथिको उजाड डाँडोमा आफ्नै लगानीमा वृक्षरोपण गरिरहेका छन्। दलित तथा आर्थिक अवस्था कमजोर भएका घरहरुमा रंग लगाइदिएका छन्।

‘माथिको डाँडाबाट पूरै मार्फा बजार देखिन्छ, त्यसैले डाँडामा बगैंचा निर्माण गर्ने अभियानमा छु’, लालचन भन्छन्।

मार्फामा होटलसँगै लालचनको आफ्नै स्याउ फार्म पनि छ, जहाँबाट स्वादिलो अग्र्यानिक स्याउ र वाइन उत्पादन हुँदैछ। ‘जोमसोमबाट मुक्तिनाथ जाँदा बाटोमा रहेको मार्फामा नबसी नजाने गरि यो ठाउँको विकास गर्दैछौं’, लालचन भन्छन्, ‘मार्फालाई विश्वमा चिनाउने गरि काम हुँदैछ।’

‘मार्फा आफैमा धनी छ, प्रकृतिक रुपमा मार्फा जस्तो सुन्दर अर्को ठाउँ छ जस्तो नै लाग्दैन मलाई’, आफू जन्मेको ठाउँमा केही गर्नुपर्छ भन्ने दृढतासाथ जापानबाट फर्केको बताउँदै लालचन भन्छन्, ‘धेरैले ‘विदेशमा पैसा कमाइस्, अझै के काम गरिरहेको भनेर जिस्क्याउँछन्, मलाई चाहिँ काम गर्न कहिल्यै छोड्नु हुँदैन भन्ने लाग्छ।’

विदेशमा बसिरहेका मार्फाली पनि अहिले आफ्नो गाउँमा लगानी गर्न थालेका छन्। केहीले गुम्बा निर्माण गर्न सहयोग गरिरहेका छन् भने अन्य केही पर्यटक आकर्षित गर्न पूर्वाधारमा लगानी गर्दैछन्। मार्फालाई मुस्ताङको ‘ठमेल’ अर्थात् पर्यटकीय केन्द्र बनाउने यो अभियान निकै अगाडि बढिसकेको छ।

मार्फामा अहिले अन्य देशका बौद्धमार्गीहरू बढी आकर्षित भइरहेका छन्। ताइवान, मलेसियाका केही बौद्धमार्गी गुम्बा बनाएर मार्फामै ध्यान गरेर बस्न थालेका छन्। जसले धार्मिक पर्यटकलार्इ आकर्षित गरिरहेको छ।

धार्मिक, सांस्कृतिकसँगै फिल्म पर्यटन गन्तव्य पनि बन्दैछ मार्फा। स्वदेशी र विदेशी फिल्म निर्माता हिमाली संस्कृति तथा भूगोल खिच्न मार्फा आउन थालेका छन्। जेरी फिल्मका केही दृष्य मार्फा बजारको एक गल्लिमा सुटिङ गरिएको थियो, जसले मार्फाको त्यो गल्लिको नाम नै ‘जेरी गल्लि’ बनाइदियो।

दुई–तीन वर्षयता आन्तरिक पर्यटकको चाप निकै बढेको छ, मुस्ताङको मार्फामा। विदेशी पर्यटकको तुलनामा दोब्बर नेपाली आउन थालेको र आफ्नो होटलका पाहुना पनि धेरै नेपाली नै हुन थालेको लालचलको भनाइ छ।

 

प्रकाशित २२ कार्तिक २०७५, बिहिबार | 2018-11-08 14:57:56
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1

दीपक भट्टबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।

  • कसरी सम्भव भयो एक वर्ष अगाडि नै भेरी बबई–डाइभर्सनको ‘ब्रेक थ्रु?’

    राष्ट्रिय गौरवको भेरी बबई–डाइभर्सन बहुउद्वेश्यीय आयोजनाको सुरुङमार्ग सम्पन्न गर्नु पर्ने समयभन्दा एक वर्ष अघि नै सम्पन्न भएको छ।

  • बीआरआईमा नेपालको मुख्य प्रश्न केरुङ–काठमाडौं रेलमार्गमा लगानी हो

    चीनको बीआरआईमा नेपालः ऋणपासो कि साझा जित?

    चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समेटिएपछि बीआरआईले ‘अमरत्व’ प्राप्त गरिसक्यो। बीआरआईका प्रवर्तक सी चिनफिङको राष्ट्रपतिय कार्यकालको सीमितता...