पर्यटकको ‘गिफ्ट आइटम’ बन्दै जुम्लाको मार्सी




मार्सी चामल
मार्सी चामल

पछिल्लो समय राजनीतिक बैठकमा नेताहरुले मार्सी चामलको भात खाएको चर्चासँगै हिमाली भेगमा उत्पादन हुने यो चामलबारे चर्चा चुलियो। एक किसिमले काठमाडौंका लागि मार्सी चामलको भात प्रतिष्ठाको मानकै हो। तर यसको उत्पादनको कथा फरक छ।

जुम्ला सदरमुकाम खलंगाकी स्थानीय चन्द्रकला न्यौपाने आफूले पाहुनालाई मार्सी बाहेक अरु चामलको खाना कहिलै नखुवाएको दाबी गर्छिन्। उमेरले ६ दशक काटेकी उनी मार्सी चमलबारे कसैले जान्न खोजे जाने जति बेली विस्तार लगाइदिन्छिन्। मार्सीलाई जुम्लाको गौरब मान्ने उनी भन्छिन्, ‘मार्सी धान फलाउन सजिलो छैन।’

उच्च हिमालमा फल्ने जुम्लाको रैथाने मार्सी चामलको खाना आफन्तलाई खुवाउन पाउँदा गौरब महसुस गर्छन्, जुम्ली।

जुम्ला पुग्ने पर्यटकलाई मार्सीकै भात खुवाइन्छ। 

उच्च हिमाली भेगमा मात्र फल्ने भएकाले गर्दा पनि होला मार्सी चामलको धेरै चर्चा महत्व चुलिएको। हिमाली जिल्ला जुम्लामा फल्ने मार्सी अन्य भागमा बसोबास गर्नेहरुका लागि फरक स्वादको विषय हो। त्यसैले पनि जुम्ला जाने पर्यटकले खानामा मार्सीलाई नै रोज्छन्।

खलंगामा होटल व्यवसाय गर्दै आएका नुर्बु लामा भन्छन्, ‘यहाँ आउने पर्यटक सबैको पहिलो रोजाई मार्सी चामलको खाना हुने गर्छ।’ खाना मात्र हैन पर्यटकले कोशेलीको रुपमा समेत मार्सी चामल नै लाने गरको उनले सुनाए। 

ठिमिस्थित दुर्गा प्रसाईं घरमा मार्सी चामलकाे भात खाँदै नेताहरू अाेली र दाहाल

ठिमिस्थित दुर्गा प्रसाईं घरमा मार्सी चामलकाे भात खाँदै नेताहरू अाेली र दाहाल

उत्पादन गर्न गाह्रो
मार्सी चामलको खानामा फाइबरको मात्र बढी हुने भएकाले सुगर र प्रेसरका बिरामीका लागि लाभदायी मानिन्छ। पौष्टिक तत्व सन्तुलित मात्रामा पाइने भएकाले राजधानी काठमाडौंका शासकहरुको रोजाइमा पनि यो पर्ने गरेको हो।

मार्सी धान उत्पादनका लागि धरै मेहनत गर्नुपर्ने स्थानीयको अनुभव छ। तराईमा धान पाक्न ४ महिना लाग्छ। तर मार्सीलाई ६ महिनाभन्दा बढी समय लाग्छ। ‘मार्सी धानको बिउ चैतमा राख्ने हो। जेठमा धान रोप्ने गर्छौं,’ चन्द्रकला न्यौपानेले भनिन्, ‘रोपेको लगभग ६ महिनापछि कात्तिकमा धान काट्छौं।’

तुलनात्मक रुपमा यो धान उत्पादन गर्न लामो समय लग्ने भए पनि यहाँका स्थानीयले उत्पादन गर्न छोडेका छैनन्। ‘यहाँ मार्सी मात्र हैन अन्य धान पनि फल्छन् तर मार्सीको जति बजार ती धानहरुको छैन’, उनी भन्छिन्। त्यसैले पनि स्थनीयले मार्सी धान उत्पादन गर्दै आएका छन्।

मार्सी किलोको १५० रुपैयाँ मात्र
इष्ट देवता चन्दननाथले भारतको काश्मिरबाट करिब ७०० वर्षअघि मार्सी जुम्ला भित्र्याएको जनविश्वास छ। ऐतिहासिक सम्बन्ध जोडिएकाले गर्दा समेत यसको महत्व बढेको देखिन्छ।

राणाकालमा राणाहरुले समेत मार्सी धानको चामल काठमाडौं मगाउने गरेका थिए। राजाका दरबार र प्रशासकका भान्सामा पनि मार्सी पाक्दै आएको छ।

जुम्लामा फल्ने यो रातो चामल काठमाडौंमा प्रतिकेजी २५० रुपैयाँभन्दा बढीमा बिक्री हुन्छ। जुम्ला सदरमुकाम खलंगामा भने सर्वसाधारणले प्रतिकेजी १५० रुपैयाँमा किन्न सक्छन्। ‘हामीले व्यापारीलाई बेच्दा १०० रुपैयाँ किलोमा बेच्छौं। उनीहरुले जुम्ला बजारमा १५० मा बेच्छन्’, न्यौपानी भन्छिन्।

जुम्ला पुग्ने आन्तरिक पर्यटकले मार्सी चामल उपहारमा साथीभाई एवं परिवार सदस्यलाई ल्याउने गरेका छन्।

प्रकाशित २० कार्तिक २०७५, मंगलबार | 2018-11-06 14:03:31
Max TV
Max TV
Zen Travels
Vianet

author photo

बबिता तामाङ नेपालखबर संवाददाता हुन्

@BabitaGhising

बबिता तामाङबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • खगराज बराल

    विद्यार्थीमाथि हुने ‘बुलिङ’: सबैले भोगे, खगराजले लेखे

    ‘सिकाउने शैली’ पढेर केही दिनअघि विराटनगरका एक शिक्षकले बराललाई फोन गरे। फोनमा उनले पुस्तक पढेर आँखाबाट आँसु नै आएको कुरामात्र सुनाएनन्, पुस्तकले...