यसकारण लगाइयो डलर सटहीमा अंकुश


Kshamadevi Group


चालु खातामा घाटा र शोधान्तर घाटा बढ्दै गएपछि सरकारले विदेश जाने नेपालीलाई दिँदै आएको डलरमा १ हजारले कमी गरेको छ।

नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई २ हजार ५ सय अमेरिकी डलर सटही गर्दै आएकोमा १ हजार ५ सय डलर मात्रै दिने निर्णय गरेको हो।

मंगलबार नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै उद्योगी व्यवसायीको हकमा भने १० हजार रुपैयाँ भुक्तानी दिन सक्ने व्यवस्था गरेको छ। परिपत्र जारी हुनपूर्व ४० हजार अमेरिकी डलर बराबर विदेशमा भुक्तानी गर्न सक्ने व्यवस्थालाई ३० हजारमा झारिएको हो।

नेपाल राष्ट्र बैंकका निर्देशक नारायणप्रसाद पौडेलका अनुसार नेपालको चालू खाता र शोधान्तर खाता ओरालो लागेको छ। घाटाको अन्तर अझ नलम्बियोस भन्नको लागि परिपत्र मार्फत केही नियमन गरिएको हो।

नेपालमा शोधान्तर अर्थात बस्तु तथा सेवाको आयात निर्यात, वित्तीय पूँजी, वित्तीय हस्तान्तरण घाटा बढ्दै गएको छ। चालू आवको तीन महिनाको तथ्याङ्क हेर्ने हो भने अहिले २५ अर्ब रुपैयाँ बराबरको शोधान्तर घाटा छ। रेमिटेन्स ३३.४ प्रतिशतले बढेर १ खर्ब ५४ अर्ब २० करोड रुपैयाँ भित्रिएको छ। तर वस्तु आयात घट्न सकको छैन।

साउन र भदौ दुई महिनामा मात्रै ३८ प्रतिशतले आयात बढेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। बस्तु आयातमा दुई महिनामै २ खर्ब ३२ अर्ब ३५ करोड रुपैयाँ बाहिरिएको छ। निर्यात भने जम्मा १४ अर्ब ७० करोड रुपैयाँ बराबरकाे मात्र छ। यसले गर्दा ब्यापार घाटा २ खर्ब १७ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।

यसलाई केही कम गर्न सकिन्छ कि भनेर व्यक्तिगत खर्च र व्यवसायीक भुक्तानी दुबैमा निगरानी राखिएको निर्देशक पौडेलको भनाई छ।

त्यस्तै चालुखाता पनि ओरालो लागेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ। नेपालमा भित्रने रकम र बाहिरीने रकमको हिसाव किताव चालू खाताले गर्छ। यो खाता चालू आवमा निरन्तर ओरालो लागेको छ।

विदेशी मुद्रा निर्यात, प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ), रेमिटेन्स नेपालमा भित्रने क्रम जारी रहेपछि चालू खाता घाटा ३५ अर्ब रुपैयाँ नाघेको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको साउन र भदौ महिनाको देशको वित्तिय अवस्थाले नेपालमा नै आम्दानी भएको रकम डलर मार्फत विदेश जाने क्रम बढिरहेको देखाएको हो। चालू खातामा रहेको पैसा विदेश निर्यात हुन थालेपछि सरकारले डलर लैजान केही अंकुश लगाएको हो।

चालू खाता ओरालो लागेमा नेपालमा रहेको विदेशी मुद्राको संकट पनि आउनसक्ने कुरालाई ध्यानमा राखेर नेपाल राष्ट्र बैंकले डलर सटहीको सिमा कम गरेको हो।

प्रकाशित २१ कार्तिक २०७५, बुधबार | 2018-11-07 15:39:36
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1

दीपक भट्टबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।

  • कसरी सम्भव भयो एक वर्ष अगाडि नै भेरी बबई–डाइभर्सनको ‘ब्रेक थ्रु?’

    राष्ट्रिय गौरवको भेरी बबई–डाइभर्सन बहुउद्वेश्यीय आयोजनाको सुरुङमार्ग सम्पन्न गर्नु पर्ने समयभन्दा एक वर्ष अघि नै सम्पन्न भएको छ।

  • बीआरआईमा नेपालको मुख्य प्रश्न केरुङ–काठमाडौं रेलमार्गमा लगानी हो

    चीनको बीआरआईमा नेपालः ऋणपासो कि साझा जित?

    चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समेटिएपछि बीआरआईले ‘अमरत्व’ प्राप्त गरिसक्यो। बीआरआईका प्रवर्तक सी चिनफिङको राष्ट्रपतिय कार्यकालको सीमितता...